साधारणसभाबाट आगामी बर्षलाई ‘भ्रमण बर्ष’ घोषणा गर्न माग

  • ८ माघ २०७८, शनिबार
  • 882 पटक पढिएको

म्याग्दी, ८ माघ । पर्यटन प्रवर्धनसंगै ब्यवसायीको अर्थतन्त्रलाई मजबुद र चलायमान गराउनका लागि म्याग्दी उद्योग बाणिज्य संघले २०७९÷८० साललाई ‘भ्रमण बर्ष’ घोषणा गर्न नेपाल सरकार समक्ष पहल गर्ने भएको छ । कोरोना महामारीले थलिएको ब्यवसायीको लगानीलाई चलायमान गराउन संघको २८ औं बार्षिक साधारणसभाबाट आगामी बर्षलाई ‘भ्रमण बर्ष’ मनाउन लागि सरकार समक्ष पहल गर्ने प्रस्ताव गरेको छ ।


म्याग्दी उद्योग बाणिज्य संघका अध्यक्ष बेलबहादुर कटुवालले आगामी बर्षलाई भ्रमण बर्ष रुपमा घोषणा गर्नका लागि नेपाल उद्योग वाणिज्य महासंघले नेपाल सरकारसंग पहल गर्नका लागि ध्यानाकर्षण गराउने लगायतका प्रस्तावहरु साधारणसभाबाट पारित गरिएको बताउनुभयो ।

साधारणसभामा अध्यक्ष कटुवालले साना ब्यवसायीलाई सहयोग पुग्ने गरी आयकर ऐनमा राखेको २० लाख रुपैयालाई समयानुकुल परिमार्जन गरी एक करोडसम्म पु¥याउनका लागि पहल गर्ने, ब्यवसायीक कर्जाको ब्याज एक अंक भन्दा माथि नहुने गरी सुनिश्चित गनुपर्ने माग राखेका छन् । “निजी क्षेत्रको मर्यादाक्रम तय गरिनुपर्ने, आर्थिक क्षेत्रसंग जोडिएका मेलामहोत्सव लगायतका गतिविधि आयोजना हुदाँ संघसंग समन्वय अनिवार्य गरिनुपर्ने, सुनचाँदी, क्रसर र निर्माण ब्यवसायीहरुमा भएको अब्यवहारिक नीति नियमलाई परिमार्जन गरी ब्यवसायी मैत्री नीति निर्माण गरिनुपर्ने मागलाई सम्वन्धीत निकायलाई सम्बोधन गराउन पहल गर्ने छ।”

साधारणसभामा संघका महासचिव अमृत बानियाँले आर्थिक बर्ष २०७८/०७९ मा संघको ब्यवसायिक हितकोषको रकमलाई बृद्धि गरेर ४० लाख पु¥याउने प्रस्ताव पारित भएको बताउनुभयो । उहाँका अनुसार– “संघको संस्थागत विकासका लागि विभिन्न उपसमिति निर्माण र बस्तुगत संघ स्थापना गराउने, ब्यवसायिक नीति सम्वन्धी जनचेतनामूलक कार्यक्रम गर्ने, महोत्सव आयोजना गर्ने, उद्योगी ब्यवसायीको लागि आवश्यक शैक्षिक, प्राविधिक जनशक्तिको लागि रोजगार दाता बैंकको रुप्म म्याग्दी बहुमुखी क्याम्पससंग सहकार्य गरेर अगाडी बढ्ने, आजीवन सदस्इ संख्या बृद्धि गराउने ग्रामिण बस्तीमा होमस्टे स्थापना गराउन पहल गर्ने, जिल्लामा उत्पादन भएको बस्तुलाई प्रवद्र्धनका लागि कोसेली घर स्थापना गर्ने प्रस्तावित योजना साधारणसभाबाट पारित भएको छ ।”

साधारणसभामा – “कालिपुलमा स्थापना गरिएको सूचना केन्द्रलाई थप ब्यवस्थित रुपमा संचालन गराउने, राष्ट्रियस्तरको अध्ययन अवलोकन भ्रमण लगायतका कार्यक्रम संचालन गर्ने, संघको नेतृत्वमा उजागर गरिएको धौलागिरी सेन्चुरी टे«किङ्ग मार्गमा पुर्वाधार विकास गराउन सम्वन्धीत निकायसंग समन्वय गर्ने, बेनी बजारको सौन्द्रर्यलाई काय गर्न अब्यवस्थित तारहरु ब्यवस्थापनमा गर्न पहल गर्ने, बेनी बजार संरक्षण र बैकल्पिक मार्गलाई संचालनका लागि सरोकारवालासंग कार्यान्वयन गर्न पहल गर्ने, बेनीबजारका सिसिटिभी क्यामारालाई मर्मत का लागि बजेट ब्यवस्थापनमा पहल गर्ने आगामी काम साधारणबाट पारित भएको छ।”

अध्यक्ष कटुवालको अध्यक्षता महासचिव बानियाँको संचालनमा भएको साधारणसभामा बोल्दै नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य कुबिरकुमार श्रेष्ठले संघले उठाएका महत्वपुर्ण योजनाहरुलाई कार्यान्वयनका लागि महासंघले नेपाल सरकारसंग समन्वय र कार्यान्वयन गराउनका लागि पहल गर्ने बताउनुभयो ।