विशेष
अन्नपूर्ण गाउँपालिकाद्धारा सामुदायिक विद्यालयलाई कम्प्युटर र शैक्षिक सामाग्री वितरण
- 4 महिना, 4 दिन अगाडि
- १५ असार २०८१, शुक्रबार
म्याग्दी , १४ असार । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तरलाई सुधार गर्न प्रविधि र शैक्षिक सामाग्री वितरण गरेको छ । विद्यालयको जगको रुपमा रहेका प्रारम्भिक बालविकास केन्द्रहरुको शिक्षण सिकाईलाई व्यवहारिक बनाउन र बालबालिकालाई खेलेर अध्ययन गर्ने अवसर प्रदान गर्न गाउँपालिकाले रु नौ लाख बराबरको शैक्षिक सामाग्री वितरण गरेको... पुरा पढ्नुहोस
एसइई परिक्षामा म्याग्दीमा सामुदायिकतर्फ प्रकाश माविका घिमिरे सर्वोकृष्ट
- 4 महिना, 5 दिन अगाडि
- १४ असार २०८१, बिहीबार
माध्यामिक शिक्षा परीक्षा (एसइई) को २०८० मा म्याग्दी जिल्लाबाट प्रकाश माविका सुधन घिमिरे सामुदायिक विद्यालयतर्फ सर्वोत्कृष्ट हुन सफल हनुभएको छ। घिमिरेले ३.८३ जिपिए ल्याएर सामुदायिक तर्फ जिल्लामा सर्वोकृष्ट हुन सफल हुनुभएको हो । जिल्लाको सम्रग नतिजामा घिमिरे द्धितिय भएको प्रकाश माविले जनाएको छ । त्यस्तै सामुदायिक विद्यालयको छात्रातर्फ प्रकाश माविकै... पुरा पढ्नुहोस
जंगलमै बास बसेर धौलागिरि आइसफल पदमार्ग निर्माण (फोटो फिचर)
- 4 महिना, 5 दिन अगाडि
- १४ असार २०८१, बिहीबार
सोलुखुम्बुका खड्क बस्नेत दुई महिनादेखि धौलागिरि हिमालको फेदी नजीकको जंगलमा बास बस्नुहुन्छ । म्याग्दीको रघुगंगा गाउँपालिका–७ चिमखोलाको कछुवा ओढार क्षेत्रमा पदमार्ग बनाउन बस्नेत सहित करिब ३० जनाको टोली दुई महिनादेखि जंगलमै बास बस्दै आएका हुन् । म्याग्दी र मुस्ताङलाई पदमार्गले जोड्ने धौलागिरि आइसफल ट्रेकमा दुई बर्षदेखि पदमार्ग निर्माण भैरहेको छ... पुरा पढ्नुहोस
बेनीको कालीपुलमा बाढी पस्यो, ६ वटा पसलमा क्षति
- 4 महिना, 7 दिन अगाडि
- १२ असार २०८१, मंगलवार
बेनी : म्याग्दीको सदरमुकाम बेनी बजारमा आज बाढी पसेर ६ वटा पसलमा क्षति पुगेको छ। बेनी नगरपालिका–८ कालीपुलमा रहेका ६ वटा सवारी साधन बिक्री र मर्मत गर्ने पसलमा बाढी पस्दा १ करोड रुपैयाँ बराबरको क्षति पुगेको अनुमान गरिएको छ। क्याम्पसचोकको पाखोबाट आएको बाढीले नाली बुझिएर सडकबाट बगेर आज बिहान पसलभित्र पसेको... पुरा पढ्नुहोस
रघुगंगा गाउँपालिकामा ४८ करोड ५० लाख बढीको बजेट पारित
- 4 महिना, 8 दिन अगाडि
- ११ असार २०८१, सोमबार
म्याग्दी, १० असार । म्याग्दीको रघुगंगा गाउँपालिकाले आगामी आर्थिक बर्ष २०८१/०८२ का लागि साढे ४८ करोड बढीको बजेट पारित गरेको छ । सोमबार सम्पन्न गाउँपालिकाको १७ औँ गाउँसभाले रु ४८ करोड ५० लाख ९५ हजार बराबरको बजेट पारित गरेको हो । गाउँसभामा उपाध्यक्ष प्रेमकुमारी पुनले प्रस्तुत गर्नुभएको बजेट छलफल पछि... पुरा पढ्नुहोस
