विशेष
मंगला शिक्षा क्याम्पसमा नेविसंघ र क्रान्तिकारीको तालाबन्दी
- 1 बर्ष, 2 महिना अगाडि
- ३० फाल्गुन २०७९, मंगलवार
बेनी, ३० फागुन । म्याग्दीको बाबियाँचौरमा रहेको मंगला शिक्षा क्याम्पसमा आसन्न स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) चुनाव नेपाल विद्यार्थी संघ र अखिल क्रान्तिकारीले बहिस्कार गरेको छ । निर्वाचनका बारेमा क्याम्पस प्रशासनले जानकारी नदिएको, गलत सूचना दिएको, विद्यार्थी भर्नाका बारेमा प्रष्ट सूचना दिन आनकानी गरेको, मनोनयन दर्ता सहित अन्य प्रक्रियामा क्याम्पसमा... पुरा पढ्नुहोस
चैत १ गतेदेखि बेनीमा सुरु हुने लिग फुटवल प्रतियोगीताको तयारी पुरा
- 1 बर्ष, 2 महिना अगाडि
- ३० फाल्गुन २०७९, मंगलवार
म्याग्दी, ३० फागुन । सदरमुकाम बेनीस्थित खुल्लामञ्चमा बुधबारदेखि सुरु हुने ‘म्याग्दी कप’ लिग फुटवल प्रतियोगिताको तयारी पुरा भएको छ। म्याग्दी कप– २०७९ ब्यवस्थापन समितिको आयोजना र जिल्ला फुटवल संघको सह–आयोजनामा चैत १ गतेदेखि १० गतेसम्म संचालन हुने लिग फुटवल प्रतियोगिताको तयारी पुरा भएको मंगलबार पत्रकार सम्मेलन मार्फत जानकारी गराएका... पुरा पढ्नुहोस
होटल ब्यवसायी संघद्वारा मृगौलामा समस्या देखिएका रोकाको उपचारमा सहयोग
- 1 बर्ष, 2 महिना अगाडि
- ३० फाल्गुन २०७९, मंगलवार
म्याग्दी, ३० फागुन । म्याग्दी होटल एण्ड रेष्टुरेण्ट ब्यवसायी संघद्वारा मृगौलामा समस्या आएर पोखरास्थित गण्डकी अस्पतालमा उपचारत ज्ञान बहादुर रोकाको उपचारमा आर्थिक सहयोग गरेका छन् । होटलमा कर्मचारीको रुपमा कार्यरत मंगला गाउँपालिका २ बस्ने सुनिता रोकाकी श्रीमान ३३ बर्षिय ज्ञानबहादुर रोकाको उपचारका लागि ५८ हजार २३५ रुपैया आर्थिक संकलन... पुरा पढ्नुहोस
क्याम्पसमा तालाबन्दीले स्ववियु निर्वाचनको कार्यतालिका प्रभावित
- 1 बर्ष, 2 महिना अगाडि
- ३० फाल्गुन २०७९, मंगलवार
म्याग्दी, ३० फाल्गुन। नेकपा निकट अखिल क्रान्तिकारीले म्याग्दी बुहमुखी क्याम्पसमा तालाबन्दी गरेको छ । स्ववियु निर्वाचनलाई लक्षित गरी सञ्चालक समितिको बैठकले संगठन दर्ता र भर्नाका लागि तोकेको समयअवधिको बिरोध जनाउँदै सोमबार निर्वाचन कार्यालयमा कार्यालयमा ताला लगाएको हो । उक्त संगठनकी म्याग्दी बहुमुखी क्याम्पस कमिटीकी संयोजक मनिषा दर्जीले सञ्चालक समितिको निर्णय... पुरा पढ्नुहोस
स्थापना दिवसको अवसरमा नि:शुल्क कम्युटर कक्षा
- 1 बर्ष, 2 महिना अगाडि
- २९ फाल्गुन २०७९, सोमबार
बेनी, २९ फागुन । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको २२ औँ स्थापना दिवस तथा लोकदोहोरी दिवस २०७९ को अवसरमा प्रतिष्ठान म्याग्दीले निशुल्क कम्प्युटर कक्षा शुभारम्भ गरेको छ । प्रतिष्ठान म्याग्दीले द्वन्द्वपीडित तथा अपाङ्ग परिवारका १० जना विद्यार्थीहरुलाई निशुल्क रुपमा कम्प्युटर वेसिक तथा डिप्लोमा सम्मको कक्षा संचालन गरेको... पुरा पढ्नुहोस
