ल्याम्हःपुचःको नयाँ नेतृत्व चयन

  • ८ श्रावण २०७९, आईतवार
  • 595 पटक पढिएको

म्याग्दी ८ साउन । पौराणिक कला ,संस्कृतीको संरक्षण एवं जगेर्ना गर्दै समाजमा रहेका बिभिन्न जातजातिहरुसंग हातेमालो गरी म्याग्दी जिल्लाकै पहिचान बोकेको कला संस्कृतीको प्रर्वद्धनमा अगाडी बढीरहेको नेपाल भाषा मंकाःखलःअन्तर्गत यूवाहरुको संस्था ल्याम्हःपुचःको चौथो अधिवेशन मंकाःखलःको भवनमा शनिवार सम्पन्न भएको छ । चौथो अधिवेशनले जेनेस श्रेष्ठको नेतृत्वमा २१ सदस्यीय समिति सर्वसम्मत चयन गरेको छ ।

अधिवेशनले ल्याम्हःपुचको उपाध्यक्षमा सतिस श्रेष्ठ, सचिवमा सुदिप श्रेष्ठ, कोषाध्यक्षमा सन्दिप श्रेष्ठ, सह–सचिवमा रुविन श्रेष्ठ, सह–कोषाध्यक्षमा अभिनेष श्रेष्ठलाई चयन गरेको छ । त्यसैगरि सदस्यहरुमा नेल्सन श्रेष्ठ, विजय श्रेष्ठ, सुमिन श्रेष्ठ, ओस्कार श्रेष्ठ, सन्दीप श्रेष्ठ, सुजन श्रेष्ठ, रेजिन्सा श्रेष्ठ, पेरिसा श्रेष्ठ, बिस्मा श्रेष्ठ, निर्देश शाक्य, सन्दिप श्रेष्ठ, डिल श्रेष्ठ, अभिषेक श्रेष्ठ, सुनिल श्रेष्ठ, सज्जन श्रेष्ठ चयन हुनुभएको छ । नवनिर्वाचित टिमको श्रावण आईतवार सम्पन्न पहिलो बैठकले बिनय श्रेष्ठ, राजेश शाक्य, दिपेन्द्र श्रेष्ठ, महेन्द्र श्रेष्ठ, बिक्रम श्रेष्ठ, विपिन श्रेष्ठ, अर्विन श्रेष्ठ, नविन श्रेष्ठ, निराजन श्रेष्ठ र सविन श्रेष्ठ रहेको १० सदस्यीय सल्लाहकार समिति पनि गठन गरेको संस्थापक अध्यक्ष सुविन श्रेष्ठले जानकारी दिनुभयो ।
ल्याम्हःपुचःका अध्यक्ष सुविन श्रेष्ठ को सभापतित्व, निवर्तमान अध्यक्ष राजेन्द्रकुमार श्रेष्ठको प्रमुख आतिथ्यता र सचिव सतिस श्रेष्ठ को संचालनमा भएको सोही कार्यक्रममा नेपाल भाषा मंकाःखलःले स्थानीय तहको चुनावमा निर्वाचित बे.न.पा.–७ का वडा अध्यक्ष रमेशकुमार श्रेष्ठ, सदस्यहरु सृजना श्रेष्ठ, विश्वास श्रेष्ठ (सोहन) र वडा नं–८ का वडा अध्यक्ष उत्तम कर्माचार्यलाई कार्यकाल सफलताको शुभकामना सहित सम्मान गरेको थियो । उक्त कार्यक्रममा ल्याम्हःपुचःअध्यक्ष एवं कार्यक्रमका सभापति सुविन श्रेष्ठले स्वागत मन्तव्य, खलःका कोषाध्यक्ष–ज्ञानेन्द्र श्रेष्ठ, संस्थापक अध्यक्ष शुदर्शनकुमार श्रेष्ठ, वडा नं–८ का अध्यक्ष उत्तम कर्माचार्य, खलःका अध्यक्ष कृण्णप्रसाद श्रेष्ठ, प्रमुख अतिथि निवर्तमान अध्यक्ष राजेन्द्रकुमार श्रेष्ठले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो भने ल्याम्हःपुचःका उपाध्यक्ष विनय श्रेष्ठले धन्यबाद सहित कार्यक्रमको समापन गर्नु भएको थियो ।