म्याग्दी समाचार

दिपक माविको वार्षिकोत्सव

समिर रोका पात्लेखेत ११ फागुन । बेनी नगरपालिका १० पात्लेखेतमा रहेको दिपक माविको ६० औ वार्षिकोत्सव तथा अभिभावक दिवस शुक्रबार विबिध कार्यक्रम गरेर मनाइएको छ ।कक्षा १० सम्मको पठनपाठन हुने विद्यालयको वार्षिकोत्सवमा नगर शिक्षा अधिकृत विश्वप्रकाश रेग्मीले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि विद्यार्थी लगनशिल, शिक्षक सक्रीय र अभिभावक जिम्मेवार... पुरा पढ्नुहोस

रघुगंगाको झिमा प्रथम राष्ट्रपति रनिङ्ग शिल्ड सुरु ( फोटो फिचर)

कमल खत्री झिँ १० फागुन । म्याग्दीको रघुगंगा गाउँपालिका ५ झिँमा शुत्रबारदेखि अन्तर माध्यमिक विद्यालय स्तरीय प्रथम राष्ट्रपति छात्र÷छात्रा खेलकुद प्रतियोगिता सुरु भएको छ । रघुगंगा गाउँपालिकाको आयोजनामा सुरु भएको प्रतियोगिताको जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्रबहादुर केसीले उद्घाटन गर्नुभयो । उद्घाटन समारोहमा जिसस प्रमुख केसीले प्रतियोगिताले विद्यार्थीहरुमा रहेको खेलकुद प्रतिभाको... पुरा पढ्नुहोस

मंगला गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ्ग शिल्डको उपाधी महेन्द्ररत्नलाई

सिजन रोका बाबियाचौर ९ फागुन । मंगला गाउँपालिकाको केन्द्र बाबियाचौरमा सम्पन्न अन्तर मावि छात्रछात्रा स्तरीय प्रथम राष्ट्रपति रनिङ्ग शिल्ड खेलकुद प्रतियोगिताको उपाधि बरंजाको महेन्द्ररत्न माविले जितेको छ । ११ वटा स्वर्ण, ६ वटा रजत र ९ वटा कास्य पदक जितेर पहिलो भएको महेन्द्ररत्नले रनिङ्ग शिल्ड, ट्रफि, मेडल र प्रमाणपत्र सहित... पुरा पढ्नुहोस

दरबाङलाई नदी कटानबाट रोक्न नदी नियन्त्रणको काम सुरु, सेनाले गरे श्रमदान (फोटो फिचर)

कमल खत्री बेनी, ९ फागुन । म्याग्दीको मालिका गाउँपालिकाको केन्द्र दरबाङ बजारलाई म्याग्दी नदीको कटानबाट बचाउन नदी नियन्त्रणको काम सुरु भएको छ । स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम अन्र्तगत गाउँपालिका र संघिय सरकारबाट विनियोजन भएको रु ३३ लाख रुपैयाँ बजेटबाट बजार संरक्षणको लागि पक्कि (मेसीनरी)पर्खाल निर्माण गर्न सुरु गरिएको हो... पुरा पढ्नुहोस

बेनीमा गण्डकी प्रदेशस्तरीय ब्याडमिन्टन प्रतियोगिता सुरु

म्याग्दी, ९ फागुन । म्यादीको सदरमुकाम बेनीमा गण्डकी प्रदेशस्तरीय ब्याडमिन्टन प्रतियोगिता सुरु भएको छ । पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समिति, पोखरा र जिल्ला खेलकुद विकास समिति म्याग्दीको आयोजनामा संचालित प्रतियोगिता ४ दिनसम्म हुने छ। आठांै राष्ट्रिय खेलकुद २०७५ मा गण्डकी प्रदेशबाट सहभागिता जनाउने खेलाडी छनोटका लागि आयोजना गरिएको प्रतियोगिताको उद्घाटन... पुरा पढ्नुहोस

