म्याग्दी समाचार
प्रेश यूनियनको अध्यक्षमा राकेश शर्मा
- 7 बर्ष, 3 महिना अगाडि
- १४ आश्विन २०७५, आईतवार
म्याग्दी, १४ असोज । नेपाल प्रेस युनियन जिल्ला शाखा म्याग्दीको सातौं साधारणसभा तथा पाँचौं अधिवेशनबाट अध्यक्षमा राकेश शर्मा निर्वाचित भएका छन् । आइतबार बेनीमा सम्पन्न भएको अधिवेशनबाट उपाध्यक्षमा अंकित पुन, रञ्जना श्रेष्ठ, सचिव साधन राम्जाली, सहसचिव सावीत्री सुबेदी, कोषाध्यक्ष सुरेन गुरूङ रहेका छन् । त्यसैगरी सदस्यहरूमा अमित गर्बुजा, शुसिल कुमार... पुरा पढ्नुहोस
विद्यार्थी पुनको उपचारका लागि लायन्स दोभानको सक्रियतामा २० हजार सहयोग
- 7 बर्ष, 3 महिना अगाडि
- १४ आश्विन २०७५, आईतवार
म्याग्दी, १४ असोज । बेनीस्थित प्रकाश माध्यमिक विद्यालयको ११ मा अध्ययरत सविन पुनको उपचारका लागि लायन्स क्लव अफ म्याग्दी दोभानको सक्रियतामा २० हजार १०० रुपैया संकलन गरि सहयोग गरिएको छ । फुटवल अभ्यासका क्रममा अचानक विरामी भएका धौलागिरि गाउँपालिका– ३ मुना घर भएका पुनको उपचारका लागि सो सहयोग गरिएको हो... पुरा पढ्नुहोस
प्रेसमाथिको अंकुशले लोकतन्त्र कमजोर : काँग्रेस नेता केसी
- 7 बर्ष, 3 महिना अगाडि
- १४ आश्विन २०७५, आईतवार
बेनी, १४ असोज । नेपाली काँग्रेसका केन्द्रिय सदस्य अर्जुननरसिंह केसीले प्रेसमाथिको हस्तक्षेपले लोकतन्त्र नै खतरामा परेको बताएका छन् । नेपाल प्रेस युनियन म्याग्दीको सातौँ साधारण सभा तथा पाँचौ अधिबेशनको आईतवार बेनीमा उद्घाटन गर्दै नेता केसीले सो कुरा बताएका हुन् । वर्तमान सरकारले सामाजिक सञ्जाल नियन्त्रणको नाममा प्रेसमाथि नै अंकुश लगाउने... पुरा पढ्नुहोस
सामुहिक कुखुरा पालनबाट आयआर्जन
- 7 बर्ष, 3 महिना अगाडि
- १३ आश्विन २०७५, शनिबार
बेनी, १३ असोज । अन्नपूर्ण गाउँपालिका–२ ठूलोबगरका स्थानीयले गरेको सामुहिक कुखुरापालन फस्टाएको छ । ३ बर्ष अघि तत्कालिन नागरिक सचेतना केन्द्रमा आबद्ध सदस्यहरुको लागि सुरु गरिएको कुखुरापालनबाट आयआर्जन संगै रोजगारि समेत सिर्जना गरेको हो । केन्द्रमा आबद्ध २५ जनाले तीन बर्षदेखि नियमित रुपमा अण्डा उत्पादन गर्ने लेयर्स जातको कुखुरा पाल्दै... पुरा पढ्नुहोस
रोजगार व्यस्थापन सम्झौता
- 7 बर्ष, 3 महिना अगाडि
- १३ आश्विन २०७५, शनिबार
बेनी १३ असोज । म्याग्दी बहुमुखी क्याम्पस र म्याग्दी उद्योग वाणिज्य संघ बिच शुक्रबार बेनीमा क्याम्पसमा अध्ययनरत विद्यार्थीहरुको लागि रोजगार ब्यवस्थापन सम्झौता भएको छ । रोजगार ब्यवस्थापन सम्बन्धि छ बुदे सम्झौतापत्रमा क्याम्पस सञ्चालक समितिका अध्यक्ष बालकृष्ण सुवेदी र म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्षउत्तम कर्माचार्यले हस्ताक्षर गरेका हुन् । सम्झौता... पुरा पढ्नुहोस
