म्याग्दी समाचार

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष नेपाल म्याग्दी आउने

बेनी, २७ चैत । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल म्याग्दी आउने हुनुभएको छ। यही चैत २९ गते मंगलबार एकीकृत समाजवादी म्याग्दीका नेता तथा कार्यकर्ताहरुलाई स्थानीय तहको चुनाव लक्षित प्रशिक्षण दिन नेता नेपाल बेनी आउने  कार्यक्रम तय भएको पार्टीका जिल्ला  अध्यक्ष कृष्णकुमार विश्वकर्माले जानकारी दिनुभयो ।  सदरमुकाम बेनीस्थित... पुरा पढ्नुहोस

छन्त्याल संघको नयाँ नेतृत्व चयनको लागि मतदान सुरु

बेनी, २७ चैत । नेपाल छन्त्याल संघको ७ औँ राष्ट्रिय महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि मतदान सुरु भएको छ । म्याग्दी सदरमुकाम बेनीमा गत शुक्रवारदेखि सुरु भएको महाधिवेशनमा नयाँ नेतृत्व चयन पक्रियामा सहमती हुन नसकेपछि मतदान मार्फत नेतृत्व चयन गर्न लागिएको हो । अन्य पदहरुमा सर्वसम्मत भएपनि अध्यक्ष, बरिष्ठ उपाध्यक्ष... पुरा पढ्नुहोस

भगवतिको वडा अध्यक्षमा रन्जना श्रेष्ठको स्वतन्त्र उम्मेदवारी

म्याग्दी, २७ चैत । अगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि म्याग्दीको रघुगंगा गाउँपालिका २ भगवतिको वडाअध्यक्षमा रन्जना श्रेष्ठले स्वतन्त्र उम्मेदवारीको घोषणा गर्नुभएको छ । सामाजिक संघसंस्थामा सक्रिय श्रेष्ठले सामाजिक सञ्जालमार्फत आईतबार वडा अध्यक्षको लागि स्वतन्त्र उम्मेदवारी घोषणा गर्नुभएको हो । पाचँ बर्षभित्र सुधार गर्नुपर्ने कामहरु सार्वजनिक गर्दै... पुरा पढ्नुहोस

नेपाल छन्त्याल बिद्यार्थी संघको केन्द्रिय अध्यक्षमा म्याग्दीका अमर भलञ्जा छन्त्याल चयन

म्याग्दी २७ चैत । नेपाल छन्त्याल संघको विद्यार्थी संगठन नेपाल छन्त्याल बिद्यार्थी संघको केन्द्रिय अध्यक्षमा म्याग्दीका अमर भलञ्जा छन्त्याल निर्वाचित हुनुभएको छ । म्याग्दी सदरमुकाम बेनीमा सम्पन्न भएको संघको चौँथो राष्ट्रिय महाधिवेशनबाट जिल्लाको रघुगंगा गाउँपालिका ८ कुइनेमंगले निवासी छन्त्याल सर्वसम्मत रुपमा अध्यक्षमा निर्वाचित हुनुभएको हो । छन्त्याल यसअघि संघको म्याग्दी... पुरा पढ्नुहोस

असिनाले खेतीबाली नष्ट

म्याग्दी, २७ चैत । जिल्लाको विभिन्न स्थानमा शनिबार दिउँसो परेको असिनापानीले खेतीबाली नष्ट पारेको छ । बेनी नगरपालिका सहित रघुगंगा र मगंला गाउँपालिकामा असिनाले गहुँ, जौँ, आलु, मकैबालीमा क्षति पुगेपछि कृषक चिन्तित र निराश बनेका हुन् । रघुगङ्गाको बेग, भगवती, पिप्ले, मौवाफाँट, बेनीको रत्नेचौर, भकुण्डे, भकिम्ली, डडुवा, मङ्गलाको बरङ्जा, सीमलचौरमा... पुरा पढ्नुहोस

