विशेष

एकतर्फी यातायातको निर्णय दुई महिनामै उल्टाउने बेनी नगरपालिकाको बाध्यता के थियो ?

म्याग्दी ४ फागुन । म्याग्दीको सदरमुकाम बेनी बजारभित्रको सडकमा सुरु गरिएको एकतर्फी यातायात सञ्चालनको निर्णयबाट बेनी नगरपालिका दुई महिनामै पछि हटेको छ । सुरक्षा निकायको अनुरोधमा गत पुस १ गतेदेखि बेनीमा अव्यवस्थित ट्राफिकलाई व्यवस्थापन गर्ने उदेश्यले एकतर्फी यातायात सुचारु गरिएको थियो । एकतर्फी यातायातले व्यापार व्यवसायमा असर परेको भन्दै न्यूरोड... पुरा पढ्नुहोस

आहा ! दग्नाम गाउँ (तस्वीरमा हेरौँ)

म्याग्दी ४ फागुन । रघुगंगा गाउँपालिका वडा नम्बर ४ दग्नाम । संस्कृति, पर्यटन र विविधताले भरिएको छ । दग्नाम हुँदै दर्मिजा जाने अजिंगर भिरमा नाग आकारमा सर्पको जस्तै देखिने प्राकृतिक आकृति समेत पर्यटकहरुको लागि आकर्षणको रुपमा रहेको छ । मगर समुदायको बाहुल्यता रहेको यस वडामा पुख्यौली नाच, सोरठी, यानीमायाँ लगायतका... पुरा पढ्नुहोस

म्याग्दीमा प्रदेश मातहतका कार्यालयमध्ये स्वास्थ्य कार्यालय उत्कृष्ट घोषित

म्याग्दी, ४ फागुन । गण्डकी प्रदेश सरकार मातहत रहेका कार्यालयहरु मध्ये म्याग्दीमा स्वास्थ्य कार्यालय उत्कृष्ट घोषित भएको छ । गण्डकी प्रदेश स्थापना दिनका अवसरमा प्रदेश मातहत रहेका कार्यालयहरुमध्ये हरेक जिल्लामा उत्कृष्ट कार्यालय घोषणा गरिएको छ । एक महिना अघि हरेक जिल्लामा मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयबाट खटिएको टोलीले विभिन्न सुचकहरुको आधारमा... पुरा पढ्नुहोस

म्याग्दीका दुई स्थानीय तहमा जौ र आलु विकास कार्यक्रम सुरु

म्याग्दी ४ फागुन । म्याग्दीका दुई स्थानीय तहमा यस वर्षदेखि जौ र आलुको व्यावसायिक उत्पादन केन्द्र कार्यक्रम सुरु गरिएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत रघुगङ्गा गाउँपालिका–५ झिँ र ६ नं वडा पाखापानीमा जौ तथा मालिका गाउँपालिका–६ को दिच्याम र ७ नं वडाको बिममा आलु ब्लक सुरु गरिएको हो ।... पुरा पढ्नुहोस

म्याग्दीका महावीर पुनलाई ‘गण्डकी रत्न’बाट विभूषित गरिने

म्याग्दी ४ फागुन । गण्डकी प्रदेश सरकारले शुरुवात गरेको ‘गण्डकी रत्न’बाट म्याग्दीका महावीर पुनलाई विभूषित गर्ने निर्णय गरेको छ। गण्डकी प्रदेश सरकारको चार वर्ष पूरा भएको अवसरमा पुनलाई विभूषित गर्ने घोषणा गरेको हो। प्रेदेश स्थापना दिनको अवसरमा गण्डकी प्रदेशका प्रवक्ता तथा भौतिक पूर्वाधार, यातयात व्यवस्थमन्त्री कुमार खड्काले विभूषित व्यक्तिको नाम... पुरा पढ्नुहोस

राष्ट्रिय सहमति नजुटेसम्म एमसीसी अघि नबढाउने माओवादीको निर्णय

  नेकपा माओवादी केन्द्रले राष्ट्रिय सहमति नजुटेसम्म एमसीसी अघि नबढाउने निष्कर्ष निकालेको छ । बुधबार सिंहदरबारस्थित माओवादी संसदीय दलको कार्यालयमा बसेको संसदीय दलको बैठकले संसदमा एमालेको जारी अवरोध नहटेसम्म कुनै पनि एजेण्डा अघि बढ्न नसक्ने निष्कर्ष पनि निकालेको छ । बैठकपछि माओवादी प्रमुख सचेतक देव गुरुङले सदन सुचारु गर्न बैठकले... पुरा पढ्नुहोस

संसद्‍मा रहेका ९ दल : एमसीसीमा यस्तो छ पोजिसन

प्रतिनिधिसभामा आज अमेरिकी सहयोग मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) सम्झौता अनुमोदनका लागि टेबल हुँदैछ । आज टेबल भएर संसदीय प्रक्रियामा प्रवेश गर्ने एमसीसी सम्झौताका कारण सत्तापक्षीय दलहरू विभाजित देखिएका छन् । सत्तापक्षमा देखिएको मतान्तरले गठबन्धनसमेत भत्किन सक्ने सङ्केत देखिएको छ । एमसीसीमा दलहरूको पोजिसन के छ भन्नेबारे चर्चा गर्नुअघि संसद्को गणितबारे... पुरा पढ्नुहोस

बेनी बजारको सडकमा गरिएको एकतर्फी यातायात दुई महिनामै स्थगीत हुँदै

म्याग्दी ३ फागुन। म्याग्दीको सदरमुकाम बेनी बजारभित्रको सडकमा सुरु गरिएको एकतर्फी यातायात सञ्चालनको निर्णयबाट बेनी नगरपालिका दुई महिनामै पछि हटेको छ । बेनीमा अव्यवस्थित ट्राफिकलाई व्यवस्थापन गर्ने उदेश्यले सुरक्षा निकायको अनुरोधमा गत पुस १ गतेदेखि एकतर्फी यातायात सुचारु गरिएको थियो । एकतर्फी यातायातले व्यापार व्यवसायमा असर परेको भन्दै न्यूरोड क्षेत्रका... पुरा पढ्नुहोस

उज्यालो बैकल्पिक विद्यालयमा म्याग्दी जेसीजको आर्थिक सहयोग

बेनी, ३ फागुन । विद्यालय जाने उमेरमा अध्ययन गर्ने चाहना हुँदा हुँदै पनि विविध कारणले विद्यालय गई औपचारिक शिक्षा हासिल गर्न नपाउनु भएका महिला दिदी बहिनी, आमाहरुले उज्यालो बैकल्पिक विद्यालय बेनीमा म्याग्दी जेसीजले आर्थिक सहयोग गरेको छ । म्याग्दी जेसीज २०२२ का शाखा अध्यक्ष जेसी सन्दिप खत्रीको अध्यक्षतामा भएको कार्यक्रमबाट... पुरा पढ्नुहोस

बजेट अभावले रानी पौवा बृहत खानेपानी आयोजना अलपत्र

म्याग्दी, ३ फागुन । रघुगंगा गाउँपालिका– ३ रानीपौवामा बृहत खानेपानी आयोजना चारबर्षदेखि बजेट अभावले अलपत्र परेको छ । रानीपौवामा चारबर्ष अघि एक घर एक धारा कार्यक्रम अनुसार खानेपानी आयोजना निर्माण सुरु भएको थियो । बजेट अभावले खानेपानी आयोजना अलपत्र पर्दा रानीपौवाबासीलाई सहज रुपमा पानी पिउन पाएका छैनन् । दैनिक मुहानमा... पुरा पढ्नुहोस