विशेष
प्रदेश सरकारबाट बजेट कटौती र म्याद थप नहुँदा म्याग्दीका दर्जनबढी योजना अलपत्र
- 3 बर्ष, 10 महिना अगाडि
- ३ भाद्र २०७८, बिहीबार
कमल खत्री बेनी ३ भदौ । मंगला गाउँपालिका–३ बरंजामा रहेको महेन्द्ररत्न माध्यमिक विद्यालयमा छात्रबास भवन निर्माण योजना अलपत्र परेको छ । गण्डकी प्रदेश सरकारले निर्माण गर्न लागेको यस योजनामा बजेट अभाबले योजना नै अलपत्र बनेको हो । रु २ करोड लागत अनुमान गरिएको यस योजनामा गत आर्थिक बर्षको अन्तमा रु... पुरा पढ्नुहोस
पहिरोले आवतजावत अबरुद्ध भएपछि राहुघाटको बाँध निर्माण रोकियो
- 3 बर्ष, 10 महिना अगाडि
- ३ भाद्र २०७८, बिहीबार
म्याग्दी ३ भदौ । पहुँचमार्गमा पहिरो खसेपछि नेपाल विद्युत् प्राधिकरणद्वारा सञ्चालित राहुघाट जलविद्युत् आयोजनाको बाँध निर्माण कार्य रोकिएको छ । रघुगङ्गा गाउँपालिका–४ बुग्लको पहिरोका कारण मजदूर र ढुवानीका साधन आवतजावत गर्न नसकेपछि ४० मेगावाट क्षमताको राहुघाटको बाँध र १ नम्बर अडिटबाट सुरुङ निर्माण रोकिएको हो । बुग्लमा करिब ३०० मिटर... पुरा पढ्नुहोस
महन्थ ठाकुरको नेतृत्वमा जसपा लोकतान्त्रिक गठन, राजेन्द्र महतो वरिष्ठ नेता
- 3 बर्ष, 10 महिना अगाडि
- २ भाद्र २०७८, बुधबार
उपेन्द्र यादव नेतृत्वको जसपाबाट फुटेर महन्थ ठाकुरको नेतृत्वमा जसपा (लोकतान्त्रिक) पार्टी गठनका लागि निर्वाचन आयोगमा निवेदन दर्ता भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक दलसम्बन्धी (दोस्रो संशोधन) अध्यादेश जारी गरेपछि जसपाको ठाकुर पक्ष नयाँ पार्टी दर्ताको लागि बुधबार आयोग पुगेको हो । सो पार्टीको आयोगमा दर्ता नम्बर ४३४ रहेको छ ।... पुरा पढ्नुहोस
९५ केन्द्रीय कमिटी भएको एमाले समाजवादी दर्ता : नेपाल अध्यक्ष, खनाल वरिष्ठ नेता
- 3 बर्ष, 10 महिना अगाडि
- २ भाद्र २०७८, बुधबार
निर्वाचन आयोगमा नेकपा एमाले समाजवादी दर्ता भएको छ । पार्टीमा माधव नेपाल अध्यक्ष, झलनाथ खनाल वरिष्ठ नेता सहित ९५ केन्द्रीय सदस्य बनाइएको छ । एमालेका ५८ केन्द्रीय सदस्यको हस्ताक्षर बुझाइएको छ भने दुबै सदनका ३१ सांसदले माधव नेपाललाई साथ दिएको नेता राजेन्द्र पाण्डेले जानकारी दिए । विवाद भएकोले चुनाव चिन्ह... पुरा पढ्नुहोस
ढुंगा निकाल्ने क्रममा कालीगण्डकीमा खस्यो डोजर (भिडियाे सहित)
- 3 बर्ष, 10 महिना अगाडि
- २ भाद्र २०७८, बुधबार
जोमसोमस् । उत्तर-दक्षिण जोड्ने राष्ट्रिय गौरवको बेनी-जोमसोम सडकखण्डअन्तर्गत प्याकेज नं ४ को मुस्ताङ खण्डमा सडक निर्माणको काम गरिरहेको स्काभेटर बुधबार बिहान कालिगण्डकी नदीमा खसेको छ । कालिगण्डकी नदीमा खसेको डोजर बाहिर निकाल्ने प्रयास गरिएपनि नदीको बाहव उच्च रहेकाले निकाल्न सकिएको छैन। मुस्ताङको घरपझोङ—२ मार्फा सामग्री नजिकको सडकमा रिटेरिङ वालको लागि... पुरा पढ्नुहोस
नयाँ गन्तव्य खोज्दै अन्नपूर्ण गाउँपालिका, पूर्वाधार र प्रचार प्रसारमा जोड (तस्बिर सहित)
