म्याग्दी समाचार

सरकार विरुद्ध बेनीमा विद्यार्थी संगठनको विरोध प्रदर्शन

म्याग्दी, १६ असार । विभिन्न दल निकट म्याग्दीका विद्यार्थी संगठनले सरकारले गरेको प्रतिनिधिसभा विघठनविरुद्ध विरेन्द्रचोकमा विरोध प्रदर्शन गरेका छन् । नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघ, नेकपा माओवादी केन्द्र निकट अखिल (क्रान्तिकारी), नेकपा एमोल पार्टी (माधव पक्ष) अनेरास्ववियू लगायतले संयुक्त रुपमा सरकारका गलत कदम विरुद्ध सांकेतिक रुपमा विरोध प्रर्दशन गरेका... पुरा पढ्नुहोस

मंगलबार ३३ जनामा कोरोना संक्रमण पुष्टि

बेनी, १५ असार । म्याग्दीमा मंगलबार ३३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य कार्यालय म्याग्दीका अनुसार पिसिआर विधिबाट २६ जना एन्टीजेन विधिबाट ७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । पिसिआर विधिबाट बेनी नगरपालिकामा १० जना र गाउँपालिका अन्तरगत मंगलामा ६ जना, रघुगंगामा ४ जना, अन्नपुणर् ३ जना र... पुरा पढ्नुहोस

रुइसेको पाखामा भेडा चराउँदै (फोटो फिचर)

बेनी, १४ असार । म्याग्दीका रघुगंगा गाउँपालिका–२ भगवतीको रुइसेको चरनक्षेत्रमा भेडा चराउँदै गरेका स्थानीय । पर्यटकीय क्षेत्र रुइसेमा परम्परागत भेडापालन पर्यटकको आकर्षणको रुपमा रहेको छ । यहाँका स्थानीयले भेडापालन थालेका छन् । भेडापालनको लागि बेशीदेखि हिमालको फेदीसम्म नै चरणको लागि घुम्ती गोठ राख्दै आइएको छ । तस्बिर : कमल खत्री पुरा पढ्नुहोस

दानाको मोतिचौर बराहमा १०८ धारा निर्माण (तस्बिर सहित)

अमित बिश्वकर्मा, म्याग्दी १४ असार । म्याग्दीको अन्नपुर्ण गाउँपालिका– ३ दानाको मोतीचौर बराहमा १०८ धारा निर्माण गरिएको छ । समुन्द्री सतह देखि २ हजार २ सय मिटर उचाइमा रहेको धार्मिक एबँम पर्यटकीय स्थल मोतिचौरमा धार्मिक पर्यटनको बिकास गर्ने उदेश्यले सो धारा निर्माण गरिएको हो । अन्नपुर्ण गाउँपालीका बाट बिनियोजित रु... पुरा पढ्नुहोस

मुदीमा केन्द्रीय प्रसारण लाइनको बिजुलीको पहुँच विस्तार

म्याग्दी १४ असार । म्याग्दीको धवलागिरी गाउँपालिका वडा नम्बर ४ मुदीमा केन्द्रीय प्रसारण लाइनको बिजुली बलेको छ । नेपाल विद्युत प्राधिकरण म्याग्दी वितरण केन्द्रले विद्युत् विस्तार सकेसँगै शनिबारदेखी मुदीमा बिजुली बालिएको हो । प्राधिकरण म्याग्दी विद्युत वितरण केन्द्रका सुचना अधिकारी रबिन्द्र भण्डारीका अनुसार संघ र प्रदेश सरकारको संयुक्त बजेटमा मुदीका... पुरा पढ्नुहोस

धाइरिङ सल्यानमा मुख्यमन्त्री जलवायूमैत्री कार्यक्रम लागु

साजन परियार म्याग्दी १२ असार । पर्बतको जलजला गाउँपालिका–७ धाइरिङ सल्यानमा मुख्यमन्त्री जलवायु मैत्री नमुना कृषि गाउँ कार्यक्रम लागु भएको छ । गण्डकी प्रदेश सरकारको भूमि ब्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले धवलागिरि कृषि कृषक समुह मार्फत कार्यक्रम कार्यान्वयन सुरु गरेको हो । चालु आर्थिक वर्षमा रु. चालिस लाख बिनियोजन भएको... पुरा पढ्नुहोस

म्याग्दीमा ३३ जना कोरोना संक्रमित पुष्टि

बेनी, १२ असार । म्याग्दीमा शनिबार ३३ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय म्याग्दीका अनुसार एन्टीजेन विधिबात गरीएको परिक्षणबाट मंगला गाउँपालिकामा २८ जना, रघुगंगा गाउँपालिकामा १ जना, अन्नपुणर् गाउँपालिकामा ४ जना गरी ३३ जनामा कोरोना संक्रमण पुष्टि हो । कोरोना संक्रमितको संख्या २३७९ जना पुगेको छ। पिसिआरबाट १... पुरा पढ्नुहोस

कोराला नाकामा सुक्खा बन्दरगाहको सम्भाव्यता अध्ययन प्रतिवेदन तयार

मुस्ताङ १२ असार । मुस्ताङको नेपाल चीन व्यापारिक नाका कोरालामा सुक्खा बन्दरगाहको सम्भाव्यता अध्ययन सकिएको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय मातहतको व्यापार पूर्वाधार विकास निकाय नेपाल इन्टर मोडल यातायात विकास समितिका कार्यकारी निर्देशक आशिष गजुरेलले सम्भाव्यता अध्ययन प्रतिवेदन तयार भएको बताए । उक्त प्रतिवेदन अनुसार दुई चरणमा निर्माण... पुरा पढ्नुहोस

ताकममा धान रोपाईको चटारो (फोटो कथा)

बेनी, १२ असार । म्याग्दीका धवलागिरि गाउँपालिका–७ ताकममा हाते ट्याक्टरले जोतेर धान रोपाईमा व्यस्त बनेका कृषकहरु । पछिल्लो समय धान रोपाईमा हाते ट्याक्टरको प्रयोग बढ्दो छ । परम्परागत रुपमा गोरुको सहायताले खेत जोत्ने प्रचलन पछिल्लो समय हराउँदै जान थालेको छ । कृषिमा बढेको आधुनिकरणले गोरुले खेत जोत्ने प्रचलन हराउन थालेको... पुरा पढ्नुहोस

अष्टे«लियामा रहेका बरंजाबासीद्धारा रु १ लाख ५० हजार बराबरको स्वास्थ्य सामाग्री सहयोग

म्याग्दी ११ असार ।  म्याग्दीको मंगला गाउँपालिका ३ र ४ नम्बर वडा बरंजा घर भई अष्ट्रेलियामा रहेकाहरुले कोरोना रोकथाम र नियन्त्रणको लागि जन्मथलोमा रु १ लाख ५० हजार बराबरको स्वास्थ्य सामाग्री सहयोग गरेका छन् । अष्ट्रेलियामा रहनुभएका पूर्ण रोकाको संयोजनमा आर्थिक संकलन गरि बरंजा स्वास्थ्य चौकीको लागि स्वास्थ्य सामाग्री सहयोग... पुरा पढ्नुहोस