निवर्तमान जिसस प्रमुख केसीद्वारा पाचँबर्षे उपलब्धी सार्वजनिक

  • ६ असार २०७९, सोमबार
  • 577 पटक पढिएको

म्याग्दी, ६ असार । जिल्ला समन्वय समिति म्याग्दीका निवर्तमान प्रमुख देवेन्द्रबहादुर केसीले पाचँबर्षको कार्यकालमा गरेका मुख्य उपलब्धीहरुलाई सार्वजनिक गर्नुभएको छ। जिल्ला समन्वय समितिको कार्यालयमा सोमबार पत्रकार सम्मलेन गर्दै निर्वतमान प्रमुख केसीले पाचँ बर्षको कार्यकालमा म्याग्दीलाई हिमाली जिल्लामा सुचिकृत, अलपत्र जिसस सभाहल भवनलाई प्रदेश सरकारबाट बजेट ब्यवस्थापन गरेर पुर्णता र दुखुखोलाको मोटरेबल पुल निर्माण लगायतको मुख्य काम गराउन सफल भएको बताउनुभयो ।


उहाँले भुकम्पबाट प्रभावित नीजी आवास र विद्यालय भवन पुनर्निमाणमा सहजीकरण गर्ने अवसरमा मिलेको बताउनुभयो । त्यस्तै तत्कालित जिविस हुदै समन्वयको कोषमा आएको बजेट मध्ये ४ करोड रुपैयाँ बजेटलाई स्थानीय तहको पुर्वाधार निर्माणमा साझेदारी गरिएको भन्नुभयो । पाचँवटा जिल्ला सभासहित ४७ वटा जिल्ला समन्वय समितिको बैठकका सबै निर्णयहरु सर्वसम्मत गर्न सफल भएको पत्रकार सम्मेलनमा केसीले बताउनुभयो ।

जिल्लाका संचालित विकास आयोजना निर्माणलाई गति दिन सहजीकरण, अनुगमन तथा समन्वय गरेको बताउदै कानुनी अस्पष्टताका कारण नदीजन्य बस्तुको उत्खनन् तथा निकासीको अनुगमनमा समस्या भएको अवगत गराउनुभयो ।

जिल्लामा निर्माणधिन मुख्य आयोजनाहरुमा ढिलासुस्ती र लापरबाही बढेको बताउदै सरोकारवाला र जिल्लाबासीले र संचारमाध्यमले विशेष निगरानी गरेर खवरदारी बढाउन समेत आग्रह गर्नुभएको छ ।