भिरबाट लडेर मृत्यु

  • ५ कार्तिक २०७५, सोमबार
  • 1209 पटक पढिएको

 

म्याग्दी ५ कात्तिक । म्याग्दीको रघुगंगा गाउँपालिका ६ कोटगाउँमा भिरबाट लडेर एक महिलाको मृत्यु भएको छ ।

शनिवबार कोटगाउँ नजिकैको ढाडेगौडाको भिरबाट लडेर अन्नपूर्ण गाउँपालिका ७ दोसल्लेकी २६ वर्षीय सुष्मा पुनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।

घरबाट श्रीमान् र छोरी सहित कोटगाउँ स्थित माइतीघर जादै गरेकी पुनको बाटोबाट डेढ सय मिटर तल खसेर ज्यान गएको प्रहरी नायव उपरीक्षक बिरबहादुर बुढाले बताए ।

बिहीबार राती भिरबाट खसेकी पुनको शव शुक्रबार बेनी अस्पतालमा ल्याइ परिक्षण गरेर शनिबार आफन्तको जिम्मा लगाइएको प्रनाउ बुढाले बताए ।