म्याग्दी समाचार

बेनीमा ११ औं तोरन्ल गोल्डकप प्रतियोगिता सुरू (फोटोफिचर)

  म्याग्दी, १५ असोज । थकाली समुदायको सांस्कृति पहिचानका रुपमा रहेको तोरन्ल गोल्डकप ताराखेल प्रतियोगिताको ११ औं संस्करण शुक्रबार देखि बेनीमा सुरु भएको छ । थकाली सेवा समिति नेपालको आयोजना र बेनी क्षेत्रको आतिथ्यतामा तिनदिन सम्म सञ्चालन हुने प्रतियोगितामा देशभरबाट १८ समुहका एकसय १८ खेलाडीहरुले भाग लिएका छन् । गोल्डकप... पुरा पढ्नुहोस

धौलागिरी हिमालमा नेपाली महिलाको किर्तिमान आरोहण सफल

कमल खत्री  १५ असोज । म्याग्दीको धवलागिरि गाउँपालिका–४ मुदीमा अवस्थित संसारको सातौँ अग्लो (८,१६७ मिटर) धौलागिरि हिमालमा नेपाली महिलाहरुले किर्तिमानी आरोहण गरेका छन् । पत्रकार समेत रहेकी पूर्णिमा श्रेष्ठ र पासाङल्यामु शेर्पाले शुक्रवार विहान धौलागिरि हिमालको सफल आरोहण गरका हुन् । श्रेष्ठ र शेर्पाको धौलागिरि आरोहणले आरोहिहरुमा नयाँ सन्देश र... पुरा पढ्नुहोस

लामो संघर्ष पछि प्राप्त उपलब्ध गुम्ने खतरा बढ्यो: प्रचण्ड 

थम्मन थापा असोज १५ बागलुङ । नेपाल सरकारका पुर्व प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लामो संघर्ष पछि प्राप्त उपलब्धी गुम्ने खतरा बढेको बताएका छन नेकपा माओवादी केन्द्र ताराखोला गाउँपालिकाले आयोजना गरेको भर्चुअल भेलालाई सम्वोधन गर्दै अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन । उनले अहिले देशभर केपी आतङ्क... पुरा पढ्नुहोस

गोलभेडालाई गोडमल गर्दै ( तस्बिर)

बेनी, १४ असोज : म्याग्दीको रघुगंगा गाउँपालिका–३ मौवाफाँटमा गोलभेडा खेतिमा गोडमल गर्दैै कृषक प्रकाश सुवेदी । सुवेदीले गोलभेडाको व्यवसायिक खेति सुरु गर्नुभएको छ । पछिल्लो समय गोलभेडाखेतीतर्फ कृषकहरुको आकर्षण बढेको छ । तस्बिर: कमल खत्री पुरा पढ्नुहोस

घारखोला जलविद्युत आयोजनामा टनेल ब्रेकथ्रु (फोटो फिचर)

म्याग्दी, १३ असोज । म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा निर्माणाधिन १४ मेगावाट क्षमताको घारखोला जलविद्युत आयोजनाको टनेल ब्रेकथ्रु भएको छ । आयोजनाको बाँधस्थलदेखि आउटलेटसम्म पानी लैजानका लागि ३ हजार ५ मिटर लामो टनेलको बुधवार ब्रेकथ्रु भएको हो । आयोजनाका प्रवद्र्धक, लगानीकर्ता, प्राविधिक लगायतको उपस्थितिमा बुधवार टनेल खन्ने कामलाई पूर्णता दिईएको थियो ।... पुरा पढ्नुहोस

जनसम्पर्क समिति पोर्चुगलको अध्यक्षमा वकिल केसीको उम्मेद्वारी

बेनी  १२ असाेज। नेपाली जनसम्पर्क समिति पोर्चुगलको आगामी अध्यक्षका लागि म्याग्दीका वकिल केसीले उम्मेद्वारी दिने भएका छन । कार्यबहाक अध्यक्ष समेत रहेका केसीले आगामी कार्याकालका लागि अध्यक्षमा उम्मेद्वारी दिने निर्णय गरेका हुन । पोर्चुगलमा आगामी अक्टुबर ३ मा समितिको अधिवेशन गर्ने तयारी छ । यसका लागि अन्य दुई जनाले अध्यक्षमा... पुरा पढ्नुहोस

मोना जापानद्वारा आगलागी पीडितलाई आर्थिक सहयोग

म्याग्दी, १२ असोज । म्याग्दी प्रवासी नेपाली संघ ( मोना ) जापानले बेनीका आगलागी पीडित व्यवसायी प्रमोद शर्मा र जगन्नाथ शर्मा लाई आर्थिक सहयोग गरेको छ । सोमबार मोनाको बेनी स्थित कार्यालयमा एक कार्यक्रमको आयोजना गरि दुबैजनालाई रु ३५ हजारका दरले सहयोग रकम हस्तान्तरण गरिएको हो । सो रकम मोना... पुरा पढ्नुहोस

रघुगंगा ३ पिप्लेमा वाईसीएलको वडा कमिटी गठन

म्याग्दी १२ असोज । नेकपा माओवादी केन्द्रको युवा संगठन वाईसीएल नेपालले संगठन विस्तार अभियानलाई तिब्रता दिएको छ । सोमबार रघुगंगा गाउँपालिका–३ पिप्लेमा आयोजित भेलाबाट सुरेन्द्र मल्लको अध्यक्षतामा ११५ सदस्यीय वाइसीएलको वडा कमिटी गठन गरिएको छ । समितिको प्रथम उपाध्यक्षमा जगत विक र द्धितिय उपाध्यक्षमा गोपाल राना मगर, सचिबमा दिनेश चन्द,... पुरा पढ्नुहोस

कालीगण्डकी बचाऔँ अभियान :’नदी सप्तक’ पोस्टर कविता शृङ्खला ~ १०

मान्छे र कालीगण्डकी ———————— © राखी गौचन जन्म र मृत्यबीचको छोटो दुरीलाई के कुनै एकाइ छ नाप्ने ? तर एउटा इतिहास लेखिन सक्छ सुखद बाचिरह्यो भने कालीगण्डकीको निलो पानी हाँसिरह्यौ भने शालिग्राम निस्फिक्री बगरमा खिइँदै जानुमा र खियाउँदै लैजानुमा फरक नदेख्ने आँखाहरुबाट पक्कै बग्दैन आँसु बेचेर माटोको रङ कस्तो भविष्य... पुरा पढ्नुहोस

राहुघाट जलविद्युत् आयोजनाको काम बाह्र वर्षमा मात्रै ३० प्रतिशत

म्याग्दी ११ असाेज । नेपाल विद्युत् प्राधिकरणद्वारा म्याग्दीमा निर्माणाधीन ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजनाको तीस प्रतिशत मात्र काम सम्पन्न भएको छ । भारतीय आयात निर्यात (एक्जीम) बैंकको ६७ मिलियन अमेरिकी डलर सहुलियतपूर्ण ऋण तथा प्राधिकरण र सरकारकोे संयुक्त लगानीमा विसं २०६६ मा सो आयोजना निर्माण सुरु भएको थियो ।... पुरा पढ्नुहोस