विशेष

मौवाफाँटमा तीज गीत प्रतियोगिता , गीत मार्फत पोखिए वेदना र भावना (भिडियो सहित)

https://www.youtube.com/watch?v=a4y4Q1kFu-Y&feature=youtu.be म्याग्दी १४ भदौ । म्याग्दीको रघुगंगा गाउँपालिका–३ मौवाफाँटमा हरितालिका तीजको अवसरमा तीज गीत प्रतियोगिता सम्पन्न भएको छ । रघुगंगा गाउँपालिकाको आर्थिक सहयोगमा पवित्र आमा समुहले आयोजना गरेको प्रतियोगीतामा मुक्तिधाम माविको समुह प्रथम भएका छन् । ९ समुहले सहभागीता जनाएको प्रतियोगीतामा पवित्र आमा समुह द्धितिय, फुलवारी आमा समुह तृतिय र... पुरा पढ्नुहोस

पढ्ने धोकोलाई उमेरले छेकेन् : आमाहरु कम्प्युटर सिक्दै

म्याग्दी, १३ भदौँ । ६० बर्षिय राधिका आचार्यले कक्षा ५ मा अध्ययनरत छन् । ५४ बर्षिय दिलमया पुनले कक्षा ३ मा पढिरेहकी छन् । सानो हुदाँ विद्यालय कस्तो हुन्छ र शिक्षा के हो बुझिएन् । घास र दाउरा गर्दागर्दै विवाह भयो, आफुले नपढेपनि उनीहरुलाई पढ भनेर गालि गरियो । तर... पुरा पढ्नुहोस

रघुगंगा हाइड्रोको साधारणसभा सम्पन्न

बेनी, १२ भदौ । म्याग्दीमा राहुघाट जलविद्युत आयोजना निर्माण गरिरहेको रघुगंगा हाइड्रो लिमिटेडको प्रथम र दोस्रो साधारणसभा बुधबार काठमाडौमा सम्पन्न भएको छ । नेपाल विद्युत प्राधिकरणले २०७३ मा सहायक कम्पनीको रुपमा स्थापना भएको रघुगंगा हाइड्रोको साधारणसभाले आर्थिक वर्ष २०७३/७४ र ७४/७५ को वार्षिक लेखा परिक्षण प्रतिवेदन पारित गरेको हो ।... पुरा पढ्नुहोस

संसारकै लामो बिरेठाँटी–मुक्तिनाथ केवलकारको डीपीआरको तयारी (भिडियो सहित)

कमल खत्री म्याग्दी ११ भदौ । प्रसिद्ध धार्मिक स्थल मुक्तिनादेखि कास्कीको बिरेठाँटी सम्मको संसारकै लामो केवलकारको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गर्न लागिएको छ । मुक्तिनाथ दर्शन प्रा.लि.ले निर्माण गर्न लागेको यस केवलकार परियोजनामा सम्भाव्यता अध्ययन र प्रारम्भिक सर्भेको काम सकेर डीपीआर तयार गर्न लागिएको हो । अष्ट्रेलियाको जहाज ल्याएर... पुरा पढ्नुहोस

मल्कबाङ्ग समाज युकेको बार्षिक भेटघाट, विभिन्न व्यक्तित्व सम्मानित

म्याग्दी ११ भदौ । युकेमा रहेका म्याग्दीको धवलागिरी गाउँपालिका–५ मल्कबाङ्गबासीहरुको साझा संस्था मल्कबाङ्ग समाज युकेको चौथो बार्षिक घेटघाट कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा विभिन्न व्यक्तिलाई सम्मान गरिएको छ । बेलायतको रेडिङ शहरमा सम्पन्न भएको उक्त कार्यक्रममा मल्कबाङ्ग समाज युकेका अध्यक्ष शेर छन्त्याल, उपाध्यक्ष टिका पुर्जा र नेपाल देखी आउनुभएका... पुरा पढ्नुहोस

