म्याग्दी समाचार

पोखरेबगरमा कुकुरको बन्ध्याकरण शिविर 

  बेनी, २६ चैत । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको केन्द्र पोखरेबगरमा सोमबारदेखि कुकुरको बन्ध्याकरण शिविर सुरु भएको छ । अन्नपूर्ण गाउँपालिकाको आयोजनामा सञ्चालन भएको शिविर २ दिन सम्म सञ्चालन हुनेछ् । कुकुरको वृद्धिदर कम गर्ने र रेविन विरुद्धको खोप लगाउन शिविर आयोजना गरिएको गाउँपालिकाको पशु सेवा शाखाका प्राविधिक प्रकाश जिसीले बताउनुभयो... पुरा पढ्नुहोस

राखु समाज युकेको अध्यक्षमा सोभिता शाही चयन

युकेमा रहेका राखुबासीहरुको साझा संस्था राखु समाज युकेको नयाँ नेतृत्व चयन भएको छ । समाजको १२ औँ साधारणसभा तथा पाँचौ अधिवेशनबाट सोभिता शाहीको अध्यक्षतामा नयाँ कार्य समिति चयन भएको हो । समितिको उपाध्यक्षमा खिम मल्ल (पुष्पा), सचिबमा सुजाता भण्डारी, कोषाध्यक्षमा कपिल मल्ल, सहकोषाध्यक्षमा कुसुम मल्ल, सहसचिबमा अनिल मल्ल र संयोजकमा... पुरा पढ्नुहोस

कागबेनी र मुक्तिनाथमा भक्तजनको घुइँचो

  मुस्ताङको बारागुङ मुक्तिक्षेत्र गाउँपालिकामा रहेका धार्मिकस्थल कागबेनी र मुक्तिनाथ मन्दिरमा आज भक्तजनको घुइँचो लागेको छ । कालीगण्डकीको तटमा अवस्थित कागबेनीमा औँसी तिथि पारेर दिवङ्गत आफन्तको नाममा पिण्डदान र पुण्य प्राप्तिका लागि मुक्तिनाथ मन्दिरको दर्शन गर्नेको बिहानैदेखि घुइँचो लागेको हो । कागबेनीस्थित जनशान्ति माविका शिक्षक मनबिर किसानले दिवङ्गत आफन्तको स्मरणमा... पुरा पढ्नुहोस

बजेट नआएपछि विद्यालय भवन निर्माण योजना प्रभावित

म्याग्दी, २५ चैत । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा रहेको प्रभा माध्यमिक विद्यालयको निर्माणाधीन विद्यालय भवनको काम प्रभावित बनेको छ । संघीय सरकारको विशेष अनुदानबाट गाउँपालिकाले गत बर्षदेखि निर्माण सुरु गरेको १८ कोठा भएको सुविधा सम्पन्न विद्यालय भवन निर्माण योजना थप बजेट नआएको कारण प्रभावित बनेको हो । निर्माण व्यवसायीले भवन... पुरा पढ्नुहोस

गण्डकीको मुख्यमन्त्रीमा खगराजद्वारा दाबी पेस, मनाङेको पनि समर्थन

पोखरा । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा एमाले संसदीय दलका नेता खगराज अधिकारीले दाबी पेस गरेका छन् । एमाले, माओवादी र स्वतन्त्र सांसद राजीव गुरुङको समर्थनमा उनले प्रदेश प्रमुखसमक्ष दाबी पेश गरेका हुन् । यसमा सभामुखको समेत संख्या गनिएको छ । कोशीमा सभामुखसहित संख्या गनेर दावी पेश गर्दा पछि अदालतले उक्त सरकार... पुरा पढ्नुहोस

बेनीबाट घोडेपानी जाँदै गरेको बस दुर्घटना, २७ घाइते

म्याग्दी  २३ चैत । बेनी–गलेश्वर सडकखण्ड अन्तरगत जलेश्वर नजीकै भएको बस दुर्घटनामा २७ जना घाईते भएका छन् । म्याग्दी सदरमुकाम बेनीबाट अन्नपूर्ण गाउँपालिका–६ घोडेपानीका लागि छुटेका ग १ ख ५६५५ नम्बरकोे बस शुक्रवार अपरान्न दुर्घटना हुँदा चालकसहित २७ जना घाइते भएका हुन् । सदरमुकाम बेनीदेखि छुटेको बस करिब एक किलोमिटर... पुरा पढ्नुहोस

सडक र पदमार्गले छोटियो धार्मिक पर्यटकीयस्थल मालिकाधुरीको यात्रा

म्याग्दी । सडक र पदमार्ग निर्माण भएपछि म्याग्दीको मालिका र रघुगङ्गा गाउँपालिकाको सिमानामा पर्ने धार्मिक पर्यटकीयस्थल मालिकाधुरीको यात्राअवधि छोटिएको छ । मालिका गाउँपालिका(७ बिमदेखि बिमवाङ(धौलागङ्गा हुँदै मालिकाधुरी नजिकैको नागीथलासम्म सडक पुगेको छ । मालिका गाउँपालिकाका अध्यक्ष बेगप्रसाद गर्बुजाले सडक निर्माण भएपछि मालिकाधुरी पुग्न पर्यटक र भक्तजनलाई सहजका साथै यात्रा अवधि... पुरा पढ्नुहोस

ढोरपाटनमा नाउर र झारलको धमाधम सिकार

नेपालको एकमात्र सिकार आरक्ष ढोरपाटनमा अहिले विदेशी सिकारी सिकार खेल्न व्यस्त छन् । दोस्रो सिकार याममा ढोरपाटन आरक्ष क्षेत्रमा धमाधम सिकार भइरहेको छ । यस याममा ११ नाउर, सात झारल र चार बँदेलको सिकार हुँदैछ । यस वर्षको दोस्रो सिकार याम सुरु भएसँगै केही विदेशी सिकारी सिकार खेलेर फर्केका छन्... पुरा पढ्नुहोस

अख्तियारमा म्याग्दीका ५४ उजुरी

म्याग्दी , २२ चैत । अनियमितता, भ्रष्ट्राचार जन्य आरोपमा पछिल्लो समय अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी बढेका छन् । म्याग्दीमा चालु आर्थिक बर्षमा मात्रै ५५ वटा उजुरी अख्तियारमा दर्ता भएका छन् । बुधवार रघुगंगा गाउँपालिकामा आयोजित भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रवद्र्धनमा सहकार्य बिषयमा पालिका स्तरीय अन्तरक्रिया कार्यक्रममा अख्तियारको पोखरा कार्यालय,... पुरा पढ्नुहोस

काभ्रेभिरको सडकमा ‘रक एङ्करिङ’

म्याग्दी, चैत २२ – काभ्रेभिरमा पुग्दा बेनी–जोमसोम सडकमा यात्रा गर्ने धेरैजसो यात्रुको मुटु काप्ने गर्छ । म्याग्दी र मुस्ताङको सिमानामा रहेको करिब दुई किलोमिटर दूरीको काभ्रेभिर, बादरजुङभिर र घोप्टेभिर क्षेत्र बेनी–जोमसोम–कोरला सडकको सबैभन्दा जोखिमयुक्त मानिन्छ । चीन र भारत जोड्ने सबैभन्दा छोटो दूरीको, राष्ट्रिय गौरवको कालीगण्डकी करिडोरअन्र्तगत म्याग्दीको काभ्रेभिरदेखि मुस्ताङको... पुरा पढ्नुहोस