तेस्रो उत्साही कप’ फुटवल प्रतियोगिता सुरु

  • ७ कार्तिक २०७६, बिहीबार
  • धिरन खत्री
  • 2377 पटक पढिएको

 

पर्वत, ७ कात्तिक । जलजला गाउँपालिका –३ पर्वत बेनीमा नव उत्साही समुहको आयोजनामा तेस्रो उत्साही कप’ फाइव ए साइड फुटवल प्रतियोगिता विहिबार देखि सुरु भएको छ । ४० टिम सहभागि भएको तेस्रो उत्साही कपको उद्घाटन प्रतिनिधि सभाका सदस्य पदम गिरिले गरेका हुन् ।


शुभदिपावलीको अवसरमा फाइव ए– साइड फुटवल प्रतियोगिता कात्तिक ७ गतेदेखि १० गतेसम्म न्यु होराईजन आवसिय माविको प्रांगरणमा संचालन गरिएको छ। क्लवका अध्यक्ष सुरेन्द्र श्रेष्ठको अध्यक्षतामा भएको प्रतियोगितामा सांसद गिरिले जिल्लाको गरिवी र बेरोजगारी हटाउन कृषि, सडक, खानेपानी र खेलकुदलाई प्राथमिकतामा राखेर योजनासहित अघि बढेको बताए । उनले राजनीति लडाइ छोडेर सबै गाउँको विकास तथा रोजगारी सिर्जना जस्ता कार्यमा लाग्न युवाहरुलाई आग्रह गर्दै आवश्यक सहयोग गर्ने प्रतिवद्धता जनाए । सांसद गिरिले हरेक गाउँपालिकामा सुविधा सम्पन्न खेलकुद मैदान बनाउने योजनासहित संघिय सरकारले बजेट विनियोजन गरेको बताउदै तिव्र सहमति जुटाएर गुणस्तर र दिगो भौतिक संरचना निर्माण गर्ने ठाउ छनोट गर्न स्थानीय तहलाई आग्रह गरेका थिए ।


त्यस्तै जलजला गाउँपालिका अध्यक्ष रामकृष्ण मल्लले युवाहरुलाई मध्यनजर गर्दै दिगो खेलकुदका पुर्वाधार निर्माणमा गाउँपालिकाले प्राथमिकता दिएको बताउदै युवाहरु एकजुट भएर कार्यान्वयनमा लाग्नुपर्ने बताए । युवाहरुलाई खेलकुदसंगै अन्य रोजगारमुलक ब्यवासायीक खेती तथा उत्पादनमुलक क्षेत्रमा लाग्न आग्रह समेत गरेका थिए । कार्यक्रममा वडा नम्वर ३ का वडा अध्यक्ष देवेन्द्रबहादुर भण्डारी, पर्वत उद्योग वाणिज्य संघ जलजला गाउँपालिका शाखाका अध्यक्ष दिलबहादुर बरुवाल र न्यु होराइजन माविका प्रिन्सिपल अर्जुन पौडेलले शुभकामना मन्तव्य राखेका थिए ।


“खेल स्वास्थ्यका लागि खेलाडी राष्ट्रका लागि” मुल नारा बनाउदै शुभदिपावलीमा अवसरमा तेस्रो उत्साही कप आयोजना गरिएको थियो । फाइब ए साइड प्रतियोगितामा प्रथम र दिप्तृय हुनेलाई क्रमश ५६ हजार ६६६ रुपैया र ३३ हजार ३३३ रुपैयासहित ट्रफि मेडल र प्रमाणपत्र छ । भने अनुशासित टिमलाई ५ हजार, उतकृष्ट खेलाडी, डिफेन्डर, गोलरक्षक र सर्वाधिक गोलकर्तालाई नगर २ हजार २२२ रुपैया रहेको छ ।
त्यस्तै क्लवका संस्थापक अध्यक्ष दिलिपकुमार बरुवाल, सदस्य शिव आचार्य र विकास रेग्मीलाई सम्मान गरिएको थियो । नव उत्साही समुहका उपाध्यक्ष आशिष भुजेलको स्वागत मन्तव्य र सचिव राजकुमार परियारको संचालमा सम्पन्न भएको थियो ।

धिरन खत्री

म्याग्दी अनलाईन डट् कमका संवाददाता हुन् l