धवलागिरी गाउँपालिकाको लोगो सार्वजनिक
- 4 महिना, 8 दिन अगाडि
- ११ असार २०८१, सोमबार
म्याग्दी , १० असार । म्याग्दीको धवलागिरी गाउँपालिकाले प्रतिक चिन्ह (आफ्नै लोगो) सार्वजनिक गरेको छ । ‘शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन र पूर्वाधारः समृद्ध धवलागिरीकोे मुल आधार’ भन्ने मुल नारालाई समावेश गरिएको लोगोमा गाउँपालिकाको साँस्कृतिक, ऐतिहासिक, पर्यटकीय र सम्भावनाहरुको चित्रलाई समावेश गरिएको छ । गाउँपालिकाले खुला प्रस्तावना आह्वान गरेर प्रतिस्पर्धा मार्फत... पुरा पढ्नुहोस
अन्नपूर्ण गाउँपालिकामा ५३ करोड बढीको बजेट सार्वजनिक
- 4 महिना, 9 दिन अगाडि
- १० असार २०८१, आईतवार
म्याग्दी , ९ असार । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले आगामी बर्षको लागि रु ५३ करोड बढीको बजेट सार्वजनिक गरेको छ । आइतवार आयोजित गाउँसभाको १९ औँ अधिवेशनमा आगामी आर्थिक बर्ष २०८१/०८२ का लागि रु ५३ करोड २४ लाख ४३ हजार बराबरको बजेट सार्वजनिक गरिएको हो । गाउँसभामा गाउँपालिका उपाध्यक्ष दिवा कुमारी... पुरा पढ्नुहोस
‘बेनीको बजार, जता माया उतै छ नजर’को म्युजिक भिडियो नयाँ स्वरुपमा पुननिर्माण
- 4 महिना, 9 दिन अगाडि
- १० असार २०८१, आईतवार
म्याग्दी ,९ असार । बुहचर्चित नेपाली लोक गीत ‘बेनीको बजार, जता माया उतै छ नजर’ को म्यूजिक भिडियोलाई नयाँ प्रस्तुतीका साथ पुननिर्माण गर्न सुरु गरिएको छ । म्याग्दीको सदरमुकाम बेनीलाई राष्ट्रिय, अन्तर्राष्ट्रिय रूपमा चिनाउन सफल सबैको जनजिब्रोमा बसेको ‘बेनीको बजार, जता माया उतै छ नजर, किरेमिरे जालेरुमाल’ बोलको गीतलाई पुन... पुरा पढ्नुहोस
बेनीमा निःशुल्क मानसिक तथा प्रजनन स्वास्थ्य शिविर सम्पन्न
- 4 महिना, 10 दिन अगाडि
- ९ असार २०८१, शनिबार
म्याग्दी सदरमुकाम बेनीमा शनिवार निःशुल्क मानसिक तथा प्रजनन लिड्स नेपालले मानसिक बिरामी तथा संरक्षकहरुका लागि आयोजना गरेको उक्त शिविरमा प्रजनन स्वास्थ्य सम्बन्धी ८० जना र मानसिक रोग सम्बन्धी समस्या भएका ५० जनाले स्वास्थ्य उपचार सेवा लिनुभएको छ । बेनी अस्पताल परिसरमा सञ्चालित शिविरमा स्वास्थ्य चेकजाँच संगै मनोपरामर्श र आवश्यक औषधी... पुरा पढ्नुहोस
म्याग्दीको हिलापोखरीमा सिँचाइ आयोजनाको पक्की नहर
- 4 महिना, 10 दिन अगाडि
- ९ असार २०८१, शनिबार
म्याग्दी । म्याग्दीको धवलागिरि गाउँपालिका–७ हिलापोखरीमा सिँचाइ आयोजना निर्माण भएको छ । खानेपानी, जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालय म्याग्दीले उपभोक्ता समितिमार्फत हिलापोखरीमा सिँचाइ आयोजना निर्माण गरेको हो । उपभोक्ता समितिका अध्यक्ष रमेश पौडेलले तीन सय ६० मिटर लामो पक्की नहर निर्माण गरिएको जानकारी दिए । “च्युरीबोटस्थित घट्टेखोला हुँदै २५ मुरेसम्म... पुरा पढ्नुहोस