म्याग्दी समाचार

म्याग्दी बहुमुखी क्याम्पसमा नयाँ वर्षको शुभकामना कार्यक्रम सम्पन्न

म्याग्दी ३० चैत । नयाँ वर्ष २०७९ सालको अवसरमा म्याग्दी बहुमुखी क्याम्पस, बेनी, म्याग्दीले शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ । क्याम्पस प्रमुख गोरख बहादुर जिसिको अध्यक्षतामा भएको उक्त अवसरमा प्रमुख अतिथिको रुपमा शुभकामना मन्तब्य राख्दै क्याम्पस सञ्चालक समितिका अध्यक्ष सोमनाथ ढुङ्गानाले नयाँ वर्षले क्याम्पसको गुणस्तर वृद्धिको अभियानमा थप सफलता... पुरा पढ्नुहोस

दूधले मूल्य पाएनः किसान पलायन हुने अवस्थामा

म्याग्दी, ३० चैत । म्याग्दीको बेनपा–६ बाँसबोटका किसान दुर्गाप्रसाद पौडेलले पाँच वर्षदेखि व्यावसायिक रूपमा भैँसीपालन गरिरहेको छ । लागतअनुसार दूधको मूल्य नपाएपछि भैँसी बेचेर विदेश पलायन हुने अवस्था आएको उहाँको गुनासो छ । दाना, घाँस, पराल र ढुवानी खर्चसँगै उत्पादन लागत बढेपछि गाईभैंसीपालक किसान समस्यामा परेको बरदान पशुपक्षी फार्मका सञ्चालक पौडेलको... पुरा पढ्नुहोस

रघुगंगामा एमालेले टुंगायो उम्मेदवारः अध्यक्षमा कार्की र उपाध्यक्षमा गर्वुजा उम्मेदवार

म्याग्दी ३० चैत । आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा नेकपा एमालेले रघुगंगा गाउँपालिकाबाट उम्मेदवारको टुंगो लगाएको छ । बुधवार सम्पन्न पार्टीको गाउँपालिका कमिटीको बैठकबाट रघुगंगा गाउँपालिका अध्यक्ष पदको उम्मेदवारमा दीपक कार्की (प्रेमबहादुर) र उपाध्यक्षमा यामकुमारी गर्वुजालाई चयन गरेको हो । रघुगंगा गाउँपालिका–३ रानीपौवा निवासी कार्कीलाई अध्यक्ष र... पुरा पढ्नुहोस

वाईसीएलद्वारा छापाडाडाँबारी देखि थाकनपोखरी विद्यालयसम्म पुग्ने पैदलमार्ग मर्मत

म्याग्दी, ३० चैत । नेकपा (माओवादी केन्द्र) को भातृ संगठन योङ कम्युनिष्ट लिग (वाईसीएल)ले बेनी नगरपालिका–६ स्थित छापाडाडाँबारी देखि थाकनपोखरी आधारभूत विद्यालयसम्म पुग्ने पैदलमार्ग मर्मत गरेको छ । विगत एक बर्षदेखि बन्द तथा मर्मत नहुदाँ विद्यालय पुग्ने विद्यार्थी र सर्वसाधारण आवातजावात गर्न सास्ती भएको पैदलमार्ग मर्मत गरेको हो । वाईसीएल... पुरा पढ्नुहोस

म्याग्दी जेसिजद्वारा नव बर्षको क्यालेनडर विमोचन

म्याग्दी, ३० चैत । म्याग्दी जेसीजको आयोजनामा नव वर्ष (२०७९) को शुभकामना आदान प्रदान, क्यालेन्डर विमोचन तथा उत्कृष्ट फोटोग्राफर पुरस्कृत कार्यक्रम सम्पन्न भएको छ । जेसीजका शाखा अध्यक्ष सन्दिप खत्रीको अध्यक्षतामा भएको कार्यक्रममा म्याग्दी जेसीजका संस्थापक अध्यक्ष सिनेटर रमेशकुमार श्रेष्ठ, पूर्व राष्ट्रिय सिनेटर धनञ्जयकुमार श्रेष्ठ लगायतका पूर्व अध्यक्षहरुले क्यालेन्डरको विमोचन... पुरा पढ्नुहोस

