बृद्धभत्ता नपाएपछि दशैं खल्लो : सुविधाका नाममा सास्तीभएको ज्येष्ठ नागरिकहरुको गुनासो

  • ६ कार्तिक २०७५, मंगलवार
  • धु्रबसागर शर्मा
  • 1917 पटक पढिएको

म्याग्दी, ६ कात्तिक । म्याग्दीका जेष्ठ नागरिकहरुले सामाजिक सुरक्षा भत्ता बुझ्न बैंकसम्म जान नसकेपछि खर्चको अभावमा दशैं खल्लो बनेको बताएका छन् ।
सामाजिक सुरक्षा भत्ता बैंकमार्फत वितरण गर्ने झन्झटिलो प्रक्रियाका कारण जेष्ठ नागरिक र असक्तहरुले बैंकसम्म प’गेर भत्ता बुझ्न नसक्दा खर्चको अभावमा दशैं खल्लो बनेको प्यारालाइसेसबाट ग्रस्त बेनपा २ का ७४ वर्षिय डम्मरवहादुर कार्कीले बताउन’भयो ।


सरकारले चौमासिकरुपमा जेष्ठ नागरिक,एकल महिला र दलित जेष्ठ नागरिकलाई वितरण गर्ने सामाजिक सुरक्षा भत्ता बुझ्न बैंकको शाखासम्म पुग्न नसक्दा उनीहरुले चाडबाडको समयमा पनि खर्च विहीन ह’न’परेको ग’नासो गरेका छन् ।
बेनपा २ भक’ण्डेका डम्मरवहादुर कार्कीले सामाजिक स’रक्षा भत्ता वडाबाट नै वितरण गर्न कैयौं पटक सम्वन्धित निकायका प्रमुखहरुसंग अनुरोध गरेपनि वेवास्ता गरेका गुनासो गर्नभयो ।
साविकका गाविस सचिवहरुले भत्ता वितरणमा वदमासी गरेको,पारदर्शिता नपनाएको कारण देखाउँदै सरकारले बैंकमार्फत सामाजिक सरक्षा भत्ता वितरण गर्ने नीति लिएको थियो । सरकारको यो नीतिले सुविधाका नाममा जेष्ठ नागरिकहरुलाई सास्ती भएकोले जनप्रतिनिधिहरुले आआफ्नो वडाकार्यालयबाट नै भत्ता वितरण गर्ने व्यवस्था मिलाउनुपर्ने जेष्ठ नागरिक सेवा समाज म्याग्दीका अध्यक्ष नैनकुमार श्रेष्ठले बताउनुभयो ।

धु्रबसागर शर्मा