प्रअ कार्कीकाे हत्यापछि म्याग्दी नदीमा बेपत्ता बनाउने आरोपित सार्वजनिक

  • १० असार २०७८, बिहीबार
  • 965 पटक पढिएको

म्याग्दी, १० असार । म्याग्दीको बेनी नगरपालिका–५ बगुवाखोलास्थित बालजागृति आधारभुत विद्यालयका प्रधानाध्यापक भक्तबहादुर कार्कीलाई हत्यापछि म्याग्दी नदीमा बेपत्ता बनाएको पुष्टि भएको छ। प्रअ कार्कीको हत्यापछि म्याग्दी नदीमा बगाउने अभियुक्त सोही ठाउँका स्थानीय ३१ बर्षिय सञ्जय बानियाँलाई जिल्ला प्रहरी कार्यालय म्याग्दीले सार्वजनिक गरेका छन् । ब्यक्तिगत रिसिबीका कारण हत्या गरेको आरोपित बानियाँले स्विकार गरेका छन् ।


प्रअ कार्कीलाई बेपत्ता बनाउने आरोपित बाँनियालाई थप अनुसन्धानका लागि जिल्ला अदालतबाट एकहप्ताको म्याद थप भएको प्रहरी नायव उपरिक्षक श्यामकुमार राईले बताए ।आइतबार विहान फोटोकपी गर्न विद्यालयमा आएका प्रअ कार्कीलाइ करिव विहान ८ बजेको समयमा घर फर्कने क्रममा विद्यालय नजिक हत्या गरी म्याग्दी नदीमा बगाएको घटनास्थल अनुसार आरोपितले स्विकार गरेको प्रहरी नायव उपरीक्षक श्यामकुमार राईले बताए ।


‘विद्यालयबाट निस्केर गोरेटोबाटोबाट सडकमा निस्कने क्रममा हत्यो भएको छ, हत्या भएको स्थलमा प्रअ कार्कीको रगत, कलम, चस्मा, मोवाईल लगायतको फेला परेको थियो भने सोही दिनदेखि बाँनिया बेपत्ता भएपछि अनुसन्धान साघुरिएको थियो,’ प्रहरीले जनाएको छ।


घटना लगत्तै घरमा पुगेर रगतले लतपतिएको कपडालाई फालेर भारततर्फ जाने क्रममा पर्वतको कुश्माबाट अभियुक्तलाई प्रहरीले प्रक्राउ गरेको थियो । आरोपी बानियाँकी श्रीमति विद्यालयमा रहेको बौद्धिक अपाङ्ता स्रोतकक्षाकी कर्मचारी हुन् । विद्यालयकै छात्राबासमा श्रीमतिसँगै बेपत्ता कार्यमा संलग्न बानियाँ समेत बस्दै आएका थिए । ब्यक्तिगत रिसिबीकै कारण घटना स्विकार गरेपनि विस्तृत अनुसन्धान आवश्यकताले म्याद थप भएकोे प्रनाउ राईले भने।