म्याग्दी समाचार
प्रवासीद्धारा विद्यालय र सहकारीलाई तिन लाख भन्दा बढी सहयोग
- 8 बर्ष, 1 महिना अगाडि
- ४ बैशाख २०७४, सोमबार
बेनी ४ बैशाख । म्याग्दीको अन्नपूर्ण गाउँपालीका ३ दानामा रहेको विद्यालय र सहकारी संस्थालाई प्रवासबाट तिन लाख रुपैया भन्दा बढी सहयोग गरेका छन् । दानामा जन्मिएर हाल बेलायतमा बसोबास गर्दै आएका महिलाहरु आवद्ध दाना युके आमा समूहले ज्ञानप्रकाश मावी र सिर्जना महिला बचत तथा ऋण सहकारी संस्थालाई आर्थिक सहयोग गरेका... पुरा पढ्नुहोस
नगर तथा गाउँपालिका प्रमुखमा महिलालाई पन्छाईदै
- 8 बर्ष, 1 महिना अगाडि
- ४ बैशाख २०७४, सोमबार
म्याग्दी, ४ बैशाख । बैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनमा नगर तथा गाउँपालिका प्रमुख वा उपप्रमुख मध्ये एक पदमा महिला अनिवार्य भएपनि जिल्लाका दलहरुले प्रमुखमा महिलालाई भन्दा पुरुषलाई प्राथमिकता दिएका छन । म्याग्दीमा एक नगरपालिका र पाँच गाउपालिकाको प्रमुखमा महिला भन्दा पुरुषनै अघि देखिएका छन् । काँग्रेस एमाले र... पुरा पढ्नुहोस
नेपाली काँग्रेसले म्याग्दीले थाल्यो घरदैलो कार्यक्रम
- 8 बर्ष, 1 महिना अगाडि
- ४ बैशाख २०७४, सोमबार
बैशाख ४ म्याग्दी । नेपाली काग्रेस म्याग्दीले बैशाख ३१ गते हुने स्थानिय तहको चुनावलाई लक्षित गरेर घरदैलो कार्यक्रम सञ्चालन गरेको छ । अभियान अन्र्तगत आईतबार बेनीनगरपालीका ५ डडुवामा कार्यक्रम सम्पन्न गरेको छ । सो क्रममा १० जनाले एमाले परित्याग गरी काँग्रेसमा प्रबेश गरेको काँग्रेसले जनाएको छ । नेपाली काँग्रेसका महाधिवेशन... पुरा पढ्नुहोस
एमालेको चुनाव प्रचारप्रसार समिति गठन
- 8 बर्ष, 1 महिना अगाडि
- ४ बैशाख २०७४, सोमबार
म्याग्दी, ४ वैशाख । म्याग्दीको बेनी नगरपालिका–५ नयाँगाउँमा शुक्रबार नेकपा एमालेको चुनाब प्रचारप्रसार समिति गठन भएको छ । भेलाले शान्ति थापा संयोजक, छेकविर नेपाली उपसंयोजक, पूर्णबहादुर नेपाली सचिव र राममाया नेपाली सहसचिव रहेको ३१ सदस्यीय समिति गठन गरेको हो । समितिको सदस्यहरुमा जुना नेपाली, सीता कार्की, हिरा कार्की, सम्झना नेपाली,... पुरा पढ्नुहोस
झारफुक गर्ने बाहनामा बालीकालाई बलात्कार…….