बाँदुकमा सुन्तला र खायन आलुको व्यावसायिक खेति विस्तार (तस्वीर सहित)

म्याग्दी ३० चैत । म्याग्दीको रघुगंगा गाउँपालिका–१ बाँदुक गाउँमा सुन्तला खेति र खायन आलुको व्यवसायिक खेति विस्तार गरिएको छ । सुन्तला खेतिको लागि पकेट क्षेत्र मानिएको बाँदुकमा ‘बाँदुक सुन्तला खेती समुह’ गठन गरि सुन्तलालाई व्यावसायिक खेतिको रुपमा विस्तार गरिएको छ । समूहमा आबद्ध १६ जनाले खेतवारीमा कम्तीमा ५० देखि २... पुरा पढ्नुहोस

मालिका गाउँपालिका अध्यक्षमा एमालेबाट पुन: बेग प्रसाद गर्बुजा उम्मेदवार

 म्याग्दी २९ चैत। म्याग्दीको मालिका गाउँपालकाको अध्यक्ष पदको उम्मेदवारका लागि नेकपा एमालेले पुन: बेग प्रसाद गबुर्जालाई  छनौट गरेको छ । मंगलबार दरवाङमा बसेको पालिका कमिटीको बैठकले गर्बुजालाई नै सम्वसम्मत रुपमा अध्यक्षको उम्मेदवार चयन गर्ने निर्णय गरेको हो । मालिका गाउँपालिका ७ बिम निबासी गर्बुजा नेकपा एमाले पालिका गाउँपालिका कमिटीका अध्यक्ष... पुरा पढ्नुहोस

सरकारी सेवाबाट सेवानिवृत शाक्यद्धारा बेनपा–७ मा स्वतन्त्र रुपमा वडा अध्यक्षमा उम्मेदवारी घोषणा

म्याग्दी २९ चैत । बेनी नगरपालिका कार्यालयबाटै सेवा निवृत्त हुनुभएका कृष्ण बहादुर शाक्ले बेनी नगरपालिका–७ मा आसन्न स्थानीय तह निर्वाचनमा स्वतन्त्र रुपमा वडा अध्यक्ष पदमा उम्मेदवारी घोषणा गर्नुभएको छ । बेनी नगरपालिका–७ मंगलाघाट निवासी ५९ बर्षिय शाक्यले जागिरको दैरानमा हाँसिल गरेका अनुभव र सेवा निवृत पछिको फुर्सदको समयलाई नगरको विकासमा... पुरा पढ्नुहोस

एमालेबाट बेनी नगरपालिकाको मेयरको उम्मेदवारमा ४ जना सिफारिस

बेनी, २९ चैत । आसन्न स्थानीय तहको निर्वाचनका लागि म्याग्दीको बेनी नगरपालिकाको मेयर पदकाे उम्मेदवारका लागि नेकपा एमालेले ४ जनाको नाम सिफारिस गरेको छ । मंगलबार बसेको एमाले नगर कमिटीको बैठकले नगरप्रमुखको उम्मेदवारका लागि प्रमोद श्रेष्ठ, सन्तोष रावल, सुरत केसी र नारायण जिसीको नाम सिफारिस गरिएको नगर कमिटीका अध्यक्ष नारायण... पुरा पढ्नुहोस

एमालेबाट दग्नामको वडा अध्यक्षमा इन्द्रमान थजाली

म्याग्दी, २९ चैत । आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा नेकपा एमालेले रघुगंगा गाउँपालिका वडानम्वर ४ दग्नामा सर्वसम्मत उम्मेदवार चयन गरेको छ । मंगलबार भएको वडा कमिटीको बैठकले इन्द्रमान थजालीलाई वडा अध्यक्षको उम्मेदवार बनाउने निर्णय भएको रघुगंगा गाउँपालिका कमिटीका सचिव झलक आचार्यले सार्वजनिक गरेका छन् । वडाको खुल्ला... पुरा पढ्नुहोस