म्याग्दी समाचार

म्याग्दीमा कक्षा आठको कमजोर नतिजा ! बेनी, धवलागिरी र रघुगंगामा ग्रेडबृद्धी परिक्षा हुने

म्याग्दी, ७ वैशाख । स्थानीय तह कार्यान्वयनमा आएसंगै यहाँका स्थानीय तहहरुले पहिलो पटक सञ्चालन गरेको आधारभुत तहको कक्षा ८ सम्मको (विएलई) परिक्षाको नतिजा विश्लेषण आफु अनुकुल गरेका छन् । एक नगरपालिका र ५ गाउँपालिकामा अधिकाँशको नतिजा सन्तोषजनक छैन् । यहाँका तीन स्थानीय तहले ग्रेडबृद्धी परिक्षा नै सञ्चालन गर्ने भएका छन्... पुरा पढ्नुहोस

बेनीका स्वास्थ्य संस्थालाई मापदण्ड पुरा गर्न निर्देशन

बेनी ६ बैशाख । बेनी नगरपालिकाले बेनीमा सञ्चालित निजी क्लिनिक तथा स्वास्थ्य संस्थाहरुलाई मापदण्ड पुरा गर्न निर्देशन दिएको छ । बजारका क्लिनिक, डेन्टल र ल्याबहरुलाई मापदण्ड पुरा गरेर दर्ता तथा नविकरण गर्न एक महिनाको समय दिने शुक्रबारको नगर कार्यपालिकाको बैठकले निर्णय गरेको हो । नगर प्रमुख हरिकुमार श्रेष्ठको अध्यक्षतामा बसेको... पुरा पढ्नुहोस

प्रथम चिनाकोट कपको उपाधी आयोजकलाई

म्याग्दी, ५ वैशाख । नव बर्ष २०७६ को अवसरमा म्याग्दीको मंगला गाउँपालिका–३ बरंजाको खानिगाउँमा प्रथम चिनाकोट कप प्रतियोगिता सम्पन्न गरिएको छ । तत्कालिन बाईसे चौबिसे राजाको पालामा राजा बसेको ठाउ चिनाकोट लाई प्रचार प्रसार गर्ने उद्देश्यको साथ खानिगाउमा रहेको समाज मैत्री युवा क्लबद्वारा आयोजित प्रथम चिनाकोट कप फुटसलको उपाधी आयोजको... पुरा पढ्नुहोस

बेसाहारा दम्पतिलाई घुम्टे युवा परिवार द्धारा सहयोग ।

गलकोट वैशाख ५  । सामाजिक संस्था घुम्टे युवा परिवार मल्म बागलुङले गलकोट नगरपालिका ९ छिसका बेसाहारा वृद्ध दम्पतिलाई खाद्यान्न र विस्तारा सेट सहयोग गरेको छ । संस्थाका सल्लाहकार संयोजक एवं वडा नं ७ का वडा अध्यक्ष सुवेदार टिका बहादुर थापा र वडा नं ९ का वडा सदस्य धर्मदत्त सापकोटाको विशेष... पुरा पढ्नुहोस

विद्यालयमा ‘डिजिटल स्कुल सफ्टवेयर’ सञ्चालनमा

गलकोट ५ वैशाख । गलकोट नगरपालिका–७ मल्मस्थित जनहित माध्यमिक विद्यालयले ‘डिजिटल स्कुल सफ्टवेयर’ सञ्चालनमा ल्याएको छ । पढाइको गुणस्तर सुधार र व्यवस्थापन चुस्त बनाउन ‘सफ्टवयर’ प्रविधि उपयोगी हुने विश्वास लिइएको छ । प्रविधिमैत्री वातावरण बनाउँदा विद्यालयप्रति अभिभावक र विद्यार्थीको आकर्षण बढ्ने देखिन्छ । यहीबेला नयाँ शैक्षिक सत्रका लागि विद्यालय भर्ना... पुरा पढ्नुहोस

