पहिरोले चार वटा खच्चड मरे

  • ९ श्रावण २०७४, सोमबार
  • 2005 पटक पढिएको

म्याग्दी, ९ साउन ।म्याग्दीको धौलागिरी गाउँपालिका–३ र ४ को सिमाक्षेत्रमा पर्ने सिनबाङ भन्ने ठाउँमा पहिरो जाँदा चार वटा खच्चड मरेका छन् ।

सोमबार विहान बाटो माथिबाट खसेको पहिरोले मुदीका बिरबहादुर विकका चरण क्षेत्रमा लैजाँदै गरेका चार वटा खच्चड मरेको बुद्धिविकास मावि मुदिका शिक्षक लोकराज रोकाले जानकारी दिनुभयो ।विकले ७ वटा खच्चड चरणको लागि लैजाँदै गर्दा माथिबाट एक्कासी पहिरो खस्दा चारवटा खच्चडलाई पहिरोको ढुंगा लागेको थियो ।

चार वटा खच्चडबाट विकलाई करिब ३ लाख बढी क्षती भएको छ । सो पहिरोले मुदी गाउँ जाने बाटो समेत अबरुद्ध बनाएपछि वारपार गर्ने सर्वसाधारण समस्यामा परेका छन् ।