विशेष
मंगलामा कोरोना संक्रमितको उपचारका लागि ५ बेडको कोरोना अस्थायी अस्पताल तयार
- 5 बर्ष, 5 महिना अगाडि
- ७ कार्तिक २०७७, शुक्रबार
म्याग्दी, ७ कात्तिक । म्याग्दीको मंगला गाउँपालिकाले कोरोना संक्रमितको उपचारका लागि ५ बेडको कोरोना अस्थायी अस्पताल तयार गरिएको छ । गाउँपालिकाले वडा नं ५ को अर्मन स्वास्थ्य चौकीमा नियमित उपचारमा कुनै असर नगर्ने गरी सुरक्षित तरिकाले ५ शैयाको अस्पताल तयार गरेको गाउँपालिका अध्यक्ष सतप्रसाद रोकाले बताए । ‘स्वास्थ्य चौकीमा नियमित... पुरा पढ्नुहोस
कांग्रेस म्याग्दीका सहसचिव रकाललाई कोरोना संक्रमण पुष्टि
- 5 बर्ष, 5 महिना अगाडि
- ७ कार्तिक २०७७, शुक्रबार
म्याग्दी ७ कात्तिक । नेपाली कांग्रेस म्याग्दीका सहसचिव भरत रकाललाई कोरोना संक्रमण पुष्टि भएको छ। संक्रमतिको कन्ट्रयाक्ट ट्रेसिङमा परेका बेनी नगरपालिका–१० पात्लेखेत घर भएका रकालको शुक्रबार विहान कोरोना पुष्टी भएको हो । कात्तिक ४ गते स्वाब संकलन गरी क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको पिसिआर परीक्षणमा कोरोना पुष्टी भएको भन्दै रकालले... पुरा पढ्नुहोस
कन्ट्याक ट्रेसिङमा परेकाहरुमध्ये म्याग्दीमा थप पाँच जनामा कोरोना संक्रमण पुष्टि
- 5 बर्ष, 5 महिना अगाडि
- ६ कार्तिक २०७७, बिहीबार
म्याग्दी ६ कात्तिक । म्याग्दीमा थप ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बेनी अस्पतालमा कार्यरत दुई जना स्वास्थ्यकर्मी र मंगला गाउँपालिकामा कार्यरत तीन जना कर्मचारीमा विहिवार कोरोना संक्रमण पुष्टि भएको हो । पोखराको क्षयरोग उपचार केन्द्रमा गरिएको परिक्षणमा बेनी अस्पतालमा कार्यरत बर्ष २१ र २७ का दुई महिला... पुरा पढ्नुहोस
जिल्ला समन्वय समिति म्याग्दीका पदाधिकारीको चाडपर्व सुविधा कोरोना कोषमा
- 5 बर्ष, 5 महिना अगाडि
- ६ कार्तिक २०७७, बिहीबार
म्याग्दी ६ कात्तिक । जिल्ला समन्वय समिति म्याग्दीका पदाधिकारीहरुले चाडपर्वमा प्राप्त गर्ने भत्तालाई कोरोना कोषमा जम्मा गर्ने भएका छन् । चाडपर्वको अवसरमा प्राप्त गर्ने भत्तालाई व्यत्तिगत प्रयोजन नगरिकन कोरोना नियन्त्रण, रोकथाम तथा उपचारमा सघाउने गरि कोष निर्माण गर्ने र त्यसैमा जम्मा गर्ने निर्णय गरिएको समन्वय समितिका प्रमुख देवेन्द्रबहादुर केसीले जानकारी... पुरा पढ्नुहोस
बेनी कालीगण्डकी जलविद्युत आयोजनालाई सहमती नदिने बेनी नगरपालिकाको निर्णय
- 5 बर्ष, 5 महिना अगाडि
- ५ कार्तिक २०७७, बुधबार
म्याग्दी ५ कात्तिक । बेनी कालीगण्डकी जलविद्यूत आयोजनाको लागि म्याग्दीको बेनी नगरपालिकाले सहमती नदिने निर्णय गरेको छ । बुधवार बसेको नगरपालिकाको ६१ औँ कार्यपालिका बैठकले विद्युत विकास विभागले निर्माणको तयारी गरेको ५०.५३ मेगावाट क्षमताको यस आयोजनाले बेनी बजार क्षेत्रको वातावरणीय असर निम्त्याउने भएकाले निर्माणका लागि सहमती नदिने निर्णय गरेको हो... पुरा पढ्नुहोस
बेनी नगरपालिका–८ का वडा अध्यक्ष बराईलीद्धारा दशैँ भत्ता काेराेना काेषमा जम्मा गर्ने