टिभीएसको नयाँ ब्राण्डका स्कुटर र मोटरसाईकल म्याग्दीमा
- 7 बर्ष, 3 महिना अगाडि
- १३ आश्विन २०७५, शनिबार
बेनी १३ असोज । टिभीएस कम्पनीको नयाँ ब्राण्डका स्कुटर र मोटरसाईकल म्याग्दीको बजारमा भित्रिएको छ । टिभीएस कम्पनीको डिलर रारा अटोमोवाईल्सले एनट्रक र अपाचे १६० सिसीको पोवीमोडलको मोटरसाइकल भित्रिएको हो । लोकेशन देखाउने ब्लुतुथ कनेक्सन सुबिधा भएको एनट्रक ब्राण्डको स्कुटर खरिद गर्नेलाई दसै, तिहार र छठ पर्वको अवसरमा सातहजार रुपैया... पुरा पढ्नुहोस
सोलेको जंगलमा बेवारीसे शव
- 7 बर्ष, 3 महिना अगाडि
- १३ आश्विन २०७५, शनिबार
बेनी १४ असोज । म्याग्दीको मालिका गाउँपालिका ४ मा पर्ने सोलेको जंगलमा शुक्रबार एक पुरुषको बेवारीसे शव भेटिएको छ । जंगलमा घास, दाउरा गर्न गएका स्थानीयबासीले शव देखेपछि ईलाका प्रहरी कार्यालय दरवाङलाई खबर गरेका थिए । सोलेको टाउको भन्ने ठाउँमा खोल्साको छेउमा भेटिएको उक्त शव पुरुषको भएपनि सडेको अवस्थामा... पुरा पढ्नुहोस
रातोमाटो खन्दा ढिस्कोले पुरिएर एक महिलाको मृत्यु
- 7 बर्ष, 3 महिना अगाडि
- १२ आश्विन २०७५, शुक्रबार
म्याग्दी, १२ असोज । म्याग्दीको बेनी नगरपालिका वडा नं २ ज्यामरुककोटको फापरखेतमा घर लिप्नको लागि रातोमाटो खन्ने क्रममा माटोले पुरिएर एक जनाको मृत्यु भएको छ । भने तीनजना घाइते भएका छन् । शुक्रवार दिउँसो करिव २ बजे फापरेखत सिंचाइ कुलो नजिकै रातोमाटो खन्ने क्रममा ढिस्कोले पुरिएर बेनी नगरपालिका २ फापरखेतकी... पुरा पढ्नुहोस
ईन्द्रेणी र भिमसेन टोलमा नाली सरसफाई
- 7 बर्ष, 3 महिना अगाडि
- १२ आश्विन २०७५, शुक्रबार
बेनी १२ असोज । बेनी नगरपालिका ७ को ईन्द्रणी र भिमसेन टोलमा रहेको ढलको नाली सरसफाई गरिएको छ ।नगरपालिकाको आर्थिक सहयोगमा भिमसेन ईन्द्रेणीटोल सुधार समितिको पहलमा नालीमा जमेको फोहोर हटाएर सरसफाई गरिएको हो । नालीमा हिलो र फोहोर जमेर पानी बहिर निस्कन थालेपछि सरसफाई गरिएको टोल सुधार समितिका अध्यक्ष नैनकुमार... पुरा पढ्नुहोस
धवलागिरीमा मोवाईल टावर विस्तार गर्न पहल
- 7 बर्ष, 3 महिना अगाडि
- १२ आश्विन २०७५, शुक्रबार
बेनी १२ असोज । धवलागिरी गाउँपालिकाले सञ्चार सेवाको पहुँच विस्तारका लागि थप तीन स्थानमा जिएसएम मोवाईलको टावर स्थापना गर्न प्रक्रिया अघि बढाएको छ । मुना स्थित कार्यालयमा गाउँपालिकाका अध्यक्ष थमसरा पुनको अध्यक्षतामा बिहीबार बसेको गाउँ कार्यपालिका बैठकले मुदीको नाउराको भिरको धुरी, गुर्जाको देउराली र मराङको बान्तुङ धुरीमा टावर स्थापनाका... पुरा पढ्नुहोस