म्याग्दी समाचार

छात्रा फुटवलको उपाधी माउण्ट एभरेष्टलाई

बेनी, २८ म्याग्दी । बेनीमा सम्पन्न दोस्रो छात्रा फुटवल रनिङ शिल्डको उपाधी माउण्ट एभरेष्ट आवसिय मावि बेनीले जितेको छ । तिजको अवसरमा जिल्ला खेलकुद विकास समिति म्याग्दीले आयोजना गरेको अन्तर माध्यमिक विद्यालय स्तरीय प्रतियोगिताको बुधवार भएको फाईनलमा गलेश्वर आर्दश माविलाई शुन्यका विरुद्ध दुई गोलले पराजित गर्दै उमाउण्टले उपाधी जितेको हो... पुरा पढ्नुहोस

बलात्कारमा संलग्नलाई कारबाहीको माग

बेनी २४ भदौ । बेनीमा महिलाहरुको नेतृत्व र व्यवस्थापनमा सञ्चालित दिदीबहिनी बचत तथा ऋण सहकारी संस्थाले बलात्कारका घटनामा संलग्न दोषी पहिचान गरी कारबाहीको माग गरेको छ । सहकारीका अध्यक्ष ज्योती लामीछाने पौडेलको नेतृत्वमा आईतबार जिल्ला प्रशासन कार्यालय मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र पठाइएको हो । अध्यक्ष पौडेलले सहायक प्रजिअ राजेन्द्र शर्मालाई ज्ञापनपत्र... पुरा पढ्नुहोस

सुरेशको उपचारका लागि इराकबाट एक लाख सहयोग

बेनी २४ भदौ । मंगला गाउँपालिका ५ नेटाका मृगौला पिडित सुरेश छन्त्यालको उपचारका लागि इराकबाट आईतबार एक लाख रुपैया आर्थिक सहयोग प्राप्त भएको छ । १९ वर्षिय छन्त्यालका परिवारको कमजोर आर्थिक अवस्थाका कारण उपचारमा समस्या भएपछि परोपकारी संस्था ओमकुमारी शान्ति कोषले भदौ ५ गतेदेखि सुरेश बचाउ अभियान सञ्चालन गरेको थियो... पुरा पढ्नुहोस

बेनीमा दुई सय बर्ष पुरानो ‘बर्खे नाच’को रौनकता (भिडियो सहित)

बेनी, २४ भदौ म्याग्दीः कालिगण्डकी र म्याग्दी नदीको दोभानमा रहेको बेनी बजारमा यतिबेला बर्खे नाचको रौनकता छाएको छ । बेनी बजारमा बस्ती बसेदेखी नै बर्खेनाच सुरु भएको मानिन्छ । खासगरि बेनीमा बसोबास गर्ने नेवार समुदायको अगुवाईमा यो नाचले निरन्तरता पाउँदै आएको छ । घण्टाकर्ण चर्तुदर्शी देखी हरितालीका तिजको दिनसम्म विभिन्न... पुरा पढ्नुहोस

छिसबाङमा तीज बिशेष कार्यक्रम

म्याग्दीको मंगला गाउँपालिका–५ छिसबाङ विहिमा तीज बिशेष कार्यक्रम गरिएको छ । सहयोगी आमा समुहको आयोजनामा दरखाने, नाचगान गर्ने तिज बिशेष कार्यक्रम सम्पन्न गरिएको हो । कार्यक्रममा स्थानीयबासीले आपसी रुपमा तीजको शुभकामना आदान प्रदान सहित साँगेतिक माहोलमा दर खाएर तीज मनाएका थिए । पुरा पढ्नुहोस

तातोपानी कुण्डको आम्दानी दोब्बरले बढ्यो

म्याग्दी २२ भदौ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका २ स्थित पर्यटकीय स्थल भुरुङ्ग तातोपानी कुण्डको आम्दानी दोब्बरले वृद्धी भएको छ । स्थानीय तहले प्रतिस्पर्धा मार्फत कुण्ड सञ्चालन गर्न थालेपछि आम्दानी बढेको हो । कुण्डबाट गत आर्थिक वर्ष २०७४÷७५ मा गाउँपालिकालाई २५ लाख १७ हजार रुपैया आम्दानी भएको थियो । चालु आर्थिक... पुरा पढ्नुहोस

मिर्गौला पिडित ताकमका सुनारद्धारा सहयोगको अपिल

म्याग्दी, २४ भदौ । म्याग्दीको धौलागिरि गाउँपालिका–७ ताकमका मिर्गौला पिडित थमबहादुर सुनारले आफ्नो उपचारमा सहयोग गर्न अपिल गर्नुभएको छ । दुबै मिर्गौलाले काम नगर्ने भएपछि डायलाइसीस गर्दै आउनुभएका सुनारले उपचार गर्न परिवारको आर्थिक अबस्थाले नथेकेपछि सहयोग गर्न आह्वान गर्नुभएको हो । बिगत ४ बर्षदेखि मिर्गौला पिडित भई उपचाररत ३० बर्षिय... पुरा पढ्नुहोस

बेनी–जोमसोमको म्याग्दी खण्डमा तीन मोटरेबल पुलनिर्माण शुरु

म्याग्दी, २४ भदौ ।  बेनी–जोमसोम सडकको म्याग्दीखण्डमा तीन वटा मोटरेबल पुलनिर्माण शुरु भएको छ । बेनपा ९ र रघुगङ्गा ३ को सिमानामा रहेको रघुगङ्गा, अन्नपूर्ण गाउँपालिका १ र ७ को सिमाना महभिर तथा अन्नपूर्ण गाउँपालिका २ र ६ को सिमाना पोखरेबगरस्थित कालीगण्डकी नदीमाथि पक्की मोटरेबल पुलनिर्माण शुरु भएको हो ।... पुरा पढ्नुहोस

मुक्तिनाथ सहकारीको अध्यक्षमा गौतम चयन

बेनी २३ भदौ । बेनीमा रहेको मुक्तिनाथ बहुउद्देश्यिय सहकारी संस्था लिमिटेडको शनिबार सम्पन्न ११ औ वार्षिक साधारणसभा एवं छैटौ अधिवेशनबाट लिलाराम गौतमको अध्यक्षतामा ११ सदस्यीय सञ्चालक समिति चयन भएको छ । समितिको उपाध्यक्षमा दण्डपाण्ी सापकोटा, सचिवमा दण्डपाणी पराजुली, कोषाध्यक्षमा चिरञ्जिवी बोगटी र सहसचिवमा भावना पौडेल निर्वाचित हुनुभएको छ । देवी... पुरा पढ्नुहोस

मौवाफाँटमा तीज गीत प्रतियोगिता सम्पन्न

म्याग्दी, २३ भदौ । म्याग्दीको रघुगंगा गाउँपालिका–३ मौवाफाँटमा रहेको पवित्र आमा समुहको आयोजनामा शनीवार तीज गीत प्रतियोगिता सम्पन्न भएको छ । हरितालीका तीज पर्वको अवसरमा आयोजित प्रतियोगितामा मिलनचोक आमा समुह प्रथम, द्धितिय उदा आमा समुह पिप्ले र फुलवारी आमा समुह तितृय भएका छन् भने ज्ञानोदय मावि सान्त्वना हुन सफल भएका... पुरा पढ्नुहोस