म्याग्दी समाचार

शीघ्र कुपोषणको एकीकृत व्यवस्थापन गर्न स्वास्थ्यकर्मीलाई तालिम

म्याग्दी, ८ वैशाख । पश्चिम म्याग्दीको मालिका गाउँपालिकाको दरबाङमा शुक्रबारदेखि स्वास्थ्यकर्मीहरुका लागि शीघ्र एकीकृत कुपोषण व्यवस्थापनसम्बन्धी तालिम सुरु भएको छ । जिल्ला स्वास्थ्य कार्यालय म्याग्दीको आयोजना, युएसआईडी सुआहारा कार्यक्रमको आर्थिक तथा प्राविधिक सहयोग र मिलन म्याग्दीको साझेदारीमा तालिम सञ्चालन गरिएको हो । शीघ्र र मध्यम कुपोषणको पहिचान गरी उपचार गर्ने... पुरा पढ्नुहोस

२८ औं स्थापना दिवसको अवसरमा शैक्षिक सामाग्री वितरण

म्याग्दी, ८ वैशाख । नेपाल निजामती कर्मचारी संगठनले शैक्षिक सामाग्री वितरण गरेर २८ औं स्थापना दिवस मनायको छ । बेनि नगरपालिका २ बगरफाँट रहेको सरस्वती आधाभूत विद्यालयमा अध्ययन गर्ने गरिव तथा विद्यालय क्षेत्र बाहिर रहेका ३ जना नयाँ विद्यार्थिलाई विद्यालयमा भर्न गराई पोसाक कपि कलाम वितरण गरि तथा अन्य विद्यार्थिलाई... पुरा पढ्नुहोस

म्याग्दी भ्रमण वर्षको तयारी तिब्र

बेनी, ७ बैशाख । पर्यटकीय सम्भावनाको पहिचान, उजागर र प्रवद्धन गर्ने उद्देश्यले मनाउन लागिएको म्याग्दी भ्रमण वर्ष २०७५ को तयारी तिब्र रुपमा अघि बढेको छ । म्याग्दी उद्योग वाणिज्य संघको अगुवाईमा मनाउन लागिएको भ्रमण वर्षको जिल्ला र स्थानीय तह स्तरमा भ्रमण वर्षको तयारीका विषयमा बिहीबारसरोकारवालाहरुबीच छलफल भएको छ । यही... पुरा पढ्नुहोस

पर्यटनकाे प्रभाबः चिया खाने ठाउँ ‘घोडेपानी’ बन्यो जिल्लाकै प्रमुख गन्तव्य (फोटो फिचर)

म्याग्दी, ६ वैशाख । करिब चार दशक अगाडीसम्म अहिलेको ‘घोडेपानी’ पोखरा हुँदै मुस्ताङ नुन ल्याउन जाने बाटोमा चिया खाने थलोको रुपमा चिनिन्थ्यो । पोखरादेखि उल्लेखरी हुँदै मुक्तिनाथको दर्शन र थाकखोलाको नुन ल्याउन जाने मानिसहरुले घोडेपानीमा गाइभैसीको गोठहरुमा राखिएका चिया पसलमा नास्ता खाने गर्थे । खिबाङका स्थानीयले गाई भैसी चराउनका लागि... पुरा पढ्नुहोस

कहिल्य हुन्छ म्याग्दीमा विद्युत ट्रिपीङको समाधान ?

म्याग्दी ६ बैशाख । म्याग्दी उद्योग वाणिज्य संघले विद्युत ट्रिपीङका कारण उत्पन्न अनियमित विद्युत आपुर्तीको समस्या समाधानका लागि नेपाल विद्युत प्राधिकरण बेनी वितरण केन्द्रसंग माग गरेको छ । संघका अध्यक्ष उत्तम कर्माचार्य, दितृय उपाध्यक्ष राजेश शाक्य, पुर्व अध्यक्ष कुबिर श्रेष्ठ लगायतको टोलीले बिहीबार केन्द्रका प्रमुख नेत्रमणी न्यौपानेलाई ध्यानाकर्षणपत्र बुझाउदै विगत... पुरा पढ्नुहोस