- 3 बर्ष, 10 महिना अगाडि
- १ भाद्र २०७८, मंगलवार
म्याग्दी १ भदौ । पुरानो पदमार्गलाई सडकले विस्थापित गरेपछि म्याग्दीको अन्नपूर्ण गाउँपालिका नयाँ गन्तव्यको पहिचान र प्रवर्द्धनमा जुटेको छ । अन्नपूर्णको भूगोललाई समेटेको विश्वप्रसिद्ध अन्नपूर्ण चक्रीय पदमार्गको अन्धगल्छी–तातोपानी–घार–शिख–घोडेपानी–पुनहिल खण्डसडकले विस्थापित र छोटिएको छ । सडकले छोटिएको पदयात्रा र पर्यटकको बसाइ लम्ब्याउन नयाँ पर्यटकीयस्थल पहिचान, पूर्वाधार निर्माण र प्रवर्द्धनमा जोड दिएको... पुरा पढ्नुहोस
अफगानिस्तान तालिबानको कब्जामा, क्रिकेटर चिन्तित
- 3 बर्ष, 10 महिना अगाडि
- ३२ श्रावण २०७८, सोमबार
काठमाडौं । विद्रोही समूह तालिबानले अफगानिस्तान कब्जा गरेपछि क्रिकेटरहरु चिन्तित बनेका छन् । अफगानिस्तान क्रिकेट टिमका कप्तान राशिद खान, मोहमद नाबी लगायतका क्रिकेटरले सामाजिक संजालबाट चिन्ता ब्यक्त गरेका छन् । इंग्ल्यान्डका 'द हन्ड्रेड' क्रिकेट खेलिरहेका स्पिनर राशिदले ट्वीटरबाट देश अराजकतामा रहेको र देशको जनताले शान्ति चाहेको बताएका छन् । 'मेरो... पुरा पढ्नुहोस
धौलागिरि अस्पतालमा डायलासिस सेवा विस्तार
- 3 बर्ष, 10 महिना अगाडि
- ३२ श्रावण २०७८, सोमबार
बागलुङ ३२ साउन । धौलागिरि अस्पतालले प्रदान गर्दै आएको डायलासिस सेवा विस्तार गरिएको छ । यसका लागि गण्डकी प्रदेशको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले दुई थान डायलासिस मेसिन (डाइलोजर)अस्पताललाई पठाएको थियो । चार श्यामा सञ्चालमा आएको सो सेवा अब छ श्ययामा प्रदान गरिने छ । अस्पतालमा डायलासिस गर्ने बिरामीको चाप उच्च... पुरा पढ्नुहोस
पर्यटकियस्थल मुन्द्रा चढाउने डाँडामा पुग्ने पदमार्ग निर्माण
- 3 बर्ष, 10 महिना अगाडि
- ३१ श्रावण २०७८, आईतवार
म्याग्दी, ३१ साउन । अन्नपूर्ण गाउँपालिकाको वडा नम्बर २ स्थित भुरुङ्ग–तातोपानी कुण्ड म्याग्दी जिल्लाकै प्रमुख पर्यटकीय गन्तब्य स्थलको रुपमा परिचिति छ । अन्नपूर्ण गाउँपालिकाले भुरुङ–तातोपानीमा आउने पर्यटकको बसाई लम्बाउन मान्द्रेढुङ्गा हुँदै बराहगुफादेखि मुन्द्रा चढाउने डाँडासम्म पदमार्गसंगै पर्यटकिय पुर्वाधार निर्माणमा जोड दिएको छ। धौलागिरी आइसफल पदमार्गमा पर्ने भुरुङ्ग तातोपानीको शिरमा रहेको... पुरा पढ्नुहोस
मुक्तिनाथ बहुउदेश्यीय सहकारीको सेवा केन्द्र सुभारम्भ
- 3 बर्ष, 10 महिना अगाडि
- ३१ श्रावण २०७८, आईतवार
मौवाफाँट ३१ साउन । म्याग्दी सदरमुकाम बेनीबाट सञ्चालित मुक्तिनाथ बहुउदेश्यीय सहकारी संस्थाले रघुगंगा गाउँपालिकाको केन्द्र मौवाफाँटमा सेवा केन्द्र विस्तार गरेको छ । सहकारीको सेवालाई स्थानीय तहहरुमा विस्तार गर्ने योजना अन्तर्गत मौवाफाँटमा पहिलो सेवा केन्द्र विस्तार गरिएको सहकारीले जनाएको छ । बचत तथा ऋणको कारोबार संगै अन्य आधुनिक वित्तिय सेवा समेत... पुरा पढ्नुहोस