म्याग्दी समाचार

५ सय ब्यावसायिक उद्योग थपिए

  म्याग्दी, २३ साउन । म्याग्दीमा पछिल्लो एक बर्षमा ५ सय ८ घरेलु तथा साना उद्योग थपिएका छन् । घरेलु तथा साना उद्योग कार्यालयका अनुसार आर्थिक बर्ष २०७७/०७८ मा कृषि, पशुपन्छी, सेवामूलक क्षेत्रमा आकर्षित हुदै उद्योग दर्ता गर्ने संख्या बढेको कार्यालयले जनाएको छ। यस आर्थिक वर्षमा ५०८ उद्योग दर्तासंगै बाणिज्य... पुरा पढ्नुहोस

मालपोत कार्यालय म्याग्दीबाट ५ करोड ११ लाख रुपैयाँ राजश्व संकलन

म्याग्दी, २३ साउन । मालपोत कार्यालय म्याग्दीले आर्थिक वर्ष २०७७/0७८ मा ५ करोड ११ लाख ३ हजार ६ सय रुपैयाँ राजश्व संकलन गरेको छ। मालपोत कार्यालयका अनुसार घरजग्गा रजिष्टेशन, रातोपुर्जा विक्रि, न्यायीक दस्तुर, प्रशासनिक सेवाशुल्क, रोक्का, नगर सुधार कोष र पुजीगत लाभकरबाट राजश्व संकलन भएको हो । पछिल्लो समय जिल्लामा... पुरा पढ्नुहोस

‘साहसको भरमा अक्करे पहाडमा मह सिकार’ (तस्बिर र भिडियो सहित)

कमल खत्री बेनी २१ साउन । रघुगंगा गाउँपालिका–८ पात्लेखर्कका २६ बर्षिय रेशम पुन अग्ला पहाड चढेर मह सिकार गर्न सिपालु हुनुहुन्छ । बर्षको दुई सिजनमा हुने भिर माहुरीका मह सिकारको लागि पुन निर्विकल्प भिरौटे (भिरमा चढेर मह काढ्ने) हुन् । अग्ला र अक्करे पहाडमा मह काढ्ने पेसा जोखिमपूर्ण र सहासिक... पुरा पढ्नुहोस

म्याग्दीमा भुकम्पले प्रभावित १०५ वटा विद्यालयको भवन पुर्ननिर्माण

म्याग्दी, २१ साउन । राष्ट्रिय पुननिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाई (शिक्षा) म्याग्दी मार्फत विद्यालयतर्फको भवन, शौचालय र खानेपानी लगायतको पूर्वाधार निर्माणले विद्यालयको संरचनाको स्वरुप फेरिदै गएको छ । विद्यार्थीको अध्ययनका लागि सुरक्षित विद्यालय निर्माणमा म्याग्दीमा तिव्रता पाएको छ । भूकम्प प्रतिरोधी क्षमताका भवन लगायतका पुर्वाधार निर्माण अभियान अन्तर्गगत हालसम्म... पुरा पढ्नुहोस

बुद्ध विहारका धर्म गुरुलाई पोशाक तथा भोजन सहयोग

म्याग्दी २० साउन । बेनी स्थित बुद्ध विहारका धर्म गुरुलाई ( भन्ते) पोशाक तथा भोजन सहयोग गरिएको छ । लायन्स क्लब अफ बेनी माहारानीको नियमित कार्यक्रम अन्तर्गत बुधबार धार्मिक पर्यटकीय स्थल बुद्ध विहारका धर्म गुरुलाई पोशाक तथा भोजन सहयोग गरिएको हो । क्लबका अध्यष रेश्मा श्रेष्ठ शाक्यको नेतृत्वमा क्लबका पदाधिकारी... पुरा पढ्नुहोस

मुस्ताङ कारागार भवन भत्कियो

सुन्दरकुमार थकाली मुस्ताङ २० साउन । जोमसोम स् मुस्ताङ जिल्ला कारागार भवन भत्किन पुगेको छ । लामो समयदेखि जीर्ण अवस्थाको कारागार बुधबार भत्किएको हो । भवन भत्किएपछि कारागारको व्यवस्थापनमा समस्या उत्पन्न भएको छ ।तत्कालिन समय सहायक अञ्चलाधिस बस्ने क्वाटर भवन २०३७ सालमा मुस्ताङ कारागारको रुपमा परिणत गरिएको थियो । एक... पुरा पढ्नुहोस

सवारीसाधन कारबाहीबाट म्याग्दीमा साढे तीस लाख राजश्व संकलन

म्याग्दी, २० साउन । म्याग्दीमा सवारीसाधन कारबाहीबाट तिस लाख ७३ हजार ५०० रुपैयाँ राजश्व संकलन भएको छ । गत आर्थिक बर्ष २०७७/०७८ मा जिल्ला ट्राफिक कार्यालयले चार हजार ८५० सवारी साधन कारबाहीबाट सो रकमको राजश्व संकलन भएको हो । ट्राफिक नियम विपरित टेक्टर, मोटसाईकल, जीप, कार, बस, ट्रक लगायतको सवारीसाधन... पुरा पढ्नुहोस

साहसिक पर्यटक पर्खंदै विश्वकै दोस्रो अग्लो भनिएको बन्जी पुल

पर्वत २० साउन । कोभिड(१९ को दोस्रो लहरअघि दैनिक १०० को हाराहारीमा बन्जी गर्न पर्यटक पुग्ने कुश्मा-बागलङको बन्जी पुल कोरोनाका कारण पुनः बन्द भएको थियो । अहिले स्वास्थ्य मापदण्ड अपनाएर पुनः शुरु गरिएको छ । पहिलो लहरका कारण सञ्चालनमा ढिलाइ भएको पर्वतको कुश्मा र बागलुङ जोड्ने गरी कालीगण्डकीको खोँचमा निर्माण... पुरा पढ्नुहोस

मुस्ताङ र मनाङका शतप्रतिशत नागरिकले लगाए कोरोना खोप

सुन्दरकुमार थकाली मुस्ताङ १९ साउन । जोमसोम स् भौगोलिक रुपले अत्यन्तै विकट गण्डकी प्रदेशको हिमाली जिल्ला मनाङ र मुस्ताङका सबै नागरिक अन्ततः खोपको पहुँचमा जोडिएका छन् । प्रदेशकै सबैभन्दा न्यून जनसंख्या रहेको मनाङ र मुस्ताङका सबै स्थानीय तहका शतप्रतिशत नागरिकलाई खोप लगाउने कार्य पूरा भइसकेको मनाङ र मुस्ताङका स्वास्थ्य कार्यालयले... पुरा पढ्नुहोस

बागलुङमा पौडी खेल्न क्रममा डुबेर युवतीको मृत्यु

बागलुङ १९ साउन । बागलुङ जिल्लाको काठेखोला गाउँपालिका ७ रेश काफलबोटमा पौडी खेल्ने क्रममा एक युवतीको ज्यान गएको छ । घर नजिकैको खोलामा पौडी खेल्ने क्रममा मंगलबार दिउँसो डुबेर २० वर्षीया मनकुमारी कार्कीको मृत्यु भएको स्थानीय विरेन्द्र जिसीले जानकारी दिए । उनीसँगै पौडी खेल्न गएका बहिनी १४ वर्षीया सिवानी कार्की... पुरा पढ्नुहोस