खन्ती–जोमसोम सडक कालोपत्र सुरु
- 1 बर्ष, 2 महिना अगाडि
- २९ फाल्गुन २०७९, सोमबार
मुस्ताङको थासाङ गाउँपालिकाको केन्द्र खन्तीदेखि सदरमुकाम जोमसोम जोड्ने सडक कालोपत्र सुरु भएको छ । राष्ट्रिय गौरवको कालीगण्डकी कोरिडोर, बेनी–जोमसोम–कोरला सडक आयोजनामार्फत १६ किलोमिटर पाँच सय मिटर दूरीको खन्ती–जोमसोम खण्ड कालोपत्रको काम सुरु भएको हो । आयोजना प्रमुख जगत प्रजापतिले ठेकेदार कम्पनी गौरी–पार्वती जेभीले जेभीले खन्तीदेखि जोमसोमतर्फ आस्कपाल्ट प्रविधिको कालोपत्र... पुरा पढ्नुहोस
नवनिर्वाचित राष्ट्रपतिद्वारा पद तथा गोपनियताको शपथ
- 1 बर्ष, 2 महिना अगाडि
- २९ फाल्गुन २०७९, सोमबार
नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनियताको शपथ लिएका छन् । शीतलनिवासमा आयोजित शपथ ग्रहण कार्यक्रममा कायमुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले पौडेललाई शपथ खुवाएका हुन् । गत फागुन २५ गते नेकपा एमालेका सुवास नेम्वाङलाई पराजित गर्दै पौडेल राष्ट्रपति पदमा निर्वाचित भएका थिए । पौडेलले शपथ लिएसँगै निवर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीलाई... पुरा पढ्नुहोस
नेपाल शिक्षक संघ मुस्ताङको अध्यक्षमा श्रेष्ठ
- 1 बर्ष, 2 महिना अगाडि
- २८ फाल्गुन २०७९, आईतवार
lसुशीलबाबु थकाली मुस्ताङ, २८ फागुन : नेपाल शिक्षक संघ मुस्ताङको नवौं जिल्ला अधिवेशनले गोबिन्दप्रसाद श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति निर्विरोध निर्वाचित भएको छ । समितिको उपाध्यक्षमा खिमबहादुर गुरुङ, महिला उपाध्यक्षमा नभिना तुलाचन, सचिवमा विष्णु थकाली,... पुरा पढ्नुहोस
म्याग्दीका केसी लायन्सको डिष्ट्रिक गभर्नरमा निर्वाचित
- 1 बर्ष, 2 महिना अगाडि
- २८ फाल्गुन २०७९, आईतवार
बेनी, २८ फागुन । म्याग्दीका चन्द्रबहादुर केसी लायन्स अन्तराष्ट्रिय डिस्ट्रिक ३२५ आई, नेपालको डिष्ट्रिक्ट गभर्नरमा पदमा निर्वाचित हुनुभएको छ। पोखरामा शनिबार सम्पन्न भएको महाधिवेशनबाट निर्वाचित केसीले सहभागी क्लवका प्रतिनिधिहरुको सतप्रतिशत मत प्राप्त गर्नुभएको थियो । केसीले अघिल्लो कार्यकालमा प्रथम डिस्ट्रिक गर्भरनको पदमा रहेर काम गर्नुभएको थियो । डिस्ट्रिक ३२५... पुरा पढ्नुहोस
मुक्तिमार्ग माध्यमिक विद्यालयमा व्यवस्थापन समिति पुनर्गठन
- 1 बर्ष, 2 महिना अगाडि
- २७ फाल्गुन २०७९, शनिबार
म्याग्दी २७ फागुन । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ घारमा रहेको मुक्तिमार्ग माध्यमिक विद्यालयमा विद्यालय व्यवस्थापन समिति र शिक्षक अभिभावक संघको पुनर्गठन गरिएको छ । शनिवार सम्पन्न आमभेला मार्फत ठाकुर प्रसाद बरुवालको अध्यक्षतामा विद्यालय व्यवस्थापन समिति र मनिषा बरुवालको अध्यक्षतामा शिक्षक अभिभावक संघ गठन गरिएको हो । व्यवस्थापन समितिको सदस्यहरुमा हिरा खड्का,... पुरा पढ्नुहोस