बाढीले क्षति पुर्‍याएपछि बन्द भएको थापाखोला जलविद्युत आयोजना ६ महिनापछि सुचारु

सन्ताेष गाैतम         म्याग्दी, ९ फागुन :       बाढीले बाँध, सुरुङ र उपकरणमा क्षति पुर्‍याएपछि बन्द भएको १३.५ मेगावाट क्षमताको थापाखोला जलविद्युत आयोजना ६ महिनापछि सुचारु भएको छ। मुस्ताङको थासाङ गाउँपालिका १ टुकेचेको झिरुङ स्थित आयोजनाको बाँध, सुरुङ र इलेक्ट्रिक उपकरणमा गत साउन २६ गतेको बाढीले क्षति पुर्‍याएपछि... पुरा पढ्नुहोस

कोतखोला तेस्रो खानेपानी आयोजनाको आम्दानी खर्च विवरण सार्वजनिक

गोपाल आचार्य ताकम ८ फागुन । धवलागिरी गाउँपालिका ७ ताकममा निर्माण भएको कोतखोला तेस्रो खानेपानी तथा सरसफाई आयोजनाको बुधबार सार्वजनिक परिक्षण गरिएको छ । उपभोक्ता समितिका अध्यक्ष देबवहादुर थापाको अध्यक्षता, सचिव ऋषीराम सुवेदीको सञ्चालन र गाउँपालिकाका अध्यक्ष थमसरा पुनको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा गत असारदेखि सञ्चालनमा निर्माण भएको आयोजनाको आम्दानी... पुरा पढ्नुहोस

मंगलाको राष्ट्रपति रनिङ्ग शिल्डमा महेन्द्ररत्न माविको अग्रता

सिजन रोका बाबियाचौर ८ फागुन । मंगला गाउँपालिकाको केन्द्र बाबियाचौरमा सञ्चालित अन्तर मावि छात्रछात्रा स्तरीय प्रथम राष्ट्रपति रनिङ्ग शिल्ड खेलकुद प्रतियोगितामा बरंजाको महेन्द्ररत्न माविले अग्रता कायम गरेको छ । तीन वटा खेलको फाइनल बाँकी रहदाँसम्म बुधबारसम्म भएका खेलहरुमा ९ वटा स्वर्ण पदक सहित महेन्द्र रत्न माविले अग्रता कायम गरेको हो... पुरा पढ्नुहोस

बेनीमा हुने गण्डकी प्रदेश स्तरीय व्याडमिण्टन छनौट प्रतियोगिताको तयारी पुरा

म्याग्दी ८ फागुन । म्याग्दी सदरमुकाम बेनीमा विहिवारदेखि सुरु हुने गण्डकी प्रदेश स्तरीय व्याडमिण्टन छनौट प्रतियोगिताको तयारी पुरा भएको छ । ८ औँ राष्ट्रिय खेलकुद प्रतियोगिताको गण्डकी प्रदेश स्तरीय छनौटको लागि आयोजित प्रतियोगिताको लागी गण्डकी प्रदेशका विभन्नि जिल्लाबाट भाग लिने खेलाडीहरु बेनी आईपुगेका छन् । प्रतियोगिता बेनीको कालिपुल स्थित कबर्डहलमा... पुरा पढ्नुहोस

पर्वतमा सवारी साधन चेक जाँच शिविर

फागुन ८ पर्वत । पर्वत जेसीजको आयोजना, रोट¥याक्ट क्लव अफ पर्वतको समन्वय, जिल्ला ट्राफिक कार्यालय पर्वतको सहकार्य र विवेक अटो मोवाईल्स प्रा.लि.को प्राविधिक सहयोगमा सवारी दुर्घटना न्युनिकरणका लागि बुधबार सवारी साधन चेक जाँच शिविर कुश्मामा सम्पन्न भएको छ । अस्वस्थ प्रतिस्पर्धाका कारण सार्वजनिक सवारी साधनहरु समयमा चेक जाँच नगराउनका कारणले... पुरा पढ्नुहोस