म्याग्दी समाचार
तराईका बाढी पिडितलाई अष्ट्रेलियामा रहेका विद्यार्थीद्धारा राहत सहयोग
- wp_days_ago_v3(); ?>
- १ भाद्र २०७४, बिहीबार
म्याग्दी, १ भदौ । अबिरल बर्षाको कारण तराईमा भएकोे डुबानबाट पिडित भएकाहरुलाई अष्टे«लिमा रहेका विद्यार्थीहरुले राहत संकलन गरि पठाएका छन् । अभियानको क्रममा भर्खरै मात्रै अष्टेलियामा पुगेका विद्यार्थीहरुले समेत उत्साह जनक रुपमा सहयोग गरेकोे अभियानका सदस्य साजन परियारले जानकारी दिनुभयो ।हरेक व्यक्तिबाट कम्तीमा एक घण्टा बराबरको पारिश्रमीक बाढी पिडितको लागि... पुरा पढ्नुहोस
तोरीपानी टिमुर गाउँको रुपमा विकास हुँदै, उत्पादित टिमुर अष्ट्रेलिया निकासी
- wp_days_ago_v3(); ?>
- १ भाद्र २०७४, बिहीबार
म्याग्दी १ भदौ ।बेनी नगरपालिका–९ तोरिपानीका स्थानीय टिमुर खेतीतर्फ आकर्षित भएका छन् । टिमुरखेतीबाट अकर्षक कमाई हुने भएपछि कृषकहरु टिमुरको व्यवसायिक खेतीतर्फ लागेका हुन् । हावापानी समेत उपयुक्त रहेकाले तोरिपानी क्षेत्रमा गुणस्तरीय टिमुर उत्पादन हुदै आएको छ । मसलेदार टिमुरको माग बर्षेनी बढ्दै गएको छ । माग बढ्दै जाने र... पुरा पढ्नुहोस
रिखार दैनिक दोस्रो बर्षमा प्रवेश, बेनीमा जिल्लाव्यापी भलिबल प्रतियोगिता सुरु
- wp_days_ago_v3(); ?>
- १ भाद्र २०७४, बिहीबार
म्याग्दी, १ भदौ ।म्याग्दी सदरमुकाम बेनीमा प्रकाशन हुँदै आएको रिखार राष्ट्रिय दैनिक दोस्रो बर्षमा प्रवेश गरेको छ । गत बर्षको भदौ १ गतेदेखि प्रकाशन आरम्भ गरेको पत्रिकाले आफ्नो बार्षिक उत्सव मनाउन सुरु गरेको छ । पत्रिकाले आफ्नो बार्षिक उत्सवको अबसरमा आजदेखि बेनीमा ‘न्यू संगम टे«डर्स रिखार कप’ वडा स्तरीय... पुरा पढ्नुहोस
सर्लाहीमा पुगेका म्याग्देली युवाको बयानः बाढीसंगै भोक र सोकमा डुबेको छ तराई
- wp_days_ago_v3(); ?>
- १ भाद्र २०७४, बिहीबार
म्याग्दी, १ भदौ । अबिरल बर्षाको कारण तराईका जिल्लाहरु डुबानमा पर्दा पिडित भएकाहरुको राहत र उद्धारको लागि म्याग्दीका विद्यार्थी नेताहरुको टोलि समेत सर्लाहीमा पुगेका छन् । अनेरास्ववियूका केन्द्रिय सदस्य समेत रहेका प्रकाश पौडेलको नेतृत्वमा बिजय घर्ति मगर, सुजन हमाल र बिशाल कार्की लगायतको टोलि सर्लाहीको गाउँ मलङगा नगरपालिका ५ घोडदौली... पुरा पढ्नुहोस
बाढी पहिरोबाट प्रभावित ठाउँको जिसस प्रमुखद्धारा निरिक्षण
- wp_days_ago_v3(); ?>
- ३२ श्रावण २०७४, बुधबार
म्याग्दी, ३२ साउन । अबिरल बर्षाको कारण नदीमा बढेको पानीको वहाब र पहिरोको कारण प्रभावित भएका क्षेत्रहरुमा जिल्ला समन्वय समितिले स्थलगत निरिक्षण सुरु गरेको छ । गत साता म्याग्दी नदीमा आएको बाढी र विभिन्न ठाउँमा खसेको पहिरोबाट जोखिममा परेका क्षेत्रहरुमा पुगेर स्थलगत निरिक्षण सुरु गरेको हो । जिल्ला समन्वय समितिका... पुरा पढ्नुहोस
