विशेष

म्याग्दी यातायाताको अध्यक्षतामा थापा चयन

म्याग्दी २७ फागुन ।बेनीमा प्रधान कार्यालय रहेको म्याग्दी यातायात व्यवसायी कम्पनी प्रा.ली को अध्यक्षमा लालबहादुर थापा –माइकल) चयन हुनुभएको छ । कम्पनीको शुक्रबार बेनीमा भएको प्रथम अधिवेशनले तदर्थ समितिका अध्यक्ष थापालाई नै अध्यक्षमा सर्वसम्मत नेतृत्व दिएको हो । समितिको सञ्चालकहरुमा सुमन श्रेष्ठ, जानबहादुर के.सी, कृष्णबहादुर घर्ति, चन्द्रबहादुर क्षेत्री, नायायण थापा... पुरा पढ्नुहोस

बेनीमा एमालेको जिल्ला स्तरीय अगुवा कार्यकर्ता प्रशिक्षण

म्याग्दी २७ फागुन । नेपाल कम्युनिष्ट पार्टी (एमाले) म्याग्दीले जिल्ला स्तरीय अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रम शुक्रवार बेनीमा सम्पन्न गरेको छ । आगामी स्थानीय तह निर्वाचनलाई लक्षित गरि आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै एमाले उपमहासचिब एवम् स्कुल विभागका प्रमुख प्रदिप ज्ञवालीले पार्टीको मुल्य, मान्यता र सिद्धान्तलाई जनतामाझ लैजान जनताको घरदैलोमा पुग्न नेता... पुरा पढ्नुहोस

पत्रकार शर्माद्धारा दिवंगत छोरीको स्मृतिमा अक्षयकोष स्थापना

बगरफाँट, २७ फागुन । म्याग्दीका अग्रज पत्रकार धु्रबसागर शर्माका परिवारले दिवंगत छोरीको स्मृतिमा शुक्रबार रु. एक लाखको अक्षयकोष स्थापना गर्नुभएको छ । बेनी नगरपालिका–२ बगरफाँट स्थित सरस्वती आधारभूत विद्यालयमा शर्मा र उहाँकी श्रीमति अम्बिका शर्माले दिवंगत छोरी विनिता शर्माको स्मृतिमा स्थापना गर्नुभएको अक्षयकोषमा रु. एक लाख हस्तान्तरण गर्नुभयो । शर्मा... पुरा पढ्नुहोस

पिप्ले–भगवती सडक कालोपत्रे योजना अलपत्र, निर्माण कम्पनीलाई ताकेता गर्न माओवादी केन्द्रको ध्यानकर्षण

म्याग्दी २६ फागुन । म्याग्दीको रघुगंगा गाउँपालिकाको गलेश्वर राहुघाट देखि पिप्ले–भगवती कालोपत्रे सडक अलपत्र परेको छ । गण्डकी प्रदेश सरकारको ‘एक निर्वाचन क्षेत्र, एक सडक आयोजना’ कार्यक्रम अन्तरगत पूर्वाधार विकास कार्यालयले सञ्चालन गरेको योजनामा निर्माण कम्पनी एपेक्स–खड्का कृष्ण जे.भीले बिचैमा काम छाडेपछि योजना अलपत्र परेको हो । निर्माण कम्पनीका साझेदारहरुबिच... पुरा पढ्नुहोस

स्थानीय तहमा अस्पताल:मंगला र धवलागिरिमा ढिलासुस्ती,अन्नपूर्णमा निर्माणधिन,रघुगंगामा अन्योल

कमल खत्री बेनी, २६ फागुन । संघीय सरकारले हरेक स्थानीय तहमा निर्माण गर्ने घोषणा गरेको आधारभूत अस्पतालको योजना म्याग्दीको रघुगंगा गाउँपालिकामा अन्योल बनेको छ । अस्पताल बनाउने ठाउँको विवाद र त्यस सम्बन्धमा गाउँपालिकाले फेरवदल गरेको निर्णयले रघुगंगामा अस्पताल योजना अनिश्चित भएको छ । [caption id="attachment_58442" align="alignnone" width="960"] बेगमा अस्पतालको लागि... पुरा पढ्नुहोस

