म्याग्दी समाचार

सुकुम्बासी परिवारलाई सहयोग

अथुङ्गे ३० भदौ । बेनपा ६ भरालेका सुकुम्बासी सिता बानियाको परिवारलाई स्थानीय अर्जुन शर्माले शनिबार तिस हजार रुपैया सहयोग गर्नुभएको छ । गरिबीका कारण श्रीमान तुलबहादुरले तिन वर्षअघि आत्महत्या गरेपछि तिन छोराछोरी हुर्काउन समस्या झेलेकी सितालाई मेघावान कन्ट्रक्सनका सञ्चालक शर्माले सहयोग अभियानका अगुवा तेजेन्द्र बानिया लगायतको उपस्थितीमा सहयोग रकम हस्तान्तरण... पुरा पढ्नुहोस

होटल तथा रेष्टुरेन्ट ब्यवसायी संघको नयाँ नेतृत्व

बेनी ३० भदौ । म्याग्दी होटल तथा रेष्टुरेन्ट ब्यवसायी संघ को शनिबार बेनीमा भएको नवौ साधारणसभा तथा चौथो अधिवेशनबाट तारानाथ आचार्य (बाबुराम)को अध्यक्षतामा नयाँ कार्य समिति चयन भएको छ ।समितिको उपाध्यक्षमा अनु पुन, सचिवमा सरोज थापा, कोषाध्यक्षमा सागर बरुवाल, सहसचिवमा सबिता शाही र सह–कोषाध्क्षमा अनुषा गौचन चयन हुनुभएको छ ।... पुरा पढ्नुहोस

म्याग्देली कलाकार बिल पुर्जाको मौलिक सालैजो गीत ‘भञ्ज्याङमा बस्दा’(भिडियो सहित)

म्याग्दी, ३० भदौ । म्याग्देली कलाकार बिल पुर्जा मगरको ‘भञ्ज्याङमा बस्दा’बोलको सालैजो गीत बजारमा आएको छ । अन्नपूर्ण गाउँपालिका–६ खिबाङमा घर भई हाल बेलायतमा बस्दै आएका पुर्जाको शब्द सिर्जनामा तयार गरिएको सो गीतलाई म्युजिक भिडियो सहित बजारमा ल्याईएको हो । मौलीक भाकाको सो गीतमा सुमधुर स्वरकी धनी गायिका गीता पाईजा... पुरा पढ्नुहोस

बाढी पीडितलाई गाउँपालिकाद्वारा राहत वितरण

म्याग्दी, ३० भदौँ । रघुगंगा गाउँपालिका– ८ कुईनेमंगलेका बाढी पीडितलाई गाउँपालिकाले राहत उपलब्ध गराएको छ । गाउँपालिकाले पुर्ण क्षतीलाई २५ हजार, आंशिक क्षेती १५ हजार, जोखिमयुक्त रहेर बसाई सरेका ७ घरपरिवारलाई नगद र बल्याङकेट र त्रिपाल उपलब्ध गराएको हो । गाउँपालिकाको विपत ब्यवस्थापन टोलीले प्रभावीत क्षेत्रको स्थलगत निरिक्षण र क्षत्ती... पुरा पढ्नुहोस

बाढीले विद्यालय भवन बगाएपछि पठनपाठन ठप्पः कुईनेमंगलेको जनजीवन प्रभावित

  म्याग्दी ३० भदौ । म्याग्दीको रघुगंगा गाउँपालिका ८ कुईनेमंगलेमा बाढीले विद्यालय भवन बगाएपछि पठनपाठन ठप्प भएको छ । रघुगंगा नदीमा आएको बाढीले सामुदायीक, स्वास्थ्य चौकी, झोलुङ्गे पुल, सडक, खेलमैदान, पैदलमार्ग, विद्युत मन्दिरमा क्षत्तीले कुईनेमंगलेको जनजीवन प्रभावित भएको हो । भदौ २७ गते बेलुकी धौलागिरी हिमालको फेदीमा पहिरोले रघुगंगा नदी... पुरा पढ्नुहोस

कर्मचारीले असहयोग गरे–मन्त्री पुन

बेनी ३० भदौ । गण्डकी प्रदेशको सामाजिक विकास मन्त्री नरदेवी पुनले प्रदेश सरकारसंग कर्मचारी नहुँदा काम गर्न समस्या भएको बताउनुभएको छ । बेनीमा शुक्रबार जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रको कार्यालय उद्घाटन गर्नुहुदै मन्त्री पुनले प्रदेश सरकारको मातहत कर्मचारी नभएको र भएका कर्मचारीहरुले असहयोग गर्दा काम गर्न अप्ठ्यारो परेको बताउनुभयो । कर्मचारीहरुले... पुरा पढ्नुहोस

ताकममा तिज मेला सम्पन्न

ताकम ३० भदौ । म्याग्दीको धवलागिरी गाउँपालिका ७ ताकममा हरितालीका तीज पर्वको अवसरमा शुक्रबार विबिध कार्यक्रम सम्पन्न भएको छ । परम्परागत कला र संस्कृतीको संरक्षण गर्ने उद्देश्यले धवलागिरी गाउँपालिकाको आर्थिक सहयोग र धौलागिरी जनयुवा क्लब ताकमको सहयोगमा तिज गित, महिला भलिबल, राधाकृष्ण नृत्य प्रर्दशन लगायतका कार्यक्रम गरिएको हो । तिज... पुरा पढ्नुहोस

मुस्ताङको कोवाङमा फालो पर्व सुरु

कोवाङ (मुस्ताङ¬) ३० भदौ । मुस्ताङको थाक ७ सय अन्तरगतको १३ गाउँ मुखिया थकाली समुदायको परम्परागत मौलीक पर्व कुमार यात्रा (फालो) शनिबारदेखि सुरु भएको छ । थकाली समुदायको उद्गम स्थल थासाङ गाउँपालीका २ कोवाङमा प्रत्येक वर्ष भाद्र महिनाको शुक्ल पक्ष अनुराधा नक्षत्रका दिनदेखि तिन दिनसम्म कुमारयात्रा पर्व मनाउने चलन छ... पुरा पढ्नुहोस

म्याग्दीमा बाल दिवस मनाईयो

बेनी २९ भदौ । राष्ट्रिय बाल दिवस २०७५ शुक्रबार म्याग्दीमा “सुखि नेपाली, सम्बृद्ध नेपाल, बाल अधिकार सबैको सरोकार भन्ने नाराका साथ” विभिन्न कार्यक्रमको आयोजना गरेर मनाइएको छ । शिक्षा विकास तथा समन्वय ईकाईको आयोजना र सिवीन नेपालको सहयोगमा बेनीको प्रकाश माविमा बालमैत्री विद्यालय शिर्षकमा चित्रकला प्रतियोगिता सम्पन्न भएको छ ।... पुरा पढ्नुहोस

मिडिया सोसाईटी म्याग्दीको अध्यक्षमा खत्री चयन

म्याग्दी, २९ भदौ । म्याग्दी मिडिया सोसाईटीको अध्यक्षमा पत्रकार कमल खत्री चयन हुनुभएको छ । सोसाईटीको शुक्रवार बेनीमा सम्पन्न प्रथम बार्षिक साधारण सभाबाट खत्री अध्यक्षमा चयन हुनुभएको हो । संस्थाका संस्थापक अध्यक्ष गोपाल छन्त्यालले वैदेशीक यात्राको क्रममा पदबाट राजीनामा दिएपछि रिक्त रहेको अध्यक्ष पदमा साधारण सभाबाट समृद्ध साप्ताहिक खवर पत्रिकाका... पुरा पढ्नुहोस