बेनी बसपार्कको गुरुयोजना निर्माणको लागि डिजाईन सार्वजनिक
- wp_days_ago_v3(); ?>
- ३२ श्रावण २०७४, बुधबार
म्याग्दी, ३२ साउन । म्याग्दी सदरमुकाम बेनी स्थित कालिपुलमा रहेको बसपार्कलाई व्यवस्थित बताउन गुरुयोजना निर्माण गर्न थालिएको छ । जिल्लाको प्रवेशद्धारको रुपमा रहेको कालिपुलमा रहेको बसपार्क अव्यवस्थित रहेकाले यसलाई व्यवस्थित रुपमा सञ्चालन गर्नका लागि गुरुयोजना निर्माण कार्य अन्र्तगत प्रारम्भिक डिजाईनबारे सरोकारवालाहरुलाई जानकारी गराईएको छ । झण्डै एक दशकदेखि सञ्चालनमा आएको... पुरा पढ्नुहोस
बेनी–गलेश्वर सडक अलपत्र
- wp_days_ago_v3(); ?>
- ३२ श्रावण २०७४, बुधबार
म्याग्दी, ३२ साउन । छ महिनाअघिनै सम्पन्न हुनुपर्ने बेनी–गलेश्वर सडक कालोपत्रे योजना अलपत्र बनेको छ । निर्माण व्यवसायीले अन्तिम समयमा कार्यक्षेत्र छोडेर गएपछि पिच सडकमा यात्रा गर्ने सर्वसाधारणको चाहना पूरा हुन सकेको छैन । निर्माण व्यवसायीले कालोपत्रेका लागि उपकरण जुटाउन नसकेपछि योजनामा ढिलाइ भएको हो । सडक डिभिजन कार्यालय... पुरा पढ्नुहोस
लुलाङलाई साक्षर वडा घोषणा
- wp_days_ago_v3(); ?>
- ३२ श्रावण २०७४, बुधबार
म्याग्दी, ३२ साउन । म्याग्दीको धौलागिरी गाउँपालीका २ लुलाङलाई मंगलबार साक्षर वडा घोषणा गरिएको छ । वडामा बसोबास गर्ने १५ देखि ६० वर्ष उमेर समूहका ९९.९ प्रतिशत नाागरीकले अंक अक्षर लेखपढ गर्न जान्ने भएपछि गाउँ शिक्षा समितिको आयोजनामा साक्षर वडा घोषणा गरिएको हो । लमसुङ माविको व्यवस्थापन समितिका अध्यक्ष केशरबहादुर... पुरा पढ्नुहोस
नवआगन्तुक प्रजिअ अधिकारीले पत्रकारसंग अन्तक्रिया
- wp_days_ago_v3(); ?>
- ३१ श्रावण २०७४, मंगलवार
म्याग्दी, ३१ साउन । म्याग्दीमा नवआगन्तुक प्रजिअ कृष्णप्रसाद अधिकारीले म्याग्दी क्रियाशिल पत्रकारसंग भेटघाट गर्नुभएको छ। सरुवा भएर म्याग्दी आउनुभएका प्रजिअ अधिकारीले जिल्लाको गतिविधि जानकारी लिन पत्रकारसंग मंगलबार भेटघाट गर्नुभएको हो । जिल्लाको भौगोलिक बनावट अनुसार रहेर प्रशासनको क्षेत्र भित्रको अधिकार प्रयोग गरि जनताको सेवा गर्ने प्रजिअ अधिकारीले प्रतिबद्धता जनाउनुभएको थियो... पुरा पढ्नुहोस
गलेश्वरमा तेह् लाख रुपैया भेटि संकलन
- wp_days_ago_v3(); ?>
- ३१ श्रावण २०७४, मंगलवार
म्याग्दी ३१ साउन । बेनी नगरपालीका ९ स्थित गलेश्वर मन्दिरमा पछिल्लो एक महिनामै तेह् लाख रुपैया भन्दा बढी भेटि संकलन भएको छ ।साउन महिनाको सोमबारका दिन पारेर मन्दिरमा पुजाआजा र दर्शनका लागि आएका भक्तजनले १३ लाख सात हजार ५२७ रुपैया भेटि चढाएका हुन् । यस वर्षको साउन महिनामा पाँच वटा... पुरा पढ्नुहोस