एकीकृत समाजवादीको जलजलाको अध्यक्षमा पुन

  बेनी, २६ चैत । पर्वत जलजला गाउँपालिकाको एकीकृत समाजवादीको अध्यक्षमा लालविर पुन चयन भएका छन् । पार्टीको पालिका स्तरीय आयोजित भेलाले पुनको अध्यक्षमा २५ सदस्यीय गाउँपालिका कमिटी गठन गरिएको हो । कमिटीको उपाध्यक्षमा टीकानाथ सुवेदी, सचिवमा तुलबहादुर पुन, उपसचिवमा सुनिता विश्वकर्मा र सदस्यहरुमा क्रमशः मनबहादुर पुन, मोतिप्रसाद पुनमगर, भद्रबहादुर... पुरा पढ्नुहोस

पूर्णता पायो भूमि आयोग म्याग्दीले

म्याग्दी, २६ चैत । भूमि सम्वन्धी समस्या समाधान आयोग म्याग्दीले पुर्णता पाएको छ । भूमि आयोग म्याग्दीको अध्यक्षमा संघीय समाजबादी म्याग्दीका अध्यक्ष देबेन्द्र विश्वकर्मा नियुक्त भएका छन्। आयोगको सदस्यहरुमा नेकपा माओवादी केन्द्रबाट खुमनाथ सुबेदी, नेपाली कांग्रेसबाट टंक हमाल र खिमा पुर्जा मगर रहनुभएको छ । राजनीतिक दलबाट नियुक्तसंगै पूर्णता पाएको... पुरा पढ्नुहोस

सडक निर्माणमा भएको ढिलासुस्तीले पर्यटक र स्थानीयवासीलाई सास्ती

म्याग्दी २६ चैत । म्याग्दीस्थित गण्डकी प्रदेशकै प्रमुख पर्यटकीयस्थल घोडेपानी जोड्ने पोखरेबगर–घोडेपानी सडक निर्माणमा भएको ढिलासुस्तीले पर्यटक र स्थानीयवासीलाई सास्ती भएको छ ।कालोपत्र, ढलान र ग्राभेल गरेर स्तरोन्नति गर्ने लक्ष्यसहित चार वर्षअघि सुरु भएको सडक निर्माण कार्य अधकल्चो र अधुरो बनेको छ । तत्कालीन राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले विसं २०७५ मङ्सिरमा... पुरा पढ्नुहोस

दुर्गम बस्ती गुर्जामा गृहमन्त्री खाँडः विकासमा सरकारी तवरबाट पहल गर्ने प्रतिबद्धता (फोटो फिचर)

म्याग्दी २५ चैत । म्याग्दीको धवलागिरि गाउँपालिका–१ गुर्जामा पहिलो पटक मन्त्रीस्तरबाट स्थलगत भ्रमण भएको छ । म्याग्दी सदरमुकाम बेनीमा आयोजित एक समारोहमा सहभागी हुन शुक्रवार म्याग्दी आउनुभएका गृहमन्त्री बालकृष्ण खाँडले हेलिकप्टर मार्फत सडक सञ्जालको पहुँच नपुगेको दुर्गम बस्ती गुर्जाको स्थलगत अवलोकन भ्रमण गर्नुभएको छ । छन्त्याल समुदायको बाहुल्यता रहेको दुर्गम... पुरा पढ्नुहोस

छन्त्याल संघको ७  औँ राष्ट्रिय महाधिवेशनः आदिवासी जनजाति सीमा रक्षक हुन, गृहमन्त्री खाँड ( तस्वीर )

म्याग्दी, २५ चैत । गृहमन्त्री बालकृष्ण खाँडले आदिवासी जनजातिहरुले मुलुकमा सीमा सुरक्षाको काम गरेको बताउनुभएको छ । म्याग्दी सदरमुकाम बेनीमा शुक्रवार नेपाल छन्त्याल संघको ७ आँै राष्ट्रिय महाधिवेशनको उद्घाटन गर्दै गृहमन्त्री खाँडेल तराईदेखि हिमालसम्मको सीमानामा आदिवासी जनजातिले मुलुकको सीमा सुरक्षाको रुपमा भूमिका खेलेको बताउनुभयो । ‘‘हामी तराई देखि हिमालको फेदीसम्म... पुरा पढ्नुहोस