लायन्स क्लबको प्रथम भाईस डिष्ट्रिक्ट गर्भनरमा म्याग्दीका केसीको उम्मेदवारी(भिडियाे सहित)

  • ७ माघ २०७८, शुक्रबार
  • 1009 पटक पढिएको

म्याग्दी ७ माघ । मानवीय सेवामा संलग्न विश्वकै ठुलो सामाजिक संस्थाको रुपमा परिचित लायन्स क्लब अन्तराष्ट्रिय ३२५ बि १ नेपालको प्रथम भाईस डिष्ट्रिक्ट गर्भनरका लागि म्याग्दीका चन्द्रकुमार केसीले उम्मेदवारी प्रस्तुत गर्नुभएको छ । म्याग्दी र पर्वतका १० वटा लायन्स क्लबहरुको तर्फबाट केसीले सन २०२२/२३ का लागि माघ २९ गते पोखरामा हुने दशौं महाधिवेशनमा प्रथम भाईस गर्भनरमा उम्मेवार बन्न लाग्नुभएको हो।

 

सन २००७ देखि लायन्स अभियानमा सक्रीय लायन्स क्लब अफ बेनी म्याग्दीका संस्थापक अध्यक्ष समेत रहनुभएका केसीले शुक्रबार बेनीमा आयोजित उम्मेदवारी प्रस्ताब कार्यक्रममा केसीले लायन्स क्बव मार्फत सामाजिक सेवाका गतिबिधिलाई थप अघी बढाउन राम बस्यालको नेतृत्वको प्यानलमा उमेद्वारी दिन लागेको बताउनुभयो। म्याग्दी जिल्लामा लायन्स अभियानको नेतृत्व गदैं जोन, रिजन लगायत क्लवका विभिन्न जिम्मेबारीलाई सफलतापूर्वक भूमिका निर्वाह गर्न सफल हुनुभएका केसीले लायन्स क्लबको पढाउ अभियानको नेतृत्व समेत गर्नुभएको थियो । केसीले म्याग्दी जिल्लाबाट लायन्समा प्रतिनिधित्व गदैं थप योजनाहरुमा जिल्लाबासीसँग सहकार्य गर्ने प्रतिबद्धता समेत जनाउनुभएको छ ।


उम्मेदवारी घोषणा कार्यक्रममा नारायण श्रेष्ठको अध्यक्षता र बिनय श्रेष्ठको सञ्चालनमा भएको कार्यक्रममा लायन्स अभियान्ता सन्तोष रावलले म्याग्दी जिल्लामा लायन्सका अहिलेसम्मका ठूला अभियानमा उम्मेदवार केसीको अगुवाईमा सम्भव भएकोमा जोड दिँदै सर्वसम्मत रुपमा एकल उम्मेदवारीको वातावरण निर्माण गर्नतर्फ पहल गरिने बताउनुभयो । लायन्स क्लब मार्फत किसानी प्राबिधिक शिक्षालय बिम र गलेश्वर माबी तोरीपानीमा आठ /आठ कोठे र नारच्याङ स्वास्थ्य चौकीको भवन निर्माण भएको छ । बेनी अस्पतालमा स्वास्थ्य उपकरण सहयोग गरेको क्लबले पहिरोको बिपद्को समयमा पनि जिन्सी तथा खाद्यान्न राहत सामग्री उपलब्ध गराएको थियो । लायन्स क्लबमा म्याग्दीका २७८ जना सदस्य रहेका छन् ।