माओवादी केन्द्रद्धारा स्वास्थ्य सामाग्री सहयोग
- ८ असार २०७८, मंगलवार
- 1084 पटक पढिएको
म्याग्दी ७ असार । कोरोना रोकथाम, नियन्त्रण र उपचारमा सघाउन नेकपा (माओवादी केन्द्र) म्याग्दीले स्वास्थ्य सामाग्री सहयोग गरेको छ । जिल्लाका विभिन्न स्वास्थ्य चौकीहरुको लागि माओवादी केन्द्रले स्वास्थ्य सामाग्री सहयोग गरेको हो । पार्टी केन्द्रिय कार्यालयबाट प्राप्त स्वास्थ्य सामाग्रीलाई युवा र विद्यार्थी संगठनहरु मार्फत विभिन्न वडाहरुमा रहेका स्वास्थ्य संस्थाहरुमा पठाउन थालिएको नेकपा (माओवादी केन्द्र )म्याग्दीका अध्यक्ष गोविन्द पौडेलले जानकारी दिनुभयो । वाइसीएल म्याग्दी र अनेरास्ववीयु (क्रान्तिकारी) मार्फत सम्बन्धीत वडा र स्वास्थ्य चौकीमा सामाग्री पठाउन थालिएको छ ।
माओवादी केन्द्रले धवलागिरि गाउँपालिका –१ गुर्जा स्वास्थ्य चौकीका लागि १ थान अक्सीजन कन्सन्ट्रेटर मेसीन, २ सेट पीपीई, अक्सीमिटर २ थान, सर्जिकल मास्क १ पोका, रघुगंगा गाउँपालिका–२ भगवती स्वास्थ्य चौकीलाई एन नाईन्टी फाइभ मास्क २ पोका, अक्सीमिटर २ थान, पीपीई २ सेट, अन्नपूर्ण गाउँपालिका–२ भुरुङ तातोपानी स्वास्थ्य चौकीलाई एन नाइन्टी फाईभ मास्क २ पोका, अक्सीमिटर २ थान, पीपीई २ सेट उपलब्ध गराउने जनाइएकाे छ ।
त्यसैगरी बेनी नगरपालिका–३ भकिम्ली स्वास्थ्य चौकीलाई एन नाइन्टी फाइभ मास्क २ पोका, अक्सीमिटर २ थान, पीपीई १ सेट, एन्टीजेन किट १ डिब्बा, ओखरबोट स्वास्थ्य चौकीलाई एन नाइन्टी फाइभ मास्क २ पोका, अक्सीमिटर २ थान, पीपीइ १ सेट र सर्जिकल मास्क १ पोका , मंगला गाउँपालिका वडा नम्बर ४ बरंजा र मालिका गाउँपालिका ७ बिमका लागि एन नाइन्टी फाईभ मास्क २/२ प्याक र अक्सीमिटर १ ÷१ थान उपलब्ध गराउने जनाईएको छ । त्यसैगरि जिल्ला प्रहरी कार्यालयलाई समेत स्यानीटाइजर, ग्लोब्स सहित नाइन्टी फाइभ मास्क १ प्याक उपलब्ध गराउने नेकपा माओवादी केन्द्र म्याग्दीले जनाएको छ ।