यूएईमा भएका म्याग्देलिले तराईका बाढीपीडितलाई जुटाए राहत

  • ७ भाद्र २०७४, बुधबार
  • 2036 पटक पढिएको

म्याग्दी,७भदौँ । रोजगारको शिलशिलामा युएईमा रहेका म्याग्देलीले तराईका वाढीपिडितलाई एकलाख पचासहजार रुपैँया संकलन गरेका छन् । युएईमा रहेका म्याग्देलिहरुको पहलमा संकलन भएको रकम मोना यूएईका सदस्य अर्जुन केसीले परोपकारी संस्था ओमकुमारी शान्तिकोषलाई हस्तान्तरण गरेका हुन् ।


ओमकुमारी शान्तिकोषले बाढीका कारण घरबार विहिन भएका बाँके बैजापुरका वाढीपिडितलाई सो रकम बराबरको जिन्सि सामाग्री खरिद गरि बाढीपीडितलाई हस्तान्तरण गर्ने कोषले जनाएको छ । मोना यूएईका अध्यक्ष प्रकाश कार्कीले हालैमात्र तराईमा बाढीकारण विस्तापित भएका परिवारलाई नेपालीको राहत तथा पुर्नस्थापना संस्था मार्फत गरिएको आर्थिक संकलन अभियानमा सहयोग गर्ने नेपालीलाई धन्यबाद दिएका थिए ।


संकलन भएको आर्थिक तथा जिन्सि केहीदिनमा पीडितको घरमै पुगेर राहत हस्तान्तरण गर्ने अध्यक्ष राजेश शाक्यले बताए । बाढीपिडितलाई ४ लाख बराबरको जिन्सि सामाग्री सहयोग गरिने कोषले जनाएको छ ।