शालीग्राम लघुवित्तको प्रथम साधारण सभा सम्पन्न

  • १७ माघ २०७७, शनिबार
  • 2103 पटक पढिएको

म्याग्दी १७ माघ । म्याग्दी सदरमुकाम बेनी स्थित मंगलाघाटमा केन्द्रिय कार्यालय रहेको शालीग्राम लघुवित्त वित्तीय संस्थाको प्रथम बार्षिक साधारण सभा शनिवार बेनीमा सम्पन्न भएको छ । विभिन्न ५ स्थानमा आफ्नो सेवा विस्तार गरिसकेको यस लघुवित्तले रु ६ करोड बढी लगानी गरेको जनाएको छ । साधारण सभामा संस्थाका अध्यक्ष कृष्णबहादुर थापाले आर्थिक बर्ष २०७६/०७७ मा रु ६ करोड १७ लाख लगानी र रु १ करोड ६ लाख बचत संकलन गर्न सफल भएको जानकारी दिनुभयो ।


सो अवधिमा ९४७ घरधुरीका मध्यम, विपन्न तथा अति विपन्न वर्गका सदस्यहरुमा वित्तीय सेवा पु¥याईएको जनाइएको छ । यस संस्थाले पर्वत बेनी, कास्कीको लाहाचोक, तनहुँको खैरेनीटार, नवलपरासीको प्रगतिनगर र सर्दीमा शाखा कार्यालय सञ्चालन गरि वित्तिय सेवा प्रदान गर्दै आएको छ । साधारण सभाको उद्घाटन गर्दै गण्डकी प्रदेश सभा सदस्य विनोद केसीले मध्यम र विपन्न बर्गको समुदायमा वित्तिय पहुँच र आर्थिक विकासका लागि लघुवित्तको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो ।


उहाँले संस्थाले स्थापनाको सुरुवाती दिनहरुमै विभिन्न जिल्लाहरुमा सेवा विस्तार गर्न सक्नु नै संस्थाको महत्वपूर्ण उपलब्धी रहेको बताउँदै रोजगार सिर्जना हुने र गरिबि निवारण हुने क्षेत्रमा लगानीलाई प्राथमिकता दिनुपर्नेमा जोड दिनुभयो । सभामा अध्यक्ष थापाले बार्षिक प्रतिवेदन, लेखा समिति संयोजक ज्ञानेन्द्र सुवेदीले लेखापरिक्षण प्रतिवेदन, र प्रमुख कार्यकारी अधिकृत मनोज निरौलाले आय व्यय विवरण प्रस्तुत गर्नुभएको थियो भने शेयर सदस्यहरुको तर्फबाट सोमनाथ ढुंगानाले मन्तव्य राख्नुभएको थियो ।

संस्थाका सञ्चालक सन्तोष रावलले स्वागत गर्नुभएको कार्यक्रमको सञ्चालन कम्पनी सचिब कुशल पुरीले गर्नुभएको थियो । नेपाल राष्ट्र बैँकको बैँकबाट घ बर्गको विक्तिय कारोवारको अनुमती लिएर गण्डकी प्रदेश स्तरको वित्तीय संस्थाको रुपमा स्थापना भएको यस संस्थाले छोटो अवधिमै आफ्नो सेवालाई विस्तार गरेको छ । संस्थापकहरुको तर्फबाट रु १ करोड ६८ लाख १७ हजार चुक्ता पुँजी रहेको यस संस्थाले निकट भविष्यमै सर्वसाधारणको लागि जारी पुँजिको ३३ प्रतिशत शेयर निष्कासन गरी चुक्ता पुँजीलाई रु २ करोड ५१ लख पु¥याउने लक्ष्य लिएको छ ।