म्याग्दीमा फोटो पत्रकार महासंघको शाखा गठन

  • २९ भाद्र २०७९, बुधबार
  • 425 पटक पढिएको

 

म्याग्दी, २९ भदौ । म्याग्दीमा फोटो पत्रकार महासंघ शाखा गठन गरिएको छ । जिल्लामा क्रियाशील पत्रकार तथा सञ्चारकर्मीहरुको प्रथम जिल्ला भेलाले अग्रज पत्रकार अमर बानियाँको अध्यक्षतामा फोटो पत्रकार महासंघको म्याग्दी शाखा तदर्थ समिति गठन गरिएको हो ।

समितिको उपाध्यक्षमा घनश्याम खड्का, सचिवमा प्रताप बानियाँ र कोषाध्यक्षमा पवित्रा खत्री चयन हुनुभएको छ । यसैगरी सदस्यहरुमा भूपेन बानियाँ, किरण कार्की, कर्णबहादुर खत्री, देवी जिसी, बामदेव रिजाल, अनुप बानियाँ र धनिलाल गर्बुजा रहेका छन् ।

त्यस्तै शाखाको सल्लाहकारमा प्रकाश पौडेल, हरिकृष्ण गौतम र सन्तोष गौतमलाई चयन गरिएको छ ।
प्रथम जिल्ला भेलामा फोटो पत्रकार महासंघ गण्डकी प्रदेश समितिका उपाध्यक्ष मञ्जिल शाक्यले क्रियाशील पत्रकारले फोटो खिचाइमा ध्यान नदिँदा फोटो बिग्रिएर आउने बताउँदै व्यावसायिक पत्रकार तथा फोटोग्राफर बन्नका लागि राम्रो फोटो खिच्ने प्रयास गर्नुपर्नेमा जोड दिनुभयो ।