बुद्धिजीवी परिषदको अध्यक्षमा सुवेदी

म्याग्दी, २५ फागुन । नेपाल बुद्धिजीवी परिषद जिल्ला कार्यसमिति म्याग्दीको छैटौं जिल्ला अधिवेशनले गोरखनाथ सुवेदीको अध्यक्षतामा कार्यसमिति चयन गरेको छ । परिषदको उपाध्यक्षमा श्रीधर सुवेदी, सचिवमा नारायण पौडेल, कोषाध्यक्षमा विष्णुकुमारी रोका, सहसचिवमा हिराबहादुर बरुवाल र कृष्णकला सुवेदी चयन हुनुभएको छ । यसैगरी परिषदको कार्यसमिति सदस्यहरुमा किसन पुन, भगवान कार्की, भगवान... पुरा पढ्नुहोस

निजामती कर्मचारी संगठनको अध्यक्षमा केसी

म्याग्दी, २५ फागुन । नेपाल निजामती कर्मचारी संगठन म्याग्दीको अध्यक्षमा सोम बहादुर केसी निर्वाचित हुनुभएको छ । मंगलबार बेनीमा आयोजित संगठनको एघारौ जिल्ला अधिवेशनबाट केसीको अध्यक्षतामा २१ सदस्यीय जिल्ला समिति गठन भएको हो । संगठनको नवनिर्वाचित समितिको उपाध्यक्ष महिलामा तेज कुमारी थापा, उपाध्यक्ष खुल्लामा भोलानाथ आचार्य, सचिवमा सागर सुवेदी, सहसचिवमा... पुरा पढ्नुहोस

अन्नपूर्णमा दलित मुक्ति मोर्चा गठन

म्याग्दी, २४ फागुन । अन्नपुर्ण गाउँपालिकामा नेकपा माओवादी केन्द्र निकट नेपाल दलित मुक्ति मोर्चा गठन गरिएको छ । मंगलबार पोखरेबगरमा भएको प्रथम भेलाले मोर्चाको अध्यक्षमा बिरबहादुर पौडेल( बिक) नेतृत्वमा ४५ सदस्यीय कार्यसमिति गठन भएको छ । मोर्चाको भेलालाई सम्वोधन गर्दै नेकपा माओवादी केन्द्र नेता एवम् नेपाल दलित मुक्ति मोर्चा गण्डकी... पुरा पढ्नुहोस

दुलेपानीमा माओवादी केन्द्रको टोल कमिटी गठन

पिप्ले, २४ फागुन । रघुगंगा गाउँपालिका– ३ दुलेपानीमा नेकपा माओवादी केन्द्रको टोल कमिटी गठन गरिएको छ । मंगलबार दुलेपानीमा भएको टोल भेलाले होमबहादुर परियारको नेतृत्वमा ११ सदस्यीय टोल कमिटी गठन गरेको हो । कमिटीको उपाध्यक्षमा हर्क परियार, सचिवमा एरिन मल्ल रहेको वडाकमिटी अध्यक्ष नारायण सुवेदीले जानकारी दिनुभयो । कमिटीको सदस्यहरुमा... पुरा पढ्नुहोस

देविस्थानमा आगो निभाउने क्रममा जलेर एक जनाको मृत्यु ,एक गम्भिर घाइते

म्याग्दी ,२४ फागुन । म्याग्दीमा जंगलमा लागेको आगो निभाउने क्रममा जलेर एक जनाको मृत्यु भएको छ । जिल्लाको मालिका गाउँपालिका वडा नम्बर ५ स्थित भिरखर्क सामुदायीक जंगलमा लागेको लागेको आगो निभाउने क्रममा मंगलबार दिउँसो करिब तीन बजेको समयमा अन्दाजी २६ बर्षिय मबहादुर बोहराको घटना स्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय... पुरा पढ्नुहोस