म्याग्दीलाई विपद् संकट ग्रस्त जिल्लामा समावेश गर्न गण्डकी प्रदेश सरकारले सिफारिस गरेको छ : मन्त्री गुरुङ

  • ४ कार्तिक २०७७, मंगलवार
  • 1373 पटक पढिएको

म्याग्दी ४ कात्तिक । गण्डकी प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरूङले म्याग्दीलाइ विपद् संकटग्रस्त क्षेत्रमा समावेश गर्न प्रदेश सरकारले संघिय सरकारलाई सिफारिस गरेको बताउनुभएको छ । मंगलवार बेनीमा प्रेस संगठन म्याग्दीले आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले यस बर्षको बर्षातको समयमा म्याग्दीमा समेत ठुलो जनधनको क्षति भएकाले प्रदेश सरकारको कात्तिक २ गते बषेको मन्त्री परिषदले यस्तो निर्णय गरि संघिय सरकारलाई सिफारिस गरेको बताउनुभयो ।

म्याग्दीको बेनी नगरपालिका–१० पात्लेखेत, मंगला, मालिका र धवलागिरि गाउँपालिका क्षेत्रमा गएको पहिरोको स्थलगत अवलोकनपश्चात बेनीमा पत्रकारसंग कुराकानी गर्दै उहाँले उच्च जोखिममा रहेका बस्ती स्थानान्तरण र घरवार विहिन भएकाको आवास पुननिर्माण प्रदेश सरकारको प्राथमिकतामा रहेको बताउँदै स्थानीय सरकारसंगको साझेदारीमा पीडितहरुलाई राहत दिने तरखरमा सरकार जुटेको बताउनुभयो ।