विशेष

संरक्षकहरुको आयआर्जनमा सघाउन सामुहिक आलु खेती विस्तार

मानसिक रोगका विरामीका संरक्षकहरुको आयआर्जनमा सघाउन सामुहिक आलु खेति गरिएको छ । लिड्स नेपालले भिसेन्टी फेरर फाउण्डेशन, स्पेनको सहयोगमा म्याग्दीमा रहेका मानसिक रोगका विरामीका संरक्षकहरुलाई आयआर्जनमा सघाउन निःशुल्क रुपमा आलुको विउ वितरण गरेर सामुहिक आलु खेति विस्तार गरिएको हो । बेनी नगरपालिका–४ डाँडाखेत, ५ फुर्केसल्ला र ६ छापमा रहेका मानसिक... पुरा पढ्नुहोस

अभाब र समस्यासंग जुधेर, संघर्ष र हिम्मतबाट उठेकी जमुना

कमल खत्री म्याग्दी , १८ मङ्सिर । संघर्षबाट सफलता मिल्छ भन्ने जीवन्त उदाहरण बन्नुभएको छ, ४४ बर्षिया जमुना आचार्य । पर्वतको जलजला गाउँपालिका–७ धाइरिङ मिलनचोकमा जन्मिएकी आचार्यलाई हुर्काउने र चिनाउने कर्मभूमि भने म्याग्दी हो । सुन्दा अचम्म लाग्न सक्छ, आचार्यका शरीरका केही अङ्ग सतीगती भैसके, केही कृतिम र अपुरा छन,... पुरा पढ्नुहोस

मालिकाको पाँचौ राष्ट्रपति रनिङ शिल्डको उपाधि किसानी माविलाई

म्याग्दी, १७ मङ्सिर । म्याग्दीको मालिका गाउँपालिकाको पाँचौ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताको उपाधि किसानी मावि बिमले हात पारेको छ । गाउँपालिकाको केन्द्र दरबाङमा सोमबार सम्पन्न गाउँपालिकाभित्रका अन्तर विद्यालय स्तरीय प्रतियोगितामा १२ स्वर्ण, ९ रजत र २ कास्य पदक हात पार्दै किसानी माविले उपाधी चुमेको हो । प्रतियोगितामा बिजेता विद्यालयलाई... पुरा पढ्नुहोस

बेनीमा २२ औं जेसीज कप फुटबल प्रतियोगिता उद्घाटन (तस्बिर /भिडियो)

म्याग्दी, १७ मङ्सिर । म्याग्दी सदरमुकाम बेनीमा २२ औँ अन्तरमावि जेसीज कप फुटवल प्रतियोगिता उद्घाटन भएको छ । जिल्लामा विद्यालय तहमा लोकप्रिय मानिने अन्तरमावि जेसिजकप फुटवल प्रतियोगिताको २२ औँ संस्करण आगामी शनिवार सम्म सञ्चालन हुने छ । https://youtu.be/zmun9aRvGho प्रतियोगितामा जिल्लाका विभिन्न २० विद्यालयले सहभागिता जनाएका छन् । प्रतियोगितामा बिजेतालाई नगद... पुरा पढ्नुहोस

भगवतीमा निःशुल्क स्वास्थ्य शिविरबाट एक हजारभन्दा बढी लाभान्वित

म्याग्दी, १७ मङ्सिर । म्याग्दीको रघुगङ्गा गाउँपालिका–२ भगवतीमा सम्पन्न निःशुल्क स्वास्थ्य शिविरबाट एक हजारभन्दा बढी लाभान्वित भएका छन् । रघुगङ्गा गाउँपालिका र नेलम्बो नेपाल पोखराको आयोजनामा शुक्रबारदेखि आइतबारसम्म सञ्चालन भएको शिविरबाट एक हजार एक सय २७ जनाले सेवा लिएका हुन् । रघुगङ्गा गाउँपालिकाको स्वास्थ्य शाखाका प्रमुख टीकाबहादुर शाहीले सात सय... पुरा पढ्नुहोस

