ज्यान गुमाएका मजदुरका परिवारले क्षतिपुर्ति नपाएको गुनासो
- ५ कार्तिक २०७६, मंगलवार
- धिरन खत्री
- 1845 पटक पढिएको
म्याग्दी, ५ भदौँ । घर निर्माणको क्रममा करेन्ट लागेर ज्यान गुमाएका मजदुरको आफन्तले क्षतिपुर्ति नपाएको गुनासो गरेका छन् । पवर्त बेनीमा घर निर्माणको क्रममा गत भदौ ४ गते ज्यान गुमाएका धौवलागिरि गाउँपालिका–३ मुनाका कुमार सुनारको आफन्तले अहिल्यसम्म पनि सम्झौता अनुसारको क्षतिपुर्ति रकम नपाएको गुनासो गरेका हुन् ।
मंगलबार बेनीमा पीडित परिवारले पत्रकार सम्मेलन गरि निर्माण ब्यवसायी रामकुमार श्रेष्ठले सम्झौता अनुसारको क्षतिपुर्तिको रकम नदिएको गुनासो गरेका हुन् । ज्यान गुमाएका मजुदरका बुवा लाबहादुर सुनारले कुमारको निधनभएपछि घर निर्माण ब्यवसायी श्रेष्ठले रु ७ लाख क्षतिपुर्ति दिने लिखित सम्झौता गरेपनि न अहिल्यसम्म दुइलाख मात्र दिएको र अन्य रकम दिन आनाकानी गरेको बताए । सम्झौताअनुसार गत भदौ २० गते र असोज २० गते पाउनुपर्ने २÷२ लाख रुपैया दिने सम्झौता भएपनि अहिलेसम्म सो रकम नदिएको सुनार परिवारको गुनासो छ ।
दुइ पक्षिय सम्झौताअनुसारको क्षतिपुर्ति दिन निर्माण ब्यवसायि श्रेष्ठले आनाकानी गरेपछि नदिने भएपछि प्रहरी र प्रशासनमा गुहार मागेपनि न्याय पाउन नसकेको सुनारले पत्रकार सम्मेलनमा दुखेको पोखेका थिए ।
परिवारको आर्थिक अवस्था कमजोर छ, यीनीहरुलाई जे गरेपनि हुन्छ भन्ने मान्यता राखेर निर्माण ब्यवसायीले सम्झौताअनुसारको रकम दिन आनाकानी गरेको ज्यान गुमाएका मजदुरका आफन्त लिलप्रसाद विकले बताए । यता निर्माण ब्यवासायी श्रेष्ठले भने पीडितले माग गरे अनुसारको क्षतिपुर्ति दिन नसक्ने भन्दै न्योचित क्षतिपुर्ति दिन आफु तयार रहेको प्रतिक्रिया दिए ।

धिरन खत्री
म्याग्दी अनलाईन डट् कमका संवाददाता हुन् l