म्याग्दी समाचार
मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु
- 3 बर्ष, 2 महिना अगाडि
- १५ बैशाख २०७९, बिहीबार
म्याग्दी १५ वैशाख । म्याग्दीको मालिका गाउँपालिका–६ बाङ्गेपहिरोमा आज बिहान भएको मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ । दरवाङ देखि बाबियाचौर जादै गरेको ग९प–७४७ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा मालिका गाउँपालिका–५ गरजराका २३ वर्षीय भविन्द्र किसानको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरी निरीक्षक राजन ढकालले किसानको घटनास्थलमै... पुरा पढ्नुहोस
उम्मेदवारी दर्तासँगै एमालेका उम्मेदवारद्वारा म्याग्दीमा घरदैलो अभियान सुरु
- 3 बर्ष, 2 महिना अगाडि
- १४ बैशाख २०७९, बुधबार
म्याग्दी १४ वैशाख । आउँदो वैशाख ३० गते हुन गैरहेको स्थानीय तहको निर्वाचनमा उम्मेदवारी दर्ता गरेसँगै म्याग्दीमा नेकपा एमालेका उम्मेदवारको घरदैलो अभियान सुरु भएको छ । निर्वाचन आयोगले जारी गरेको कार्यतालिकाअनुसार स्थानीय तहको विभिन्न पदमा उम्मेदवारी दिएका उम्मेदवारहरुले घरदैलो अभियान थालेका हुन् । यसैक्रममा आज बुधवार म्याग्दी सदरमुकाम बेनीबजारमा बेनी... पुरा पढ्नुहोस
जन्मदिनमा पत्रकार गर्बुजाद्धारा प्रेस युनियन म्याग्दीलाई आर्थिक सहयोग
- 3 बर्ष, 2 महिना अगाडि
- १४ बैशाख २०७९, बुधबार
बेनी १४ वैशाख । पत्रकार धनिलाल गर्बुजाले आफ्नो जन्मदिनको अवसरमा प्रेस युनियन म्याग्दीलाई आर्थिक सहयोग गर्नुभएको छ । बुधबार परेको जन्मदिनको अवसरमा गर्बुजाले प्रेस युनियन म्याग्दीले स्थापना गरेको अक्षयकोषलाई दश हजार रुपैयाँ सहयोग गर्नुभएको हो । उक्त रकम एक कार्यक्रममा विच प्रेस युनियन म्याग्दीका सभापति राकेश शर्मा र सचिव साधन... पुरा पढ्नुहोस
म्याग्दीमा ७५९ जनाको उम्मेदवारी दर्ता
- 3 बर्ष, 2 महिना अगाडि
- १३ बैशाख २०७९, मंगलवार
म्याग्दी, १३ बैशाख । स्थानीय तह निर्वाचन अन्तरगत म्याग्दीमा २३७ पदका लागि ७५९ जनाको उम्मेदवारी दर्ता गराएका छन् । जिल्लामा रहेको ६ वटा पालिका र ४५ वटा वडाबाट निर्वाचित हुने पदका लागि आईतबार र सोमबार सम्बन्धित पालिकाको निर्वाचन अधिकृतको कार्यालयमा सो संख्यामा उम्मेदवारी दर्ता भएको हो । जिल्ला निर्वाचन कार्यालयका... पुरा पढ्नुहोस
मुस्ताङका छ वडामा एकल उम्मेदवारी
- 3 बर्ष, 2 महिना अगाडि
- १३ बैशाख २०७९, मंगलवार
म्याग्दी १३ वैशाख । स्थानीय तह निर्वाचनअन्तर्गत मुस्ताङको छवटा वडामा एकल उम्मेदवारी परेको छ । लोघेकर दामोदरकुण्ड र घरपझोङ गाउँपालिकाको तीन–तीन वटा वडामा निर्विरोध भएको जनाइएको छ । लोघेकर दामोदरकुण्डका निर्वाचन अधिकृत नेपालहरि रानाभाटले १, ३ र ४ वडामा एकल उम्मेदवारी दर्ता भएको बताउनुभयो । वडा नं १ को अध्यक्षमा... पुरा पढ्नुहोस