घारमा अन्नपुर्णको सार्वजनिक सुनुवाई सम्पन्न

बेनी । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको घारमा सार्वजनिक सुनुवाई सम्पन्न भएको छ । गाउँपालिकाको वडा नम्बर ६, घारमा आइतबार पहिलो चौमासिकमा गाउँपालिकाबाट चालु आर्थिक बर्ष २०८१ /०८२ मा सञ्चालित विकास निर्माण योजना,कार्यक्रम र सेवा प्रवाहको अवस्था लगायतका विषय माथी सार्वजनिक सुुनुवाई गरिएको हो । कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद शर्माले चालु... पुरा पढ्नुहोस

दुई दशकदेखि महिलाको नेतृत्वमा गाउँको स्कुल : ‘पूर्वाधार र गुणस्तर सुधार’

कमल खत्री म्याग्दी, १६ मङ्सिर । अवसर र उचित वातावरण भए महिलाले पनि कुशल नेतृत्व गर्न सक्छन भन्ने उदाहरण बन्नुभएको, बेनी नगरपालिका–९ नेप्टेचौरकी तारादेवी चोखाल । स्थानीय राष्ट्रिय माध्यमिक विद्यालयमा विगत करिब दुई दशकदेखि चोखालले प्रधानाध्यापकको जिम्मेवारी सम्हाल्दै आउनुभएको छ । विद्यालयको पूर्व विद्यार्थी समेत रहनुभएकी चोखालले वि.स. २०५० देखि... पुरा पढ्नुहोस

कालीगण्डकी कोरिडोर : मालढुङ्गा–बेनी सडक कालोपत्र सुरू

म्याग्दी । भारत र चीनलाई जोड्ने कालीगण्डकी कोरिडोरअन्तर्गत म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने मालढुङ्गा–बेनी सडक कालोपत्र गर्न थालिएको छ । पर्वतको मालढुङ्गादेखि म्याग्दीको सदरमुकाम बेनीबजार जोड्ने १३ किलोमिटर सडकको प्रवेशविन्दुमा पर्ने कुश्मा नगरपालिका–१ माझीबस्तीदेखि जलजला गाउँपालिका–८ लस्तीसम्मको खण्डमा एक्सफाल्ट प्रविधिको कालोपत्र गर्न सुरू भएको हो । बेनी–जोमसोम–कोरला सडक आयोजनाका... पुरा पढ्नुहोस

प्रथम लायन्स कप छात्रा फुटबलको उपाधि न्यू वेष्ट पोइन्टलाई

म्याग्दी, १५ मङ्सिर । बेनीमा शनिवार सम्पन्न अन्तर माध्यमिक विद्यालय स्तरीय छात्रा फुटबलको उपाधि बेनीको न्यू वेष्ट पोइन्ट आवासिय माविले जितेको छ । लायन्स क्लब अफ बेनी लभ्लीहिलको आयोजनामा खुल्लामञ्चमा सम्पन्न फाइनल खेलमा निर्धारित समय गोलरहित बराबर भएपछि टाइब्रेकरमा बेनी सामुदायिकलाई ४–५ गोल अन्तरले पराजित गर्दै वेष्ट पोइन्टले प्रथम लायन्स... पुरा पढ्नुहोस

माओवादी केन्द्र म्याग्दी वडा र पालिका सम्मेलनको तयारीमा

बेनी, १५ मङसिर । नेकपा (माओवादी केन्द्र) म्याग्दीले वडा र पालिका सम्मेलनको तयारी गरेको छ । बेनी स्थित माओवादी केन्द्र म्याग्दीको जिल्ला समन्वय समितिको विस्तारित बैठकले वडा र पालिका सम्मेलन गर्ने निर्णय गरेको हो । सम्मेलनका लागि धवलागिरीमा लालु किसान, मालिकामा रेशम बहादुर जुग्जाली, मंगलामा टेकबहादुर विश्वकर्मा, रघुगंगामा सेरबहादुर केसी,... पुरा पढ्नुहोस