- 8 बर्ष, 1 महिना अगाडि
- ३ बैशाख २०७४, आईतवार
म्याग्दी, ३ बैशाख । झारफुक गर्ने बाहनामा ८ वर्षिया बालीकालाई बलात्कार गर्ने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरि अदालतमा मुद्दा दर्ता गरेको छ । बलात्कारको आरोपमा पक्राउ परेका पर्वतको जलजला गाउँपालीका ३ बगरफाँटका ४५ वर्षिय खिमबहादुर दर्जी (परियार) विरुद्ध आईतबार पर्वत जिल्ला अदालतमा मुद्दा दर्ता भएको हो । चैत ३१ गते... पुरा पढ्नुहोस
विश्व किर्तिमानीका लागि म्याग्दीका मीन बहादुर शेरचनको सगरमाथा आरोहण सुरु (फोटो फिचर)
- 8 बर्ष, 1 महिना अगाडि
- ३ बैशाख २०७४, आईतवार
म्याग्दी, ३ बैशाख । म्याग्दीको भुरुङ तातोपानीका छयासी बर्षका हिमाल आरोही मीन बहादुर शेरचनले आईतवारदेखि पुनः सगरमाथा आरोहण सुरु गर्नुभएको छ । सन २००८ मा ७६ बर्षको उमेरमा सवोच्च शिखर सगरमाथा हिमालको आरोहण गरेका शेरचनले पृथ्वीमाताको रक्षा, मानवताको कल्याण र विश्व शान्तिको कामना गर्दै आफ्नो गुमेको विश्वकिर्तिमानलाई कायम गराउन सगरमाथाको... पुरा पढ्नुहोस
राष्ट्रिय जनमोर्चाले उमेद्वार छनौट ग¥यो
- 8 बर्ष, 1 महिना अगाडि
- ३ बैशाख २०७४, आईतवार
म्याग्दी,३ बैशाख । राष्ट्रिय जनमोर्चा म्याग्दीले आगामी ३१ गते हुन लागेको स्थानीय तह निर्वाचनका उमेद्वार छनौट गरेको छ । जनमोर्चाले बेनी नगरपालीकाको मेयर र उपमेयर, मालीका र धौलागिरी गाउँपालीकाको अध्यक्ष र मंगला गाउँपालीका २ बाबियाचौरको वडा अध्यक्षमा उमेद्वारी दिने निर्णय सहित उमेद्वार छनौट गरेको हो । मालीका गाउँपालीकामा जिल्ला अध्यक्ष... पुरा पढ्नुहोस
लिटील गार्डेनमा शिक्षक तालीम सुरु
- 8 बर्ष, 1 महिना अगाडि
- ३ बैशाख २०७४, आईतवार
म्याग्दी,३ बैशाख । बेनीमा रहेको लिटील गार्डेन एकेडेमीमा आईतबारदेखि शिक्षकहरुको क्षमत्ता अभिवृद्धी सम्बन्धी तालीम सुरु भएको छ । सिटीएफ नेपाल र किड्स बुक्स पब्लीकेशनको सहयोगमा विद्यालयले आयोजना गरेको तालीमको जिल्ला शिक्षा कार्यालयका स्रोत व्यक्ति मोहन बानियाले उद्घाटन गर्नुभयो । लिटील गार्डेन एकेडेमी बेनी, गलेश्वर आदर्श बोर्डीङ स्कुल गलेश्वर, न्यु होराईजन... पुरा पढ्नुहोस
तिब्र गतिमा हावाहुरी चलेपछि …….
- 8 बर्ष, 1 महिना अगाडि
- ३ बैशाख २०७४, आईतवार
म्याग्दी, ३ वैशाख । आईतवार विहान चलेको हावाहुरीले म्याग्दीको विभिन्न ठाउँमा क्षती पु¥याएको छ । तिब्र गतिमा चलेको हावाहुरीले कुईनेमंगले, चिमखोला, दर्जिजा लगायतका ठाउँमा घरगोठका छानाहरु हावाहुरीले उठाएको छ भने कतिपय ठाउँहरुमा रुखहरु समेत ढलेका छन् । हावाहुरीले घुगोठको छानो उडाएपछि सर्वसाधारण समस्यामा परेको स्थानीय याम विश्वकर्माले जानकारी दिनुभयो । पुरा पढ्नुहोस
बेनीमा मुख्य निर्वाचन अधिकृतको कार्यालयको सुभारम्भ
- 8 बर्ष, 1 महिना अगाडि
- ३ बैशाख २०७४, आईतवार
म्याग्दी, ३ वैशाख । म्याग्दीमा आगामी बैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनको लागि आईतवार बेनीमा मुख्य निर्वाचन अधिकृतको कार्यालयको सुभारम्भ गरिएको छ । जिल्ला अदालतको कार्यालयमा मुख्य निर्वाचन अधिकृत समेत रहनुभएका जिल्ला न्यायाधीश रामप्रसाद शर्माले बोर्ड राखेर कार्यालयको उद्घाटन गर्नुभएको हो । कार्यालयको उद्घाटन गर्दै जिल्ला न्यायाधीश शर्माले निर्वाचन... पुरा पढ्नुहोस