म्याग्दी समाचार

सहकारीका प्रबन्धकहरुका लागि सामाजिक सुरक्षा कोषबारे अभिमुखीकरण

म्याग्दी र पर्वतका विभिन्न सहकारीहरुका प्रबन्धकहरुलाई सामाजिक सुरक्षा कोषको बारेमा एक दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । को–अपरेटिभ म्यानेजर्स क्लब म्याग्दीले सहकारीका कर्मचारीहरुलाई पनि सामाजिक सुरक्षा कोषमा सहभागीता बनाउने उदेश्यले आयोजना गरेको कार्यक्रममा सामाजिक सुरक्षा कोष शाखा कार्यालय बुटवलका प्रमुख केदार पौडेलले सहजिकरण गर्नुभएको थियो ।    उहाँले सहकारी... पुरा पढ्नुहोस

म्याग्दी जेसीजद्धारा “सफा नोट : हाम्रो अठोट” सचेतना

म्याग्दी ७ असोज । म्याग्दी जेसीजले दसैँको अवसर पारेर नेपाली नोटको सुरक्षा र सरसफाइमा सचेतना अभिबृद्धि गरेको छ । दसैँको टिकाको दिनमा दक्षिणा आदान प्रदानमा अबिर लगाउँदा नोटको सुरक्षा नहुने भएकाले मंगलवार बेनीमा सचेतना फैलाउने कार्यक्रम गरिएको हो । नोटलाई सुरक्षित बनाउनका लागि रंग, अविर नलगाउन, स्टिज नगर्न र सुरक्षित... पुरा पढ्नुहोस

मौवाफाँटमा शान्ति सुरक्षा र अपराध नियन्त्रण सम्बन्धी सचेतनामुलक कार्यक्रम सम्पन्न

म्याग्दी, ७ असोज । म्याग्दीको रघुगंगा गाउँपालिकाको केन्द्र मौवाफाँटमा स्थानीय तहमा शान्ति सुरक्षा, अपराध नियन्त्रण र सेवा प्रवाह सम्वन्धी सचेतनामुलक कार्यक्रम सम्पन्न भएको छ । जिल्ला प्रशासन कार्यालयको सहआयोजना र रघुगंगा गाउँपालिकाको आयोजनामा मंगलवार सम्पन्न कार्यक्रममा सहभागीहरुले चाडपर्वको समयमा शान्ति सुरक्षामा असर पर्ने र अपराधिक गतिविधि नियन्त्रणमा स्थानीय तह, समुदाय... पुरा पढ्नुहोस

चौबीस जनाले धवलागिरि आरोहणका लागि अनुमति लिए

म्याग्दी । सन् २०२५ को चालु शरदयाममा म्याग्दीस्थित धवलागिरि हिमाल आरोहणका लागि २४ जनाले अनुमति लिएका छन् । विश्वको सातौँ (आठ हजार १६७ मिटर) अग्लो धवलागिरि हिमाल म्याग्दीको धवलागिरि गाउँपालिका–४ मा पर्दछ । चौबीस जना पर्वतारोहीले धवलागिरि हिमाल आरोहणका लागि अनुमति लिएका पर्यटन विभागले जनाएको छ । विभागका अनुसार धवलागिरि... पुरा पढ्नुहोस

दोस्रो पटक मन्त्रिपरिषद् विस्तार, म्याग्दीका महावीर पुनलाइ शिक्षामन्त्रीकाे जिम्मेवारी

काठमाण्डाै ६ असोज । सुशीला कार्की नेतृत्वकाे सरकारमा दाेस्राे पटक मन्त्रीपरिषद विस्तार भएकाे छ । प्रधानमन्त्री कार्कीले मन्त्रिपरिषद् विस्तार गर्दा विभिन्न मन्त्रालयको जिम्मेवारी हेरफेर गरियो, जसमा केही मन्त्रीलाई थप जिम्मेवारी दिइयो। प्रधानमन्त्री कार्कीले अझै ९ मन्त्रालय आफैसँग राख्नुभएकाे छ भने मन्त्रिपरिषद्लाई पूर्णता दिन बाँकी छ। दोस्रो पटक असोज ६ गते प्रधानमन्त्री... पुरा पढ्नुहोस