- 5 बर्ष, 5 महिना अगाडि
- ५ कार्तिक २०७७, बुधबार
म्याग्दी ५ कात्तिक । कोरोना कहरका समयमा अर्थतन्त्र कमजोर बनेको अबस्थामा कोरोना नियन्त्रणमा चन्दा संकलन गर्ने र जनप्रतिनिधिले दशैँ भत्ता लिने कार्यको चौतर्फि आलोचना भैरहेका बेला बेनी नगरपालिका–८ का वडा अध्यक्ष रामकृष्ण बराईलीले प्रदेश कानुन बमोजिम प्राप्त हुने चाडपर्व भत्ता आफुले नलिने घोषणा गर्नुभएको छ । बुधवार कार्यालयका कर्मचारी मार्फत... पुरा पढ्नुहोस
म्याग्दीका एक कोरोना संक्रमितको पोखरामा निधन
- 5 बर्ष, 5 महिना अगाडि
- ४ कार्तिक २०७७, मंगलवार
म्याग्दी ४ कात्तिक । म्याग्दीका एक कोरोना संक्रमितको उपचारको क्रममा पोखरामा निधन भएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पश्चिमाञ्चल क्षेत्रीय अस्पताल अन्र्तगत कोभिड–१९ उपचार केन्द्रमा आईसियुमा उपचाररत धवलागिरि गाउँपालिका–७ का ८५ बर्षिय पुरुषको मंगलवार राती ८ बजेर २५ मिनेटमा उपचारकै क्रममा निधन भएको हो । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानले... पुरा पढ्नुहोस
म्याग्दीलाई विपद् संकट ग्रस्त जिल्लामा समावेश गर्न गण्डकी प्रदेश सरकारले सिफारिस गरेको छ : मन्त्री गुरुङ
- 5 बर्ष, 5 महिना अगाडि
- ४ कार्तिक २०७७, मंगलवार
म्याग्दी ४ कात्तिक । गण्डकी प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरूङले म्याग्दीलाइ विपद् संकटग्रस्त क्षेत्रमा समावेश गर्न प्रदेश सरकारले संघिय सरकारलाई सिफारिस गरेको बताउनुभएको छ । मंगलवार बेनीमा प्रेस संगठन म्याग्दीले आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले यस बर्षको बर्षातको समयमा म्याग्दीमा समेत ठुलो जनधनको क्षति भएकाले प्रदेश... पुरा पढ्नुहोस
भत्ताको लहरो स्थानीय तहसम्मः म्याग्दीका चार गाउँपालिकाले बाँडे जनप्रतिनिधिलाई दशैँ भत्ता
- 5 बर्ष, 5 महिना अगाडि
- ४ कार्तिक २०७७, मंगलवार
म्याग्दी ४ कात्तिक । जनप्रतिनिधिले मासिक रुपमा पाउने सेवा सुविधा बाहेक चाडपर्वको समेत भत्ता बुझ्ने गरेका छन् । गण्डकी प्रदेश सरकारले बनाएको स्थानीय तह र जिल्ला समन्वय समितिका जनप्रतिनिधिको सुविधा सम्बन्धमा व्यवस्था गर्न बनेको ऐनलाई टेकेर म्याग्दीका चार स्थानीय तहका जनप्रतिनिधिहरुले दशैँ भत्ता बुझेका हुन् । जिल्लाको रघुगंगा, अन्नपूर्ण, मंगला... पुरा पढ्नुहोस
बेनी कालीगण्डकी जलविद्युत आयोजनाको बाँधलाई स्थानान्तरण गर्न म्याग्दीका सरोकारवालाको माग
- 5 बर्ष, 5 महिना अगाडि
- ४ कार्तिक २०७७, मंगलवार
म्याग्दी ४ कात्तिक । म्याग्दी र पर्वतको सिमानामा पर्ने ठुलो पहिरोमा बाँध राख्ने गरि निर्माणको तयारीमा रहेको बेनी कालीगण्डकी जलविद्यूत आयोजनाको लागि बाँध यथास्थितीमा रहने गरि सहमती नदिन म्याग्दीका सरोकारवालाहरुले सुझाब दिएका छन् । विद्युत विकास विभागले निर्माणको तयारी गरेको ५०.५३ मेगावाट क्षमताको यस आयोजनाको प्रस्तावित बाँध स्थल परिवर्तन नभएसम्म... पुरा पढ्नुहोस