अन्नपूर्ण गाउँपालिकाको ४२ पदका लागि ९८ जनाको उम्मेदवारी दर्ता
- 3 बर्ष, 2 महिना अगाडि
- १३ बैशाख २०७९, मंगलवार
म्याग्दीको अन्नपुर्ण गाउँपालिकामा निर्वाचित हुने ४२ पदका लागि ९८ जनाको उम्मेदवारी दर्ता भएको छ । पोखरेबगरस्थित गाउँपालिकाको निर्वाचन अधिकृतको कार्यालयमा विभिन्न दलका ९८ जनाले उम्मेदवारी दर्ता गरेका हुन् । निर्वाचन अधिकृत जानुका सुवेदीका अनुसार गाउँपालिका अध्यक्षमा ४ जना र उपाध्यक्षमा ३ जना, वडाअध्यक्षमा २३ जना खुल्ला वडा सदस्यमा ३५ जना,... पुरा पढ्नुहोस
मंगला गाउँपालिकाको २७ पदका लागि १०५ जनाको उम्मेदवारी दर्ता
- 3 बर्ष, 2 महिना अगाडि
- १३ बैशाख २०७९, मंगलवार
म्याग्दी, १३ बैशाख । स्थानीय तह निर्वाचन अन्तरगत बैशाख ११ र १२ गते उम्मेद्वारी दर्ता भएको छ । म्याग्दीको मंगला गाउँपालिकाको २७ पदका लागि १०५ जनाको उम्मेदवारी दर्ता भएको छ । निर्वाचन अधिकृत धर्मराज पौडेलले अध्यक्षमा ६ जना, उपाध्यक्षमा ७ जना, वडाअध्यक्षमा २० जना र सदस्यमा ७२ जनाको उम्मेदवारी दर्ता... पुरा पढ्नुहोस
बेनी नगरको ५२ पदमा १७९ जनाको उम्मेदवारी दर्ता
- 3 बर्ष, 2 महिना अगाडि
- १३ बैशाख २०७९, मंगलवार
बेनी, १३ बैशाख । बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा बेनी नगरपालिकाको ५२ पदमा १७९ जनाको उम्मेदवारी दर्ता भएको छ। बेनीस्थित जिल्ला समन्वय समितिको सभाहलमा रहेको मूख्य निर्वाचन अधिकृतको कार्यालयमा सोमबारसम्म मनोनयन दर्ता भएको हो । मुख्य निर्वाचन अधिकृतको कार्यालयका धर्मराज सुवेदीका अनुसार नगरप्रमुखमा ८ जना, उपप्रमुखमा ७ जना,... पुरा पढ्नुहोस
धवलागिरीमा ३७ पदमा ८९ जनाको उम्मेदवारी दर्ता
- 3 बर्ष, 2 महिना अगाडि
- १३ बैशाख २०७९, मंगलवार
बेनी, १३ बैशाख । म्याग्दीको धवलागिरी गाउँपालिकाको स्थानीय तह निर्वाचनका लागि ३७ पदमा ८९ जनाको उम्मेदवारी दर्ता भएको छ । मुनास्थित रहेको निर्वाचन अधिकृतको कार्यालयका अनुसार गाउँपालिका अध्यक्षमा पाँच, उपाध्यक्षमा तीन, वडाअध्यक्षमा २० र वडासदस्यमा ५३ जनाको उम्मेदवारी दर्ता भएको सहायक निर्वाचन अधिकृत पुर्णबहादुर खत्रीले जानकारी दिनुभयो । बैशाख... पुरा पढ्नुहोस
मालिकामा ३७ पदका लागि १४७ जनाको मनोनयन
- 3 बर्ष, 2 महिना अगाडि
- १२ बैशाख २०७९, सोमबार
म्याग्दी, १२ वैशाख । म्याग्दीको मालिका गाउँपालिकामा ३७ पदका लागि १४७ जनाको मनोनयन दर्ता भएको छ । गाउँपालिका अध्यक्षमा चार र उपाध्यक्षमा चार जनाको उम्मेदवारी दर्ता भएको छ । माओवादी केन्द्रबाट रेशम बहादुर जुग्जाली, उपध्यक्षमा गौरी सेन्चुरी, नेपाली काँग्रेसबाट अध्यक्षमा श्रीप्रसाद रोका र उपाध्यक्षमा पिपला बुढा मगर, नेकपा एमालेबाट अध्यक्षमा... पुरा पढ्नुहोस