पोर्तुगलमा जनसम्पर्क समितिको आायेजनामा बृहत कार्यक्रम सम्पन्न

  • ११ चैत्र २०७५, सोमबार
  • 2139 पटक पढिएको

निरोज कार्की
पोर्तुगल ११ चैत । नेपाली काँग्रेसको भातृय संगठन नेपाली जनसम्पर्क समिति पोर्तुगलले फागु पूर्णिमा र आउँदै गरेको चैते दशैँ तथा नेपाली नयाँ बर्षको अवसरमा शुभकामना आदान प्रदान तथा बनभोज कार्यक्रम सम्पन्न गरेको छ । जनसम्पर्क समितिका कार्यबहाक सभापती ओकील के.सी. को अध्यक्षतामा भएको कार्यक्रमको उद्घाटन नेपाली काँग्रेसका आमन्त्रित सदस्य किरण पौडेलले गर्नुभएको थियो । उहाँले प्रवासमा रहेका नेपालीहरुले देश विकासमा खेलेको भुमिका रचनात्मक रहेको बताउँदे प्रवासमा रहेका नेपालीलाई नागरिकताबाट बञ्चित नगर्न सरकारलाई आग्रह गर्नुभयो ।


बेलाभिस्ता पार्क लिस्वन कार्यक्रममा सहभागीहरुले बिदेस भुमीमा सबै समाज र नेपालीहरु मिलीजुली बाँच्न र बस्न जोड दिएका थिए । कार्यक्रममा काँग्रेस पार्टी कार्यालय सचिव डा. प्रदीप पराजुली, जनसम्पर्क समिति युरोपका वरिष्ठ उपाध्यक्ष पूर्ण हमाल, नरेन्द्र हमाल, पर्यटन दुत रमेशकुमार गुरुङ, एनआरएन अध्यक्ष कुबेर कार्की, राजेन्द्र शेर्पा, लक्ष्मीप्रसाद सापकोटा, प्रवासी मञ्च अध्यक्ष गोविन्द पौडेल, नारायण सुवेदी, सोम शेर्पा, गोमनाथ सुवेदी, हेमन्त सेढाई, चीजकुमार तामाङ, महाधिवेसन सदस्य सुशील शर्मा गैरे, तिलक गैरे लगायतले कार्यक्रम सफलताको शुभकामना व्यक्त गरेका थिए ।


उक्त कार्यक्रममा उपस्थित हरु लाई अध्यक्ष ओकील के.सी ले धन्यवाद र नैतीक आर्थीक भौतीक रुपमा‘ सहयोग गर्नु हुने सम्पुर्ण लाई धन्यवाद ब्यक्त गर्नुभएको थियो । करीब ५५० जना उपस्थित रहेको कार्यक्रममा पारीवारीक जमघट रहेको र नेपाली मौलीक पञ्चे बाजा तथा लोक दोहोरी गीत लगायतका साँस्कृतिक कार्यक्रम समेत गरिएको थियो ।