विशेष

अन्नपूर्ण गाउँपालिकामा अनलाइनमार्फत राजश्व सङ्कलन

बेनी, २० असार । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले राजश्व संकलनलाई अनलाइन प्रविधिमा रुपान्तरण गरेको छ । महालेखा परिक्षकको कार्यालयले लेखा व्यवस्थापनमा प्रयोगमा ल्याएको सुत्र सफ्टवेयरकै उपयोग गरेर अन्नपूर्णले गाउँपालिका र वडा कार्यालयहरु मार्फत संकलन हुने राजश्व अनलाइन मार्फत सङ्कलन गर्न सुरु गरेको हो । मंगलवारदेखि गाउँपालिकाले सुत्र सफ्टवेयरमा रहेको रेभिन्यु मोडलमा... पुरा पढ्नुहोस

बेनीमा सञ्चालित शिव शिखर सहकारी विरुद्धको मुद्धामा अनुसन्धान सुरु

म्याग्दी, २० असार ।  म्याग्दीको सदरमुकाम बेनीमा सञ्चालित शिव शिखर बहुउद्देश्यीय सहकारी संस्थाले बचतकर्ताहरुको बचत रकम हिनामिना गरेको मुद्धामा प्रहरीले अनुसंधान अघि बढाएको छ । बेनी स्थित न्यूरोडमा आफ्नै भवन बनाएर सेवा केन्द्र विस्तार गरि बचत संकलन र लगानीको सेवा दिँदै आएको सहकारी विगत पाँच महिना देखि बन्द छ ।... पुरा पढ्नुहोस

भिरमुनीको शिरानटोलका घरघरमा खानेपानीको धारा, अधुरो योजना पुरा गर्न बजेट माग

बेनी, १९ असार । बेनी नगरपालिका –५ भिरमुनीको शिरानटोलमा खानेपानी आयोजना बनेपछि स्थानीय हर्षित बनेका छन् । अधिकाँश दलित समुदायको बसोबास रहेको यस गाउँमा गण्डकी प्रदेश सरकारको ‘एक घर एक धारा’खानेपानी अभियान अन्तरगत घरघरमा खानेपानीको धारा निर्माण भएको छ । mखानेपानी, जलस्रोत तथा सिंचाइ विकास डिभिजन कार्यालय म्याग्दीले सञ्चालन गरेको... पुरा पढ्नुहोस

‘पूर्वाधार र यातायातमा महशुस हुने गरि सुधार हुन्छ’–मन्त्री जुग्जाली

पोखरा, १८ असार । गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री रेशमबहादुर जुग्जालीले पूर्वाधार आयोजना कार्यान्वयन र यातायात कार्यालयबाट प्रवाह हुने सेवालाई नागरिकले महशुस गर्ने गरि सुधार गर्न लागिपरेको बताउनुभएको छ । प्रदेशसभाको चालु बैठकको शून्य समयमा सांसदहरुले उठाएका प्रश्न र जिज्ञाशाको सोमबारको प्रदेशसभामा जवाफ दिने क्रममा मन्त्री... पुरा पढ्नुहोस

संरक्षणमुखी पूर्वाधार नबन्दा म्याग्दीमा पहिरो र भूक्षयको जोखिम बढ्दै

  म्याग्दी, १८ असार । म्याग्दीमा संरक्षणमुखी विकास पूर्वाधारहरु निर्माणमा ध्यान नदिदाँ दिन प्रति दिन पहिरो, कटान र भूक्षयको समस्या बढ्दै गएको छ। भू– तथा जलाधार ब्यवस्थापन कार्यालय पर्वत बरिष्ठ जलाधार ब्यवस्थापन अधिकृत दिवाकर पौडेलले वातावरणीय प्रभाव मूल्यांकन नगरी जथाभावी सडक लगायतको पूर्वाधारले मानवबस्तीसंगै उर्भरभूमिको कटान, पहिरो र भूक्षयको जोखिम... पुरा पढ्नुहोस

ट्याक्टर दुर्घटनामा चालकको मृत्यु

  म्याग्दी, १७ असार । म्याग्दीको रघुगंगा गाउँपालिका– ३ दुलेपानीमा शनिबार साझँ भएको ट्याक्टर दुर्घटनामा चालक सुजन परियारको मृत्यु भएको छ। कालोपत्रे गर्दै गरेको सडकमा अनियन्त्रित भएर दुर्घटना हुदाँ ट्याक्टरले च्यापिएर चालकको घट्नास्थलमा मृत्यु भएको हो । दुर्घटनामा परेर सोही वडास्थित मालिकाका २३ बर्षिय युवा परियारको मृत्यु भएको जिल्ला प्रहरी... पुरा पढ्नुहोस

धौलागिरि हिमालको काखँमा मिलेर बसेको मुदी गाउँ (फोटोफिचर)

  म्याग्दी, १६ असार । म्याग्दीको धवलागिरी गाउँपालिका–४ स्थित मुदी गाउँ । संसारको सातौं अग्लो धौलागिरी हिमालको काखँमा घुचुप्प मिलेको बस्ती रहेको मुदी गाउँ परम्परागत शैलीका घरहरुले चिटिक्क देखिन्छ । स्लेट ढुङ्गाले छाना छाएका बाख्ला घर वस्तीले चिटिक्क देखिन्छ । यहाँ पछिल्लो समय सडक सुविधा पुगेपछि पक्की ढलानको घर पनि... पुरा पढ्नुहोस

रोपाइँ सिक्न खेतमा पसे विद्यार्थी

  म्याग्दी १५ असार । आज असार १५ । २० औं राष्ट्रिय धान दिवस । सधैं कक्षाकोठामा बसेर ‘हाम्रो देश नेपाल कृषि प्रधान देश हो’ भनी पढेका म्याग्दीको मालिका गाउँपालिका ६ दरवाङस्थित के.वि एकेडेमीका विद्यार्थीहरूले आज किसानको खेतमा नै पुगेर धान रोपाईमा सहभागी भई धान रोप्ने तरिका र किसानको परिश्रम... पुरा पढ्नुहोस

बेनीमा संचालित मासु, डेरी र एग्रोभेट पसलको अनुगमन

  म्याग्दी, १५ असार । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र म्याग्दीको अगुवाईमा सदरमुकाम बेनीमा संचालित मासु, डेरी र एग्रोभेटका १३ वटा पसल शुक्रबार अनुगमन गरिएको छ। पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय पोखराका पशुचिकित्सक डाक्टर राजेश चौधरी, पशुसेवा तालिम केन्द्र पोखराका मत्स्य विकास अधिकृत मनिष देवकोटा र केन्द्रका निमित्त... पुरा पढ्नुहोस

पर्वत र म्याग्दीका न्यायीक समितिलाई क्षमता अभिवृद्धि सम्वन्धी अन्तरक्रिया

  म्याग्दी, १५ असार । पर्वत र म्याग्दीका स्थानीय तहका न्यायीक समितिलाई क्षमता अभिवृद्धि सम्वन्धी अन्तरक्रिया गरिएको छ। मुख्य न्यायाधिबक्ताको कार्यालय गण्डकी प्रदेशको आयोजनामा शुक्रबार बेनीमा सहभागि भएका दुई जिल्लाका न्यायीक समितिलाई कानुन अनुसार जनतालाई सहज रुपमा न्याय उपलब्ध गराउने तरिकाबारे जानकारी गराईएको हो । अन्तरक्रिया कार्यक्रममा उच्च अदालत पोखरा... पुरा पढ्नुहोस