जनविकास माविमा छात्रवृत्ति वितरण

  • २० जेष्ठ २०७६, सोमबार
  • 1606 पटक पढिएको

पार्वती सुवेदी
मराङ २० जेठ । धवलागिरी गाउँपालिका ६ मराङको जनविकास माविका विद्यार्थीहरुलाई छात्रवृत्ति वितरण गरिएको छ । सरकारले गाउँपालिका मार्फत उपलब्ध गराएको र विद्यालयमा स्थापित विभिन्न कोषको छात्रवृत्ति हालै एक कार्यक्रमका बिच वितरण गरिएको हो ।४५ जनालाई चार सय रुपैयाँका दरले १–८ तहको छात्रा छात्रवृत्ति, ३९ जनालाई चार सय रुपैयाँका दरले १–८ तहको दलित छात्रवृत्ति, दुई जनालाई एक हजारका दरले अपाङ्ग छात्रवृत्ति, १७ जनालाई पाँच सय रुपैयाँका दरले माध्यमिक दलित छात्रवृत्ति वितरण गरिएको थियो ।

यसैगरी स्वर्गीय पिता भट्टलाल, आमा खिमावती र दाजु  हरिदत्त उपाध्यायको स्मृतिमा विद्यालयका भू.पु शिक्षक बालकृष्ण सुवेदी र उहाँकी भाउजु खतकुमारी उपाध्यायले स्थापना गर्नुभएको एकतिस हजार रुपैयाँको अक्षयकोषको ब्याजबाट १–५ तहमा उत्कृष्ट अंक ल्याउने समिप जुग्जाली र रोशी केसीलाई पुरस्कृत गरिएको थियो ।

यस्तै स्वर्गीय पिता शेरबहादुर गर्बुजाको स्मृतिमा उहाँका छोराहरुले स्थापना गर्नुभएको बीस हजार रुपैयाँको अक्षयकोषबाट ६ देखि ९ कक्षाको वार्षिक परिक्षामा उत्कृष्ट अंक ल्याउने प्रविन सुवेदी र पूर्णीमा रानालाई पुरस्कृत गरिएको थियो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्रीप्रसाद गर्बुजाको अध्यक्षता, शिक्षक खडानन्द सुवेदीको स्वागत, वडा सदस्य रामबहादुर जुग्जालीको प्रमुख आतिथ्यता र सहायक प्रअ चन्द्र बुढाथोकीले सञ्चालन गर्नुभएको कार्यक्रममा प्रअ गोविन्दप्रसाद गौतमले विद्यालयको अवस्थाको बारेमा जानकारी गराउनुभएको थियो ।