म्याग्दीमा ‘विकास पत्रकारीता पुरस्कार’ बाट पाचँ जना पत्रकार पुरस्कृत

  • ६ असार २०७९, सोमबार
  • 881 पटक पढिएको

म्याग्दी, ६ असार । म्याग्दीमा ‘विकास पत्रकारीता पुरस्कार’ बाट पाचँ जना पत्रकार पुरस्कृत भएका छन् । जिल्ला समन्वय समिति म्याग्दीद्वारा आयोजित स्वागत तथा विदाई एवम् पत्रकारहरुलाई पुरस्कार वितरण कार्यक्रमको अवसरमा जिल्लाका पाँच जना क्रियाशिल पत्रकारलाई विकास पत्रकारिता पुरस्कारबाट पुरस्कृत गरिएको हो ।


विकास पत्रकारिताबाट पुरस्कृत हुने पत्रकारहरु घनश्याम खड्का, ध्रुवसागर शर्मा, हरिकृष्ण गौतम, ठाकुरप्रसाद आचार्य र कमल खत्री रहेका छन् । गण्डकी प्रदेश सांसद नरदेवी पुन, जिल्ला समन्वय समितिका नवनिर्वाचित प्रमुख राजकुमार थापा, निवर्तमान प्रमुख देवेन्द्रबहादुर केसी, जिल्ला समन्वय अधिकारी जानुका सुवेदीले पत्रकारहरुलाई प्रमाणपत्र, दोसल्ला र नगद रु १० हजारसहित सम्मान गरिएको थियो ।


‘विकास पत्रकारीता पुरस्कार’ आर्थिक बर्ष २०७३/०७४ को खड्का, २०७४/०७५ को शर्मा, २०७५/०७६ को गौतम, ०७६/०७७ आचार्य र ०७७/०७८ को खत्रीलाई प्रदान गरिने निर्णय पुरस्कार छनोट समितिले गरेको थियो । सोही कार्यक्रममा जिसस नवनिर्वाचित टिमलाई पदभार ग्रहण र निर्वतमान टिमलाई विदाई तथा सम्मान गरिएको थियो ।