विधुत कार्यालय हुदै कालीपुल जाने बाटो क्याम्पसचोक टोल सुधार समितिद्धारा सरसफाई

  • ७ आश्विन २०७४, शनिबार
  • 2479 पटक पढिएको

म्याग्दी, ७असोज । हिन्दुहरुको महान चाडपर्वहरुको नजिएसंगै सदरमुकाम देखि गाउँसम्म घर तथा बाटो सरसफाईले तिव्रता पाएको छ । सदरमुकाम बेनी देखि विधुत कार्यालय हँदै कालिपुलको पक्की पुल जाने बाटो गणेशटोल र क्याम्पसचोक टोलसुधार समितिले शनिबार सरसफाई गरेको छ ।


चाडपर्वलाई लक्षित गरेर दैनिक उपभोग्य सामानहरु किन्न आउने सर्वसाधारण तथा विविध कामले पर्वत बेनी जाने मुख्यबाटो रहेको विधुत कार्यालय मुनि हुँदै जाने बाटो क्याम्पचोक टोलसुधार समितिले सरसफाई गरेको छ।


क्याम्पसचोक टोल सुधार समितिले नियमित रुपमा उक्त बाटो सरसफाई गर्दै आएको छ । सरसफाईदेखि टोलभित्र आएको अन्य समस्याहरुलाई समाधान गर्न सक्रिय रुपमा टोल सुधार समितिले गर्दै आएको समितिका अध्यक्ष ठाकुरप्रसाद शर्माले बताउनुभयो ।