म्याग्दी सदरमुकाम बेनि बजार मा ३ वटा आँखा उपचार केन्द्र संचालनमा

  • ३ कार्तिक २०७७, सोमबार
  • 3563 पटक पढिएको

म्याग्दी ३ कात्तिक । म्याग्दी जिल्लाको सदरमुकाम बेनि बजार मा ३ वटा आँखा उपचार केन्द्र हरु संचालन भएका छन । बेनी अस्पतालले कात्तिक २ गते देखि बेनि अस्पताल अन्तरगत आँखा उपचार शाखा सञ्चालनमा ल्याएपछि बेनीमा आखाँ उपचार गर्ने तीन वटा केन्द्र भएका हुन् ।

यस अघि बेनि अस्पताल परिसर भित्र रहेको नेपाल रेड्क्रस सोसाइटी म्याग्दी जिल्ला शाखा अन्तरगर को रक्त संचार केन्द्र को भवन मा संचालन मा रहेको नेपाल रेड्क्रस सोसाइटी आँखा उपचार केन्द्र र गत श्रावण १२ गते देखि क्याम्पस चोक बेनि बजार मा नेपाल नेत्र ज्योती संघ म्याग्दी जिल्ला शाखा द्वारा हिमालय आँखा अस्पताल पोखरा को प्रबिधिक सहयोगमा नेपाल नेत्र ज्योती संघ आँखा उपचार केन्द्र म्याग्दी सञ्चालनमा आएका थिए ।

आँखा उपचार केन्द्र खुल्ने क्रम बढेसंगै बेनी बजार मा मात्रै ३ वटा उपचार केन्द्र तथा आँखा उपचार शाखा संचालन मा आएका हुन । ३ वटा आँखा उपचार केन्द्र संचालन मा आउनु जिल्ला बासी हरुका लागि प्रतिस्पर्धात्मक गुणस्तरीय आँखा उपचार सेवा लिने अवशर को रुप मा हेरिएको छ । ३ वटा आँखा उपचार केन्द्र द्वारा प्रदान गरिने प्रतिस्पर्धात्मक गुणस्तरीय आँखा उपचार सेवा ले मोतीयाविन्दु र आँखा रोगको उपचारका लागि कोशे ढुंगा साबित हुने अपेक्षा गरिएको छ ।