कालीपुल बसपार्कमा यात्रु सहायता कक्ष स्थापना

म्याग्दी । म्याग्दी सदरमुकाम बेनीको काली पुल बसपार्कमा सोमबार यात्रु सहायता कक्ष स्थापना भएको छ । स्थल मार्गबाट म्याग्दी भित्रने नाकामा रहेको काली पुल बसपार्कदेखि म्याग्दीबाट लामो तथा छोटो दूरीका यातायातका साधनहरू सञ्चालन हुन्छन् ।चाडपर्व नजिकिँदै गर्दा यात्रुलाई लक्षित गरी जिल्ला प्रहरी कार्यालयले बसपार्कमा रहेको ट्राफिक कार्यालय परिसरमा सहायता कक्ष... पुरा पढ्नुहोस

पहिरोले बाटो बगाएपछि दुई महिनादेखि जोखिमपूर्ण यात्रा गर्दै बगरबासी (भिडियो)

म्याग्दी ६ असोज । म्याग्दीको धवलागिरी गाउँपालिका– ४ बगर र जेल्टुङ गाउँबासीले विगत दुई महिनादेखि जोखिमपूर्ण यात्रा गर्न बाध्य भएका छन् । गाउँबाट वडा कार्यालय, गाउँपालिका र जिल्ला सदरमुकाम जानका लागि प्रयोग हुने जेल्टुङ–नाउरा सडकखण्ड अन्तर्गत लप्किसको खोल्सामा पहिरोले बाटो बगाएपछि दुई महिनादेखि भ¥याङ र डोरीको सहायताले आवत जावत गर्नुपर्ने... पुरा पढ्नुहोस

अन्नपूर्ण आधार शिविरमा पर्यटकको चहलपहल

६ असोज, म्याग्दी । मौरिस हर्गोज पदमार्ग र अन्नपूर्ण आधार शिविरमा पर्यटकको चहलपहल बढेको छ । शरदयामको सुरुआतसँगै अन्नपूर्ण गाउँपालिका–४ मा स्थित आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण हिमाल शिविरमा पर्यटकको चहलपहल बढेको हो । हाल दैनिक १५ देखि ४० जना पदयात्री आधार शिविरको पदयात्रामा गइरहेका अन्नपूर्ण –४ का वडा... पुरा पढ्नुहोस

म्याग्दीका महावीर पुन शिक्षा विज्ञान तथा प्रविधिमन्त्रीमा नियुक्त

म्याग्दी, ५ भदौ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–८ नांगीमा जन्मनुभएका राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महावीर पुन सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारमा शिक्षा विज्ञान तथा प्रविधिमन्त्री बन्नुभएको छ ।  आइतबार राष्ट्रपति रामचन्द्र पौडेलले पुनलाई शिक्षामन्त्रीमा नियुक्त गर्नुभएको हो । प्रधानमन्त्री कार्कीले पुनलाई शिक्षा मन्त्रीका लागि प्रस्ताव गर्नुभएको थियोृ । राष्ट्रिय आविष्कार केन्द्रको... पुरा पढ्नुहोस

ज्ञानोदय माविको ६१ औँ बार्षिक उत्सव तथा अभिभावक दिवस मनाईयो

म्याग्दी, ४ भदौ । म्याग्दीको रघुगंगा गाउँपालिका– ३ मौवाफाँटमा अवस्थित ज्ञानोदय माध्यमिक विद्यालयको ६१ औँ बार्षिक उत्सव तथा अभिभावक दिवस विविध कार्यक्रम गरी मनाईएको छ । विद्यालयमा आयोजित समारोहमा चन्दादाता, उत्कृष्ट शिक्षक, विद्यार्थी र अभिभावकलाई सम्मान सहित साँस्कृतिक कार्यक्रम गरी बार्षिकोत्सव मनाईएको हो । कार्यक्रमको उद्घाटन गर्दै रघुगंगा गाउँपालिका अध्यक्ष... पुरा पढ्नुहोस