मंगला र मुक्तिधाम माविमा कृषि प्राबिधिक विषयको पढाई हुने

बेनी ५ बैशाख । म्याग्दीको दुई वटा सामुदायिक विद्यालयमा नयाँ शैक्षिक सत्रदेखि कृषि प्राबिधिकविषयको पठनपाठन सञ्चालन हुने भएको छ । मंगला गाउँपालिकाको केन्द्र बाबियाचौरमा रहेको मंगला मावि र रघुगंगा गाउँपालिका २ भगवतीको मुक्तिधाम माविमा कक्षा ९ देखि १२ सम्म कृषि प्राबिधिक विषयको पठनपाठन सञ्चालनका लागि शिक्षा मन्त्रालयले अनुमती दिएको हो ।... पुरा पढ्नुहोस

फलातेमा खेलमैदान र भवनको उद्घाटन

बेनी ५ बैशाख । म्याग्दीको अन्नपूर्ण गाउँपालिका ५ फलातेमा निर्माण भएको खेलमैदान, युवा क्लव र आमा समूहको भवनको बुधबार उद्घाटन गरिएको छ । ग्रुप स्टार युवा क्लव र लालीगुराँस आमा समूहले बनाएको खेलमैदान र भवनको नेपाली काँग्रेस म्याग्दीका सभापति खम्बिर गर्बुजाले उद्घाटन गर्नुभएको हो । सभापति गर्बुजाले विकासका लागि समुदाय... पुरा पढ्नुहोस

पत्रकार गिरीको रिहाईको माग गर्दै पत्रकार महासंघ म्याग्दीद्धारा गृहमन्त्रालयलाई ज्ञापन पत्र

म्याग्दी, ४ वैशाख । समाचार लेखेकै आधारमा पक्राउ परेका पोखराका पत्रकार अर्जुन गिरीलाई तत्काल रिहा गर्न माग गर्दै नेपाल पत्रकार महासंघ म्याग्दी शाखाले गृहमन्त्रालयमा ज्ञापन पत्र पठाएको छ । प्रमुख जिल्ला अधिकारी लिलाधर अधिकारी मार्फत महासंघले पत्रकारलाई समाचार लेखेको आधारमा नियन्त्रणमा लिनु राज्यको गम्भिर कमजोरी रहेको भन्दै ज्ञापन पत्र पठाएको... पुरा पढ्नुहोस

संसदीय टोलीद्धारा कोरला नाकाको अध्ययन

निरज थकाली ठिनी (मुस्ताङ) ४ बैशाख ।  व्यवस्थापिका संसदको अन्तराष्ट्रिय सम्बन्ध समितिको टोलीले मुस्ताङ र चिनको स्वशासित क्षेत्र तिब्बतको सिमानामा रहेको कोरला नाकाको स्थलगत अध्ययन गरेको छ । समितिका सभापति पवित्रा निरौला खरेलको नेतृत्वमा ९ जना संसदहरुको टोलीले निर्माणाधिन बेनी–जोमसोम–कोरला सडक आयोजना, कोरला नाका, नाका क्षेत्रको पूर्वाधार, सुरक्षा अवस्थाको बारेमा... पुरा पढ्नुहोस

बास्कुनामा बाढीले सडक, खानेपानी र सिचाई आयोजनामा क्षति

बेनी ४ बैशाख । बेनी नगरपालिका ४ बास्कुनामा मंगलबारको बर्षापछि आएको बाढीले सडक, खानेपानी र सिचाई आयोजनामा क्षति पु¥याएको छ । भकिम्ली हुदै आउने छहरेखोलामा आएको बाढीले हाडेभिर–बरंजा सडक, बास्कुना खानेपानी र सिचाई आयोजनामा क्षति पु¥याएको हो । बाढीले सडक बगाएपछि बेनी देखि बगरफाँट सुर्केमेला बास्कुना थामडाँडा हुदै मंगला गाउँपालिकाको... पुरा पढ्नुहोस