म्याग्दी समाचार

स्थानीय जातका कुखुराको ब्यवसायिक पालन

बेनी १७ साउन । उन्नत र नश्ल सुधार गरिएका कुखुरापालनप्रती बढेको आकर्षणका कारण म्याग्दीमा स्थानीय जातका कुखुराहरु लोप हुने अवस्थामा पुगेका छन् । आयात गरिएका ब्रोइलर र कोइलर जातका कुखुराको मासु गाउँ गाउँमा पुग्न थालेको छ । सस्तोमा पाइने भएपछि सर्वसाधारणले घरमा पाल्नु भन्दा पसलबाट मासु किनेर खाने चलन बढेको... पुरा पढ्नुहोस

देउताभिर गुफामा पर्यटन पुर्वाधार निर्माण (फोटो फिचर)

कमल खत्री म्याग्दी १६ साउन ।  म्याग्दीको मालिका गाउँपालिका–५ देविस्थानमा अवस्थित देउताभिर गुफालाई धार्मिक पर्यटकीय स्थलको रुपमा विकास गर्न पूर्वाधार निर्माण गरिएको छ । मगरदाङ गाउँदेखि गुफा सम्म जाने पदमार्गलाई स्तरीय बनाउन बनाउन सुरु गरिएको छ । मालिका गाउँपालिका र गण्डकी प्रदेश सरकार मार्फत विनियोजन भएको रु २० लाख बजेटबाट... पुरा पढ्नुहोस

दरवाङका दुई खेलाडी अन्तराष्ट्रिय प्रतियोगितामा छनौट

  म्याग्दी १६ साउन । मालिका गाउँपालिका–६ मा रहेको दरवाङ इङलिस बोर्डीङ स्कुलका दुई जना केन्पोकाई खेलाडी अन्तराष्ट्रिय प्रतियोगितामा छनौट भएका छन् ।जापानको सिजुओकाकिङ हामामाचु मा अगस्त ७ देखि १२ सम्म हुने विश्व केन्पोकाई प्रतियोगितामा भाग लिन नेपालबाट दरवाङका दुई सहित तीन जना खेलाडी छनौट भएका हुन् । नेपाल केन्पोकाईको... पुरा पढ्नुहोस

गृहगाउँ मल्कबाङमा समाजसेवी चन्द्रबहादुर छन्त्याललाई सम्मान (फोटो फिचर)

म्याग्दी १६ साउन ।  म्याग्दीको धवलागिरी गाउँपालिका–५ मल्कबाङ घर भई हाल युकेमा बस्दै आउनुभएका समाजसेवी चन्द्रबहादुर छन्त्याललाई गृहगाउँमा सम्मान गरिएको छ । १९ बर्ष पछि गाउँमा पुग्नुभएका छन्त्याललाई स्थानीय आमा समुह र विद्यालयले स्वागत तथा सम्मान गरेका हुन् । जनचेतना आमा समुहले आयोजना गरेको सम्मान कार्यक्रममा अध्यक्ष लालकुमारी छन्त्याल लगायत... पुरा पढ्नुहोस

पानी नपरीकनै यसरी बढेर आयो कालिगण्डकी !

म्याग्दी १६ साउन । म्याग्दी र मुस्ताङ क्षेत्रमा भारी बर्षा नभएपनि कालिगण्डकी नदीको सतह बढेर आएको छ । आज विहानदेखि जोमसोम हुँदै बगेको कालिगण्डकी नदीको सतह उर्लिएर आएको हो । जोमसोम क्षेत्रमा बर्षा नभएपनि कालिगण्डकी नदीको सतह बढेर आएको मुस्ताङका प्रमुख जिल्ला अधिकारी गंगाबहादुर क्षेत्रीले जानकारी दिनुभयो । उहाँका अनुसार,... पुरा पढ्नुहोस

ज्यामरुकोटको एनसेल टावरमा आगजनी

म्याग्दी १६ साउन । म्याग्दीको बेनी नगरपालिका–२ ज्यामरुकोटमा रहेको एनसेल टावरमा आगजनी भएको छ । गयराति करिब पौने ११ बजे विष्फोटको आवाज आएसंगै टावरमा आगजनी भएको थियो । टावरमा आगजनी भएर जेनेरेटर जलेको अबस्थामा रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरिक्षक रामप्रसाद पाण्डेले जानकारी दिनुभयो । घटनास्थलको अवलोकनको क्रममा टावरमा जेनेरेटर... पुरा पढ्नुहोस

नदी नियन्त्रण टिकाउ नहुँदा दरवाङमा कटानको जोखिम

  बेनी १५ साउन । मालिका गाउँपालिकाको केन्द्र दरवाङ बजारमा नदी नियन्त्रणका लागि अस्थाई संरचना निर्माण सुरु भएको छ ।एक साताअघि आएको बाढीले किनारमा लगाएको मेसिनरी पर्खाल भत्काएपछि म्याग्दी नदीले बस्तीतर्फ कटान गर्ने जोखिम बढेको थियो । तत्काल जोखिम न्युनीकरणका लागि उपभोक्ता समिति मार्फत पर्खाल भत्कीएको ठाउँमा ग्यावीयन लगाउन सुरु... पुरा पढ्नुहोस

ठेकेदारले ज्याला नदिएपछि मजदुरले गरे तालाबन्दी

बेनी १५ साउन । बेनी–जोमसोम–कोरला सडक आयोजनाको ठेकेदार कम्पनीको कार्यालयमा मजदुरहरुले तालाबन्दी गरेका छन् । गलेश्वर देखि नारच्याङ पुल खण्डको सडक स्तरोन्नतिको जिम्मा लिएको शर्मा–युनाइटेड जेभीका मजदुर, उपठेकेदार र आपुर्तिकर्ताहरुले रघुगंगा गाउँपालिका–१ तिप्ल्याङमा रहेको साइट कार्यालयमा बुधबार तालाबन्दी गरेका छन् । ज्याला भुक्तानीका लागि पटक–पटक अनुरोध गर्दा समेत बेवास्ता गरेकाले... पुरा पढ्नुहोस

काकाकुल बेनीबासीलाई पानी बाडे कुलदिपले

सन्तोष गौतम बेनी १५ साउन । खानेपानीको हाहाकार मच्चिएको बेनी बजारका बासिन्दालाई एक व्यक्तिले खानेपानी वितरण गरेका छन् ।बेनी खानेपानी उपभोक्ता संस्था मार्फत वितरण हुने खानेपानी माग अनुसार आपुर्ति नहुने र पटक पटक अवरुद्ध हुदाँ बेनीमा विगत दुई महिनादेखि खानेपानीको अभाव छ । समस्यामा परेका बजारबासीको आवश्यकतालाई मध्यनजर गरेर हाँडेभिरका... पुरा पढ्नुहोस

शहिद मनोज र झपेन्द्रको सम्झनामा अस्पतालका विरामीलाई फलफूल वितरण

  म्याग्दी, १५ साउन । मनोज र झपेन्द्र शहिद स्मृति दिवसको अवसरमा बेनी अस्पतालका विरामीलाई फलफूल वितरण गरिएको छ । अस्पतालमा रहेका २४ जना विरामीलाई फलफूल वितरण गरिएको हो । नेपाल निजामति कर्मचारी संगठन र नेपाल राष्ट्रिय कर्मचारी संगठन (निजामति) जिल्ला कार्यसमिति म्याग्दीको अवसरमा कर्मचारीबाट राष्ट्रको सेवा गर्दागर्दै शहिद भएका... पुरा पढ्नुहोस