म्याग्दी समाचार
बालदिवसको अवसरमा बाल लोकगित प्रतियोगिता आयोजना गरिने
- 8 बर्ष, 1 महिना अगाडि
- २७ श्रावण २०७४, शुक्रबार
म्याग्दी, २७ साउन ।जिल्ला बाल सञ्जाल म्याग्दीले यस वर्षको राष्ट्रिय बाल दिवसको अवसरमा बाल लोकगित प्रतियोगिताको आयोजना गर्ने भएको छ । सञ्चालको शुक्रबार बेनीमा बसेको बैठकले बालअधिकारको बारेमा सन्देश प्रवाहका साथै बालबालिकाको हक हितका लागि बनेका ऐन नियमको कार्यान्वयन, बालश्रम, बालबिवाहको बिरुद्धमा सचेतीकरण गर्ने उद्देश्यले प्रतियोगिताको आयोजना गर्ने निर्णय गरेको... पुरा पढ्नुहोस
लागू औषध दूब्र्यसनी बिरुद्ध रत्नेचौरमा जनचेतनामुलक कार्यक्रम
- 8 बर्ष, 1 महिना अगाडि
- २७ श्रावण २०७४, शुक्रबार
म्याग्दी, २७ साउन । बेनी नगरपालीका १ रत्नेचौरको अर्जममा शुक्रबार लागू औषध दूव्र्यसनी बिरुद्ध जनचेतनामुलक कार्यक्रम सम्पन्न भएको छ । जिल्ला प्रहरी कार्यालय म्याग्दीको आयोजनामा सुरक्षा अधिकारी, जनप्रतिनिधि, शिक्षक, विद्यार्थी र अभिभावकहरुबीच दूव्र्यसनी नियन्त्रण सम्बन्धि छलफल भएको थियो । कार्यक्रममा बेनपा १ र २ का जनप्रतिनिधि, भानु मावी, रामचन्द्र मावि र... पुरा पढ्नुहोस
नदीले पुल बगाएपछि सिंकोसबगराका विद्यार्थीहरु विद्यालय जानबाट बञ्चित
- 8 बर्ष, 1 महिना अगाडि
- २७ श्रावण २०७४, शुक्रबार
म्याग्दी, २७ साउन । म्याग्दीको धौलागिरि गाउँपालिका–४ बगरा र सिंकोस बगरा गाउँको बिचमा पर्नेे म्याग्दी नदीमा रहेको झोलुङ्गे पुल बगाएपछि विद्यार्थीहरु विद्यालय जानबाट बञ्चितमा परेका छन् । तीन दिन अगाडी अबिरल बर्षापछि म्याग्दी नदीमा आएको बाढीले बगरा र सिंकोसबगरा गाउँ वारपार गर्न म्याग्दी नदीमा बनाईएको झोलुङ्गे पुल बगाएको थियो ।... पुरा पढ्नुहोस
कर्जा मिनाहा र कल्याणकारी सुविधा वितरण
- 8 बर्ष, 1 महिना अगाडि
- २७ श्रावण २०७४, शुक्रबार
म्याग्दी, २७ साउन । राष्ट्रिय शैक्षिक तथा सामाजिक विकास संस्था (नेष्डो)को बेनी शाखाले जलजला गाउँपालीका ७ गुण्टेखेतका एक सेवाग्राहीको कर्जा मिनाहका साथै कल्याणकारी सुबिधा वापतको रकम उपलब्ध गराएको छ । गुण्टेखेत सम्बृद्ध ब्यवसायीक केन्द्रमा आवद्ध दिवंगत सदस्य धनसरी दर्जीले संस्थाबाट लिएको तिर्नबाँकी ४३ हजार ९८५ रुपैया कर्जा मिनाह गरी किरीया... पुरा पढ्नुहोस
बेनी –जोमसोम सडकखण्ड अन्र्तगत घोप्टे भिरबाट खसेको ढुंगा लागेर एक जना पर्यटकको मृत्यु
- 8 बर्ष, 1 महिना अगाडि
- २७ श्रावण २०७४, शुक्रबार
म्याग्दी, २७ साउन । बेनी–जोमसोम सडकखण्ड अन्र्तगत म्याग्दी र मुस्ताङको सिमाक्षेत्रमा पर्ने घोप्टेभिरबाट खसेको ढुंगा लागेर एक जना पर्यटकको मृत्यु भएको छ । मुस्ताङ भम्रण सकेर बेनीतर्फ फर्कदै गर्दा धासाङ गाउँपालिका–४बाट अगाडी बढ्दै गर्दा २२ बर्षिय पासपोर्ट नम्बर ५१७७४९८४८ भएकी बेलायती नागरिक करलोट् कम्मा कथरिना फुलरटनको ज्यान गएको घाँसा प्रहरी... पुरा पढ्नुहोस