म्याग्दीमा पर्यटक र लगानी भित्र्याउन आग्रह

बेनी ६ बैशाख । म्याग्दी उद्योग वाणिज्य संघले झापाका उद्योगी ब्यवसायीहरुलाई म्याग्दीमा पर्यटक र लगानी भित्र्याउनका लागि सघाउन आग्रह गरेको छ । लगानीको वातावरणको अवस्थाको विषयमा अध्ययनका लागि म्याग्दी आएको दमक उद्योग वाणिज्य संघको टोलीसंग बेनीमा बिहीबार भएको अन्तरक्रियामा म्याग्दीको जलविद्युत क्षेत्रमा लगानी र आन्तरीक पर्यटक भित्र्याउन प्रस्ताव गरिएको हो... पुरा पढ्नुहोस

मन्त्री थापाद्धारा बेगकी चोचाङ्गीलाई विद्यालय भर्ना

म्याग्दी ६ बैशाख । महिला बालबालिका तथा समाजकल्याण मन्त्री थममाया थापाले रघुगंगा गाउँपालिका १ बेगकी ४ वर्षिया बालिकाको अभिभाकत्व ग्रहण गर्दै विद्यालय भर्ना गर्नुभएको छ । बेगखोला निवासी तिलचन्द्र र शान्ति चोचाङ्गीका ४ वर्षिया छोरी सपनालाई महादेव मावि बेगमा भर्ना गराउनुभएको मन्त्री थापाको सचिवालयले जनाएको छ । सचिवालयका अनुसार मन्त्री... पुरा पढ्नुहोस

लायन्स क्लबको अधिबेशन : रोकाको पक्षमा खुले अधिकांश क्लब र लिडरहरु

पोखरा, ६ वैशाख । लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ बि १ नेपालको छैटौं अधिवेशन मिति नजिकिएसँगै प्रतिस्पर्धीहरुले चुनावी अभियानलाई तिब्र बनाएका छन् । वैशाख ७ र ८ गते पोखराको सभागृहमा अधिवेशन हुँदैछ । अधिवेशनमा द्वितीय गभर्नरमा उम्मेदवारी दिएका डिष्ट्रिक्टका बर्तमान चिफ एडभाइजर मन बहादुर रोकाको पक्षमा पोखराका अधिकांश क्लब तथा... पुरा पढ्नुहोस

छात्रवृत्तीका लागि तिन लाख रुपैयाको अक्षयकोष स्थापना

म्याग्दी ६ बैशाख । बेनी नगरपालिका १ अर्जमका एक परिवारले दिवंगत आफन्तको स्मृतीमा तिन लाख रुपैयाको छात्रवृत्ती अक्षयकोष स्थापना गरेका छन् । अर्जमका मानबहादुर र चन्द्रकली थापामगर तथा उहाँका भाई ईन्द्र एलजि र लक्ष्मी थापाले बेनीको प्रकाश मा.विमा हजुरबुवा स्व बिच्चाराम थापामगरको स्मृतीमा तिन लाख १११ रुपैयाको अक्षयकोष स्थापना गर्नुभएको... पुरा पढ्नुहोस

घुमाउने तालमा खेलकुद एवम् सास्कृतिक मेला सुरु

  म्याग्दी, ५ वैशाख । म्याग्दीको रघुगंगा गाउँपालिका–३ घुमाउनेताल स्थित कालिगण्डकी रिसोर्टमा नयाँ बर्षको अवसरमा आयोजित विविध खेलकुद एवम साँस्कृतिक मेला बुधबार देखि सुरु भएको छ । गायत्री संगम युवा क्लब घुमाउनेतालको आयोजनामा यही बैशाख ४ गतेदेखि ८ गतेसम्म हुन लागेको विविध खेलकुद एवम् साँस्कृतिक मेलालाई रघुगंगा गाउँपालिका अध्यक्ष भवबहादुर... पुरा पढ्नुहोस