रवि र युवराज धरौटीमा, अस्मीता साधारण तारेखमा रिहा

चितवन, ९ भदौ । पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा अनुसन्धानको लागि भन्दै पक्राउ परेका चर्चित टेलिभिजन कार्यक्रम सिधा कुरा जनतासंगका पत्रकार रवि लामिछाने धरौटीमा रिहा भएका छन् । जिल्ला अदालत चितवनका न्यायधीश हेमन्त रावलको इजलासले लामिछानेलाई पनि ५ लाख तारेखमा धरौटीमा रिहा गर्न आदेश दिएको हो । यस्तै युवराज कँडेल... पुरा पढ्नुहोस

मलम्पारको महेन्द्र आधारभुत विद्यालयमा विद्युतिय पुस्तकालय स्थापना गरिँदै

म्याग्दी ९ भदौ । म्याग्दीको धवलागिरी गाउँपालिका –५ मलम्पारमा रहेको महेन्द्र आधारभुत विद्यालयमा विद्युतिय पुस्तकालय स्थापना गरिने भएको छ । दुर्गम बस्ती मलम्पारमा रहेका बालबालिकाहरुलाई आधुनिक शिक्षाको पहुँच बृद्धि गर्न विद्युतिय पुस्तकालय स्थापना गर्ने तयारी स्वरुप विद्यालयमा कम्प्युटर, सौर्य उर्जाको जडान र इन्भटरको व्यवस्थापन गरिएको हो । धवलागिरी गाउँपालिकाको कार्यालयले... पुरा पढ्नुहोस

म्याग्दी अनलाइनका संयोजक छन्त्याललाई मलम्पारमा सम्मान ( तस्बिर सहित)

म्याग्दी ८ भदौ । म्याग्दीको धवलागिरी गाउँपालिका–५ मलम्पारमा रहेको नमुना आमा समुहले म्याग्दी अनलाईनका संयोजक देवान (हिमबहादुर) छन्त्याललाई भव्य सम्मान गरेका छन् । गाउँका हरेक सामाजिक कार्यहरुमा सहकार्य गर्दै आएको र सञ्चार क्षेत्र मार्फत मलम्पार क्षेत्रको प्रचार प्रसार र समस्या उजागरमा योगदान पु¥याएको भन्दै आमा समुहले पुख्यौली कला संस्कृति प्रदर्शन... पुरा पढ्नुहोस

लिटल गाडेन एकेडेमीमा “तारामण्डल” प्रर्दशन

म्याग्दी, ८ भदौँ । सदरमुकाम बेनीमा रहेको लिटल गार्डेन एकेडेमीमा तारामण्डल प्रर्दशन गरिएको छ । कक्षा ४ देखि १० सम्म अध्ययन गर्ने विद्यार्थीलाई विज्ञान तथा खगोल शास्त्रको रोचक तथा प्रयोगात्मक सिकाईलाई प्रभावकारी बनाउन तारामण्डल प्रर्दशन गरिएको हो । विद्यालयको आयोजना तथा इस्पेश साईन्स एण्ड पलानटेरियमका राजेश नेपाली र मनिष केसीले... पुरा पढ्नुहोस

दुबै मृगौला काम नगरेपछि ३५ वर्षिय युवा जीवन मरणको दोसाँधमा

धु्रबसागर शर्मा म्याग्दी ८ भदौ । बृद्ध अवस्थाका बाबा आमा,श्रीमती र १४ वर्षिय छोराको पालन पोषण र शिक्षा दिक्षाको जिम्मेवारी । अत्यन्त कमजोर आर्थिक अवस्था । त्यसमाथि पनि दुवै मृगौलाले काम नगरेपछि अस्पतालको बेडमा उपचार गर्ने खर्चको अभावमा छट्पटाउँदै गरेका ३५ वर्षिय एक युवा । अनुमान गर्नुहोस् उनको मानसिक अवस्था... पुरा पढ्नुहोस