पहिरोले घोरेटो बाटो बगाएपछि मल्कबाङ्गबासी समस्यामा
- 8 बर्ष, 1 महिना अगाडि
- २७ श्रावण २०७४, शुक्रबार
म्याग्दी, २७ साउन । पहिरोले घोरेटो बाटो बगाएपछि म्याग्दीको धौलागिरी गाउँपालीका ५ मल्कबाङ्गका बासिन्दा समस्यामा परेका छन् ।धौलागिरी गाउँपालीका ६ मराङको कोट भन्ने ठाउँमा गत बिहीबार खसेको पहिरोले मराङ हुदै ममल्कबाङ्ग जाने घोरेटो बाटो बगाएको थियो । भिरमा करिब पाँच सय मिटर घोरेटो बाटो पहिरोले बगाएपछि आवत जावत गर्न समस्या... पुरा पढ्नुहोस
दिवंगत केसीको १३ औँ पुन्य तिथिमा माओवादी केन्द्रद्धारा श्रद्धान्जली सभा
- 8 बर्ष, 1 महिना अगाडि
- २६ श्रावण २०७४, बिहीबार
म्याग्दी, २६ । नेकपा माओवादी केन्द्र म्याग्दीले पार्टीका दिवंगत नेता कमल केसीको १३ औँ दिनको पुन्य तिथिको दिन विहिवार श्रद्धान्जली सभा गरेको छ । बेनी नगरपालिका ४ तातोपानीमा पार्टीले दिवंगत केसीको स्मृतिमा आयोजना गरेको श्रद्धान्जली सभामा सहभागिहरले दिवंगत केसीको आत्माको चिरशान्तिको कामना गर्दै शोकसन्तव्य परिवारजनमा धर्यधारण गर्ने शक्ति प्राप्तीको कामना... पुरा पढ्नुहोस
सेवा केन्द्रबाट पशुपंक्षीको औषधी उपचारको व्यवस्था मिलाउन कृषकको माग
- 8 बर्ष, 1 महिना अगाडि
- २६ श्रावण २०७४, बिहीबार
म्याग्दी २६ साउन । म्याग्दीको मंगला गाउँपालीका कृषकहरुले पशु सेवा केन्द्रबाट पशुपक्षीको औषधी उपचारको सेवा उपलब्ध गराउन माग गरेका छन् । जिल्ला पशु सेवा कार्यालय म्याग्दीले बिहीबार बाबियाचौरमा आयोजना गरेको कृषक समूहका प्रतिनिधिहरुसंगको अन्तरक्रियामा सहभागी कृषकहरुले यस्तो बताएका हुन् । सेवा केन्द्रबाट औषधी उपचार सेवा उपलब्ध नहुँदा कृषक समस्यामा परेको... पुरा पढ्नुहोस
मंगला र मालीका गाउँपालीकामा वास परियोजना सञ्चालन सम्बन्धि सम्झौता
- 8 बर्ष, 1 महिना अगाडि
- २६ श्रावण २०७४, बिहीबार
म्याग्दी २६ साउन । म्याग्दीको मंगला र मालीका गाउँपालीकामा सरसफाईमा पहुँच वृद्धी र आधारभुत खानेपानीको सुबिधा विस्तारका लागि पश्चिम नेपाल ग्रामिण खानेपानी तथा सरसफाई परियोजना सञ्चालन हुने भएको छ । यसअघि जिल्ला समन्वय समिति अन्तरगत सञ्चालित दोस्रो चरणको उक्त परियोजना राज्य पुनसंरचनासंगै मंगला र मालीका गाउँपालीकामा केन्द्रित भएको हो ।... पुरा पढ्नुहोस
मालिका गाउँपालिका केन्द्र दरवाङ बजार म्याग्दी खोलाको कटानबाट प्रभावित
- 8 बर्ष, 1 महिना अगाडि
- २६ श्रावण २०७४, बिहीबार
म्याग्दी, २६ साउन । म्याग्दीको मालिका गाउँपालिकाको केन्द्र दरवाङमा म्याग्दी खोलाले कटान गरेको छ । अबरिल बर्षाको कारण बुधवार राती खोलामा पानीको बाहव बढेपछि जनप्रिय माविको पुरानो भवन रहेको खेलकुद मैदानतर्फ कटान बढेको हो । म्याग्दी नदीको पानीको बहाबले बस्तीको छेउमा रहेको मैदानतर्फ कटानगरेपछि जोखिम बढेको मालिका गाउँपालिकाका प्रमु्ख... पुरा पढ्नुहोस