म्याग्दी समाचार

लटरम्भ धान

अन्नपुर्ण र निलगिरि हिमालसंगै म्याग्दीको रघुगंगा गाउँपालिका–२ राखु भगवतीमा फलेको लटरम्भ धान । तस्विरः धिरन खत्री । म्याग्दी, १३ कात्तिक । पुरा पढ्नुहोस

चिमखाेलामा शेर जनिमा स्मृति पुरस्कारबाट १० जना विद्यार्थी पुरस्कृत

म्याग्दी  ।  म्याग्दीको रघुगंगा गाउँपालिका–७ चिम्खोलाका स्व. शेरबहादुर गर्बुजा र जनिमा गर्बुजाको नाममा स्थापित ‘शेर जनिमा स्मृति पुरस्कार’बाट १० जना विद्यार्थीहरुलाई पुरस्कृत गरिएको छ । चिमखोलामा रहेका विभिन्न विद्यालयका जेहेन्दार विद्यार्थीलाई जनही दुई हजार रुपैयाँसहित पुरस्कृत गरिएको हो । पुरस्कृत हुनेहरुमा चिम्खोला आधारभूत विद्यालय गौरामुनीमा अध्ययनरत प्रथम दिप्ती घर्ती (सुनार),... पुरा पढ्नुहोस

भकिम्लीका अति अशक्त नागरिकलाइ कैलास बैँकद्धारा गाउँमै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण

म्याग्दी, ११ कात्तिक । बेनी नगरपालिका – ३ भकिम्लीका अति अशक्त भएका व्यक्तिहरुलाई घरदैलोमै सामाजिक सुरक्षा भत्ता प्रदान गरिएको छ । कैलास विकास बैँक मार्फत सामाजिक सुरक्षा भक्ता वितरण हुँदै आएको यस वडामा अति अशक्त, असाह्य र अपांगता भएका लाभग्राहीलाई गाउँमै पुगेर भत्ता वितरण गरिएको हो । वडा कार्यालय र... पुरा पढ्नुहोस

मंगलामा व्यावसायिक तरकारी खेतीको अनुगमन

म्याग्दी,१२ कात्तिक । म्याग्दीको मंगला गाउँपालिका अन्तर्गत विभिन्न वडामा व्यावसायिक तरकारी खेतीको अनुगमन भएको छ । राष्ट्रिय कृषि अनुसन्धान तथा विकास कोष (नाडेप)को आर्थिक सहयोग, सोडेक नेपाल पर्वतको आयोजना र गाउँपालिकाको समन्वयमा सञ्चालित परियोजनामार्फत लगाइएको तरकारी खेतीको स्थलगत अनुगमन गरिएको हो । मंगलाको कुहुँ, भर्जुला र सल्यानमा परियोजनाको सहयोगमा कृषकले... पुरा पढ्नुहोस

सुरेसको उपचारका लागि मोना नागोया जापानबाट ६८ हजार सहयोग

बेनी १२ कात्तिक । मंगला गाउँपालिका ५ नेटाका मृगौलापीडित सुरेश छन्त्यालको उपचारका लागि सोमबार ६८ हजार रुपैया आर्थिक सहयोग सोमबार प्राप्त भएको छ । म्याग्दी प्रवासी नेपाली संघ( मोना) क्षेत्रीय समिति नागोया जापानबाट सो सहयोग प्राप्त भएको हो । मोना नागोया जापानबाट संकलित रकम मोना क्षत्रीय समिति जापानका सदस्य पुर्ण... पुरा पढ्नुहोस

पूर्व विद्यार्थी शाहीद्धारा रघुगंगा माविमा ५ लाख बढीको अक्षयकोष स्थापना

म्याग्दी, १२ कात्तिक । म्याग्दीको रघुगंगा गाउँपालिका–३ पिप्लेमा रहेको रघुगंगा माध्यमिक विद्यालयमा एक पूर्व विद्यार्थीले रु ५ लाख बढीको अक्षयकोष स्थापना गर्नुभएको छ । सिंगापुर पुलिसबाट सेवानिवृत पिप्लेको घोटडाँडा निवासी कमल शाहीले आफ्नो दिवंगत बुबा देवबहादुर शाहीको स्मृतिमा ५ लाख ५५ हजार ५५५ रुपैयाँको अक्षयकोष स्थापना गर्नुभएको हो । सोमबार... पुरा पढ्नुहोस

म्याग्दीअनलाईनका संयोजक छन्त्याललाई गृहगाउँ मल्कबाङमा भब्य सम्मान

बेनी, १२ कात्तिक । म्याग्दीअनलाईन डटकमका संयोजक देवान छन्त्याललाई गृहगाउँमा भव्य सम्मान गरिएको छ । धौलागिरि गाउँपालिका–५ मल्कबाङमा छन्त्याललाई स्थानीय युवा क्लब, आमा समुह, विद्यालय, पुख्र्यौली समुह र नौमती बाजा समुहले संयुक्त रुपमा सम्मान गरेका हुन् । दुर्गम गाउँबस्तीका समस्या र सम्भावना उजागर गरि गाउँसंगै सिंगो जिल्लाको विकासमा सञ्चार क्षेत्रमा... पुरा पढ्नुहोस

‘म्याग्दी पर्यटन र जलविद्युतको खानी’

काठमाडौ १२ कात्तिक । नेपाल उद्योग वाणिज्य महासंघका पदाधीकारीहरुले म्याग्दी पर्यटन र जलविद्युतको खानी भएको बताएका छन् । म्याग्दीमा रहेको जलविद्युत र पर्यटनको विकासमा सघाउने उनिहरुले प्रतिवद्धता जनाएका छन् । म्याग्दी भ्रमण वर्ष २०७५ को अवसरमा म्याग्दी उद्योग वाणिज्य संघले सोमबार काठमाडौमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा सहभागी महासंघका पदाधीकारी र... पुरा पढ्नुहोस

धुलिखेल र बनेपामा भ्रमण वर्षको अन्तरक्रिया

बनेपा १२ कात्तिक । म्याग्दी भ्रमण वर्ष २०७५ को प्रचार अभियान अन्तरगत सोमबार पर्यटकीय नगरी धुलीखेल र बनेपाका उद्योगी ब्यवसायीहरुसंग अन्तरक्रिया गरिएको छ । जिल्लाका पर्यटकीय स्थलहरु घुम्नका लागि पाहुना बोलाउन म्याग्दी भ्रमण वर्षको अगुवाइ गरेको उद्योग वाणिज्य संघको आयोजनामा सुरु भएको अभियान अन्तरगत धुलिखेल र काभ्रे वाणिज्य संघका पदाधीकारी,... पुरा पढ्नुहोस

बेनी बजार संरक्षणको लागि सरकारको ध्यानकर्षण गराईने

बेनी, १२ कात्तिक । म्याग्दी जिल्ला सदरमुकाम बेनी बजार संरक्षणको लागि संघिय र गण्डगी प्रदेशको ध्यानकर्षण गराईने भएको छ । रघुगंगा र म्याग्दी नदीको कटानबाट जोखिममा परेको बेनी बजारको संरक्षणको लागि संघिय संसदका साँदस भुपेन्द्रबहादुर थापाको नेतृत्वमा डेलिगेशन जाने तयारी गरिएको हो । बेनी नगरपालिकाको संयोजनमा आईतवार बसेको सरोकारवलाहरुको छलफलबाट... पुरा पढ्नुहोस