म्याग्दी समाचार

आजदेखि रेडियो चौरजहारी स्थापनाको दोस्रो वर्षमा प्रवेश

रुकुम, २ बैशाख । रुकुमको पश्चिमक्षेत्र चौरजहारीनगरपालिकामा संचालित रेडियो चौरजहारी ९४.८ मेगाहर्ज आजदेखि दोस्रो वर्षमा प्रवेश गरेको छ । २०७३ साल बैशाख २ गतेबाट प्रसारण आरम्भ गरेको रेडियो चौरजहारी यस क्षेत्रमा सौर्यउर्जाबाट प्रशारण हुने पहिलो रेडियो स्टेशन हो । साझा मनको सम्पुर्ण आवाज भन्ने मुल नाराका साथ संचालित रेडियो चौरजहारी... पुरा पढ्नुहोस

शिख माविको भवन उद्घाटन

म्याग्दी, १ बैशाख । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ शिखमा अवस्थित शिख माविको नवनिर्मित भवनको शुक्रबार उद्घाटन गरिएको छ । जिल्ला शिक्षा कार्यालय म्याग्दीको ३२ लाख, सांसद् विकास कोष मार्फत दश लाख, साविकको शिख गाविसबाट साढे ८ लाख रुपैयाँ र शिखबासीबाट करिब एक करोड भन्दा बढी आर्थिक सहयोग गरि जम्मा एक करोड... पुरा पढ्नुहोस

कराते संघद्धारा बालगृहलाई खाद्यान्न सहयोग

म्याग्दी, १ बैशाख । नेपाल सितेरीयो कराँते संघ म्याग्दीले नयाँ वर्ष २०७४ को अवसरमा शुक्रबार बेनीमा प्रभातफेरीका साथै बालगृहलाई खाद्यान्न सहयोग गरेको छ । जिल्ला प्रशासन कार्यालय अगाडीको चोकबाट सुरु भएको कराँते खेलाडीहरुको ¥यालीले बजार परिक्रमा गरि बालमन्दिर चोक स्थित म्याग्दी बालगृहमा पुगेर समापन भएको थियो । र्‍यालीपछि संघले नेपाल बालसंगठनद्धारा... पुरा पढ्नुहोस

आर्थिक सम्बृद्धीका लागि राजनितिक स्थिरतामा जोड

बेनी, १ बैशाख । नेपाल उद्योग वाणिज्य महासंघका नवनिर्वाचित केन्द्रिय उपाध्यक्ष प्रमोद श्रेष्ठ, प्रदेश सदस्य निर्माणकुमार श्रेष्ठ र वाणिज्य मन्त्रालय अन्तगतको निकासी प्रर्वद्धन केन्द्रको सदस्यमा मनोनित दिपेन्द्रकुमार श्रेष्ठलाई शुक्रबार बेनीमा सम्मान गरिएको छ । म्याग्दी उद्योग वाणिज्य संघले आयोजना गरेको कार्यक्रममा श्रेष्ठत्रयलाई सम्मान, बधाईका साथै नव वर्ष २०७४ को अवसरमा... पुरा पढ्नुहोस

एभर ग्रीन युथ क्लबद्धारा गलेश्वर बृद्धाश्रमका ४० जनालाई भोजन

बैशाख, १ बेनी । एभर ग्रीन युथ क्लव बेनिले शुक्रबार बेनि नगरपालिका अन्तरगत गलेश्वरमा रहेको बृद्ध आश्रमका ४० जना बृद्धबृद्धालाई नव बर्षको अवसर पारि भोजन गराएको छ । सामाजिक कार्यमा कार्य गर्दै आएको क्लवले क्लवका पधअधिकारीको उपस्थिमा बृद्धाश्रममा रहेका बृद्धाबृद्धीलाई भोजन गराएकोे हो । गत बर्ष देखी क्लवले एक रुपैयाँको अभियान... पुरा पढ्नुहोस

मंगलाघाटमा रक्तदान

म्याग्दी, १ बैशाख । बेनीको मंगलाघाटमा शुक्रबार रक्तदान कार्यक्रम सम्पन्न भएको छ । नयाँ वर्ष २०७४ को अवसर पारेर मंगलाघाटको वौद्ध युवा कल्वले रक्तदान कार्यक्रम आयोजना गरेको हो । नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा म्याग्दीद्धारा सञ्चालित रक्तसञ्चार गृहको प्राबिधिक सहयोगमा आयोजित कार्यक्रममा २७ जनाले रक्तदान गरेका छन् । कल्वका अध्यक्ष... पुरा पढ्नुहोस

औलाको नवज्योती युवा कल्वको अधिवेशन सम्पन्न

म्याग्दी, १ बैशाख । अन्नपूर्ण गाउँपालीका ७ हिस्तान औलामा रहेको नवज्योती युवा कल्वको नवौ अधिवेशन तथा नव वर्ष २०७४ को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम शुक्रबार सम्पन्न भएको छ । अधिवेशनबाट बिमल फगामीको अध्यक्षतामा १५ सदस्यीय कार्यसमिति सर्वसम्मत रुपमा चयन भएको छ । कल्वको महिला उपाध्यक्षमा टकमाया पुर्जा, खेलकुद उपाध्यक्षमा प्रेमबहादुर... पुरा पढ्नुहोस

बहराईनमा ओम कुमारी शान्ति कोषलाई सहयोग जुट्दै

म्याग्दी १, बैशाख । परोपकारी संस्था ओमकुमारी शान्ति कोषको डेढ करोडको अक्षय कोष स्थापना गर्ने अभियानका लागि बहराईनमा सहयोग जुट्न थालेको छ । म्याग्दी समाज बहराईनको विशेष कार्यक्रममा सहभागी हुनका लागि ओमकुमारी शान्ति कोषका संस्थापक अध्यक्ष चन्द्रकुमार केसी, अध्यक्ष राजेश शाक्य र सचिव लोकेश पुनको टोलि बहराईनमा पुगेको छ ।... पुरा पढ्नुहोस

म्याग्दी काली एफ एमको आठौ वार्षिक उत्सव

म्याग्दी, १ बैशाख ।  म्याग्दीकाली एफ एम ८८.२ मेगाहर्जले शुक्रबार विभिन्न कार्यक्रमको आयोजना गरेर आठौ वार्षिक उत्सव मनाएको छ । म्याग्दी काली सञ्चार सहकारी संस्था अन्तरगत सञ्चालीत एफएमले बेनी नगरपालीका ४ डाँडाखेतको बालमन्दिर आधारभुत विद्यालयलाई आर्थिक सहयोग गरेको छ । गत फागनु २५ गते विद्युत सर्ट भएर आगलागि हुँदा ध्वस्त... पुरा पढ्नुहोस

बेनपा १ मा माओवादीको चुनाव प्रचारप्रसार समिति

म्याग्दी, १ बैशाख । बेनी नगरपालीका १ मा सेते किसानको अध्यक्षतामा १०१ सदस्यीय नेकपा माओवादी केन्द्रको चुनाव प्रचारप्रसार समिति गठन भएको छ । नेकपा माओवादी केन्द्रका केन्द्रिय महाधिवेशन आयोजक समिति सदस्य चन्द्रबहादुर घिमीरे र सल्लाहकार कृष्णबहादुर थापाको उपस्थितीमा भएको भेलाले गठन गरेको समितिको उपाध्यक्षमा शेरबहादुर थापा, सचिवमा तुलप्रसाद श्रेष्ठ र... पुरा पढ्नुहोस