बासखर्क गाउँनै सुन्तला खेतीबाट आत्मनिर्भर : यस बर्ष ४ करोड आम्दानीे (फोटोफिचर)

  • १० माघ २०७८, सोमबार
  • धिरन खत्री
  • 1302 पटक पढिएको

म्याग्दी, १० माघ । सुन्तला गाउँको रुपमा परिचित पर्वतको जलजला गाउँपालिका– १ बासखर्क गाउँमा यस बर्ष सुन्तला विक्रिबाट ४ करोड रुपैया बढी आम्दानी गर्ने भएका छन् । गाउँभरीनै सुन्तला लगाएका कृषकले ब्यापारीहरु उचित मूल्य दिएर बगैचामा आएपछि सो बराबरको आम्दानी हुने भएको हो ।


बाँसखर्कका ब्यावसायिक सुन्तला कृषक जगतबहादुर खत्रीले २ सय ६५ घरधुरीमध्ये २ सय भन्दाबढी घरपरिवारले सुन्तला खेती गरेको बाँसखर्कमा यसपाली चार करोड मूल्य बराबरको सुन्तला उत्पादन भएको बताउनुभयो । “यसबर्ष सुन्तला उत्पादन बढेको छ। मुख्य आम्दानीको स्रोत सुन्तला खेती भएपछि कृषकले मलजल, गोडमेल, औसा परेर झरेका सुन्तलाको दाना प्लास्टिकको बोरामा हालेर सुरक्षित व्यवस्थापन गरेपछि यसबर्ष सुन्तला उत्पादन बढेको छ,”– खत्रीले भन्नुभयो । बजारमारे सुन्तला सहकारी संस्था मार्फत १४ हजार सुन्तला विरुवासहित बासखर्कमा २५ हजार भन्दा बढी सुन्तलाका विरुवा कृषकले लगाएका छन् ।


बजारमारे सुन्तला सहकारी संस्थाका समेत अध्यक्ष रहनुभएका खत्रीले ३५ रोपनी जग्गामध्ये २३ रोपनी जग्गामा सुन्तला लगाएका छन् । शिक्षक पेशासंगै ब्यवसायिक सुन्तला खेतीबाट यस बर्ष ३ सय बोटका सुन्तला विक्रिबाट बार्षिक १२ लाख रुपैयाँ आम्दानी गर्दै आएका छन् । आगामी बर्ष ५० लाख आम्दानी गर्ने लक्षसहित १ हजार ३५० वटा सुन्तलाको बोट लगाएका छन् ।


उनीहरुले बेमौसमी सुन्तलाको रुपमा राखेको सुन्तलालाई बगैचामा आएर ब्यापारीले १४० रुपैया केजी दिएपछि आम्दानी बढेको कृषक रुद्र बहादुर खत्रीले बताउनुभयो । सुन्तलाले राम्रो आम्दानी दिएपछि विदेश छोडेर २ बर्षदेखि घरमै छु। यस बर्ष सुन्तला उत्पादन राम्रो भएपछि बिक्रिबाट ८ लाख रुपैया भन्दा बढी आम्दानी हुने देखिएको छ।


पहिल्य रैथाने खेतीबाट घरखर्च चलाउन मुस्किल भएको थियो । विगतमा पाच माथि कोदो आउने जग्गामा सुन्तला लगाएपछि अहिल्य ४० हजार आम्दानी हुदैँ आएको कृषक खेमबहादुर खत्रीले बताउनुभयो। परम्परागत रैथानेबाली रुपमा लगाएको धान, गहुँ, मकै, कोदो लगायतको खेती विस्थापित गरेर हरेक घरले ब्यवसायी रुपमा सुन्तला खेती गरेको छन् । सबै तिरको सुन्तला सिद्धिएपछि बासखर्कका कृषकले माघमहिना सुरु भएपछि सुन्तला विक्रि गर्दा सुन्तलाको मुल्य राम्रो पाएका छन् ।


सडक सुविधाले पोखरा, काठमाण्डौ, बुटवाल, बेनी लगायतका ब्यापारी माघ लाग्न वित्तिकै बगैचाँमा आएका छन् । अन्य ठाउको सुन्तला खरिद गरेर सकेर बासखर्कको सुन्तला खरिद गर्नका लागि तनँहु भानु नगरपालिका वडानम्वर १ की सुन्तला ब्यापारी माया थापा बगैचामा आउनुभएको छ । अन्य क्षेत्रका उत्पादन भएका सुन्तला भन्दा बासखर्कका सुन्तला स्वादिलो भएपछि बजारमा विक्रिका लागि समस्या छैन्,– उहाले भन्नुभयो। विगत दुइबर्षदेखि सुन्तला खरिद गर्न आइरहेको छु । यहाँ खरिद गरेका सुन्तला पोखरा लगेर बैच्दै आएकी छन् ।


सुन्तला उत्पादनका लागि प्रतिकुल हावापानी भएका बासखर्कमा सुन्तला विक्रि भईसकेपछि गोडमेल, मलजल र काटछाटमा कृषकले विशेष ध्यान दिन्छन् । सुन्तलाको उत्पादन बढाउन साना सिचाई योजना भन्दा ठुला सिचाई योजना ब्यवस्थापन भए सहज हुने सहकारी अध्यक्ष खत्री भन्नुहुन्छ । ब्यवसायिक रुपमा सुन्तला खेती गरेका नयाँ कृषकलाई प्रभावकारी तालिम अभाव रहेको बताउदै स्थलगत तालिम ब्यवस्थापन गर्न माग गरेका छन् । अन्य गाउँबाट सुन्तला विरुवा माग बढेपछि नर्सरी गरेर विरुवा उत्पादनसंगै विक्रिबाट पनि राम्रो आम्दानी गर्न यहाँ कृषक सफल भएका छन् ।

धिरन खत्री

म्याग्दी अनलाईन डट् कमका संवाददाता हुन् l