म्याग्दी समाचार

गरिमा बैङ्कद्धारा पोशाक र शैक्षिक सामग्री वितरण

बेनी, २१ भदौ । गरिमा विकास बैङ्कले शुक्रबार रघुगंगा गाउँपालिका–२ भगवतीमा रहेको मुक्तिधाम माविका विद्यार्थीहरुलाई पोशाक र शैक्षिक सामग्री वितरण गरेको छ । २५ जना गरिब, विपन्न, जेहेन्दार विद्यार्थीलाई एक÷एक जोडा पोशाक, झोला, कापी र कलम वितरण गरेको हो । सामाजिक उत्तरदायीत्व कार्यक्रम अन्तरगत सहयोग गरिएको बैङ्कका बरिष्ठ प्रबन्धक अनुमान... पुरा पढ्नुहोस

मंगला गाउँपालिकाको राजपत्र प्रकाशन

  बेनी, २० भदौ । म्याग्दीको मंगला गाउँपालिकाले राजपत्र प्रकाशन गरेको छ । स्थानीय सरकार सञ्चालनका लागि बनाएको ऐन, कानुन राजपत्र मार्फत सार्वजनिक गरेको हो । विनियोजन, आर्थिक २०७६, प्रशासकीय कार्यविधि नियमित गर्ने ऐन २०७५ लगायत ९ वटा ऐनहरु राजपत्रमा प्रकाशन गरिएको प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद गौतमले जानकारी दिनुभयो ।... पुरा पढ्नुहोस

मुलपानीमा झोलुङ्गे पुल निर्माण

  बेनी, २० भदौ । रघुगंगा गाउँपालिका–६ मुलपानीमा झोलुङ्गे पुल निर्माण भएको छ । झोलुङ्गे पुल सहयोग कार्यक्रम (टिबीएसयु)को प्राबिधिक र गाउँपालिकाको आर्थिक सहयोगमा ५८ मिटर लामो झोलुङ्गे पुल निर्माण भएको हो । रु. ३५ लाख ८१ हजार ४६९ हजार को लागतमा निर्माण भएको पुलबाट ५४ घरधुरीका ५९४ जनसंख्या लाभान्वित... पुरा पढ्नुहोस

रुममा कुटपिटबाट लघुवित्तका कर्मचारी घाइते

बेनी २० भदौ । म्याग्दीको मालिका गाउँपालिका–२ रुममा बिहीबार अज्ञात समूहको कुटपिटबाट लघुवित्त संस्थाकी कर्मचारी घाइते भएकी छिन् । घाइते भएकी नेष्डो नेपाल लघुवित्त कम्पनीको दरवाङ शाखाकी कर्मचारी शुष्मा क्षेत्रीलाई हेलीकप्टरबाट पोखरा लगिएको जिल्ला प्रहरी कार्यालय, म्याग्दीले जनाएको छ । प्रहरीका अनुसार रुममा बचत उठाएर दरवाङ फर्कने क्रममा क्षेत्रीलाई बेली... पुरा पढ्नुहोस

धार्मिक गुरुहरुलाई अभिमुखीकरण

बेनी, २० भदौ । प्लान इन्टरनेशनलको सहयोग र सिविन नेपाल म्याग्दीको आयोजनामा बिहीबार बेनीमा धार्मिक गुरुहरुका लागि लैङ्गिक हिंसामा आधारित देवानी र फौजदारी संहिताबारे अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । गलत धार्मिक मान्यताका कारणले हुने लैङ्गिक हिंसा न्युनीकरण गर्ने उद्देश्यले दुई दिनसम्म सञ्चालन भएको कार्यक्रममा बेनीका मन्दिर, शिवालय, मञ्जिद, चर्च... पुरा पढ्नुहोस

पुनःनिर्माण हुँदै गरेको ताकमकोत यस्तो देखियो (फोटो फिचर)

गोपाल आचार्य ताकम, २० भदौ । धवलागिरी गाउँपालिका–७ स्थित ऐतिहाँसिक ताकमकोत जगन्नाथ अन्नपूर्ण मन्दिर पुनःनिर्माण अन्तिम चरणमा पुगेको छ । मुल मन्दिर निर्माण सकिएपछि बिहीबार धार्मिक बिधी अनुसार जगन्नाथको मुर्ति प्राण प्रतिष्ठा गरिएको छ । पुननिर्माणका लागि मन्दिरका मुर्ति र कोतघरका हतियार नजिकैको सत्तलमा राखिएको थियो । बाजागाजा र क्षमापुजा... पुरा पढ्नुहोस

नबौ माउन्ट कप भलिबल प्रतियोगिताको तयारी पुरा

बेनी, १९ भदौ । माउन्ट एभरेष्ट आवासीय माविको जुनियर रेडक्रस सर्कलको आयोजनामा शुक्रबारदेखि सुरु हुनै नबौ माउन्ट एभरेष्ट कप छात्र छात्रा भलिबल प्रतियोगिताको तयारी पुरा भएको छ । आयोजकले विहिबार विद्यालयमा पत्रकार सम्मेलनको आयोजना गरि तीन दिनसम्म सञ्चालन हुने प्रतियोगिताको सबै तयारी सकिएको जनाएका हुन् । कक्षा ८ देखि १२... पुरा पढ्नुहोस

स्वास्थ्य कार्यालयको घुसकाण्ड : भरत आचार्य दम्पती नै अख्तियारको हिरासतमा

म्याग्दी १९ भदौ । जिल्ला स्वास्थ्य कार्यालय म्याग्दीको घुसकाण्डले फरक मोड लिएको छ । आफुले पेश्की लिएको कार्यक्रम फस्यौट गराउँदा तत्कालिन कार्यालय प्रमुख सहितले घुस मागेको भन्दै अख्तियारको शरणमा पुगेका कार्यालयका हेल्थ असिस्टेन्ट अधिकृत भरत आचार्य आफै अख्तियारको छानविनको घेरामा परेका हुन् । भरतसंगै स्वास्थ्यमै कार्यरत उनकी पत्नी राधिका आचार्यलाई... पुरा पढ्नुहोस

गलेश्वरमा डेङ्गु सम्बन्धी सचेतनामुलक कार्यक्रम

बेनी, १९ भदौ । बेनी नगरपालिका, ९ गलेश्वरमा बिहीबार डेङ्गु रोग सम्बन्धी सचेतनामुलक कार्यक्रम गरिएको छ । गलेश्वर बहुउद्देश्यिय सहकारी संस्थाको आयोजनामा सहकारीका पदाधीकारी, सेयर सदस्य र बजारबासीहरुलाई डेङ्गु रोगको लक्षण, लाग्ने कारण र बच्ने उपायको बारेमा जानकारी गराइएको हो । रघुगंगा गाउँपालिकाका स्वास्थ्य शाखा सहसंयोजक शिवप्रसाद पाण्डेले अभिमुखीकरण गर्नुभएको... पुरा पढ्नुहोस

बालबालिकालाई शैक्षिक सामग्री र न्यानो कपडा

  बेनी, १९ भदौ । अन्तराष्ट्रिय सामाजिक संस्था रेडक्रस सोसाइटीको स्थापना दिवसको अवसरमा बिहीबार बेनी स्थित म्याग्दी बालगृहका बालबालिकाहरुलाई शैक्षिक सामग्री र न्यानो कपडा वितरण गरिएको छ ।नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा म्याग्दीले नेपाल बाल संगठनद्धारा सञ्चालीत बालगृहमा आश्रित १३ जना बालबालिकाहरुलाई कापी, कलम, ज्यामीति बक्स र कम्बल वितरण गरेको... पुरा पढ्नुहोस